एक्सन स्टारहरुले भरिपूर्ण हलिउड फिल्म 'द एक्सपेन्डेबल्स २'को कथा नेपालबाट सुरु हुन्छ। फिल्मको सुरुमै देखिने ठाउँलाई चिनाउन सिन्धुपाल्चोक, नेपाल भनेर लेखिएको छ। नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा एक चिनियाँ व्यापारीलाई छुटाउन एक्सन हिरोको दल खटिएको हुन्छ। र्याम्बोका रुपमा बढी चिनिने सिल्भस्टर स्टालोन, जेसन स्टाथम, जेट ली, टेरी क्य्रुज, रेन्डी कोचर, डल्फ लन्ज्रेन र लियम हेमस्वर्थ सम्मिलित टिमले सिन्धुपाल्चोकबाट चिनियाँ व्यापारीमात्र नभई आर्नोल्ड स्वार्जनेगरलाई पनि उद्धार गर्छ। चिनियाँ व्यापारीलाई नेपालबाट जेट लीले हवाईजहाजमा
लैजान्छन्। करिब १० मिनेट लामो भिडन्तको दृश्यमा निकै मान्छे मारिन्छन्। भिषण भिडन्तमा निकै ठूलो रक्तपात हुन्छ। केही विदेशी समीक्षकहरुले व्यंग्य गर्दै नेपालको जनसंख्या झन्डै आधा घटेको अनुमान लगाएका छन्। राइफल, सबमेसिन गन, बाजुका, हेलिकप्टर, चक्कुछुरा, तोप भएभरका हतियार उक्त दृश्यमा प्रयोग गरिएको छ। लगभग ४ सय लिटर नक्कली रगत बगाइएको अड्कल छ।
सिन्धुपाल्चोक भनेर चिनाइए पनि फिल्ममा नेपाली पात्र भने छैनन्, सबै चिनियाँ छन्।
फिल्मको सुटिङ नेपालमा गरिएको भने होइन। बेल्जियम, अमेरिका र हङकङमा फिल्म खिचिएको हो। नेपालको दृश्य कतै सेट लगाएर खिचिएको देखिन्छ।
अँध्यारो कोठामा कब्जा गरिएका चिनियाँ व्यापारीमाथि अपहरणकर्ताले निकै यातना दिइरहेको हुन्छ। बाहिर डाँडाकाँडा हुँदै स्टालोनको टिम हतियारसहित व्यापारीलाई उद्धार गर्न आउँछन्। अपहरणकारीमाथि आक्रमण गरिएको देखाउन नेपाली गाउँहरुमा बमबारी हुन्छ।
रिचार्ड वेन्क र सिल्भस्टर स्टालोनले लेखेको फिल्मको निर्देशन सिमोन वेस्टले गरेका हुन्। सिमोन वेस्टले यसअघि 'स्टोलन', 'द मेकानिक', 'लारा क्रफ्टः टम्ब रेडर' लगायत फिल्म निर्देशन गरेका थिए। १० करोड डलरमा बनेको 'द एक्सपेन्डेबल्स २'मा भ्यान डम, ब्रुस विलिसको पनि भूमिका छ। फिल्मको पहिलो शृंखला दुई वर्षअघि रिलिज भएको थियो।
फिल्म काठमाडौंमा शनिबारदेखि लाग्नेछ।

text : भदौ ८ (नागरिक)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !