CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » दरवारमार्गलाई उज्यालो बनाउने योजनामा सडक बिभागको बाधा

दरवारमार्गलाई उज्यालो बनाउने योजनामा सडक बिभागको बाधा

काठमाडौं।
दरवारमार्गको सौर्य सडक बत्तीको चर्चा जति शहरमा छ त्यो भन्दा जटिल भित्री पाटो रहेको उजागर भएको छ। लोडसेडिङको मार खेपिरहेको देशमा एक संस्थाले सडकमा उज्यालो दिन खोजेपनि व्यवधान पार्ने निकाय सरकारी
हो भन्ने सुन्दा अचम्म लाग्न सक्छ।
नयाँ बर्ष २०७१को पहिलो दिन देखि सडक बत्ती बाल्न शुरु गरिएको खुशी दरवारमार्ग बिकास बोर्डले ४ दिन पनि मनाउन पाएन। बैशाख ४मा सडक विभागले पोलमा रहेका ग्लो साईन बोर्डहरु हटाउन भन्दै पत्राचार गर्यो जुन बोर्डको सम्झौता काठमाण्डौ महानगरपालिकासँग गरिएको थियो।
सम्झौता पत्रमा स्पष्ट रुपमा उक्त साईन बोर्डहरु राख्न पाउने व्यवस्था हुँदा हुँदैपनि बिनाकारण सडक बिभागले अड्चन पुर्‍याएको उक्त परियोजना निर्देशक श्री गुरुङले बताउनु भयो।
सडक विभागले बत्तीका पोलहरु गाड्ने अनुमति दिएपछि महानगरपालिकासँग सम्झौंता भएको र उक्त पोलमा ग्लो साईन बोर्ड राख्न पाउने सम्झौता पत्रमा स्पष्टरुपमा उल्लेख गरिएको छ।
डिभिजन सडक कार्यलयका डिभिजन प्रमुख गोपाल बहादुर खड्काले शुरुमा सहमती गरे पनि पछि विनाकारण उक्त साईन बोर्डहरु हटाउने पत्र पठाउनु शंकास्पद व्यवहार रहेको देखिएको छ। उक्त पत्र पछि उहाँको कार्यलयमा जाँदा त्यस्तो बोर्ड राखेर त जल्ले नि बत्ती बाल्न सक्छभन्ने भनाईले उदेकलागेको परियोजना निर्देशक गुरुङले बताउनु भयो।
खड्कालाई साथ दिनेमा ईन्जिनियर गजेन्द्र बहादुर चन्द पनि रहेका थिए। चन्दले दरवारमार्ग परियोजनाको फाईल २० दिन गायब पारेका थिए र काम अघि बढ्न सकेको थिएन। उक्त कुराको जानकारि बिभागका उपमहानिर्देशक अर्जुन जंग थापालाई गराएपछि बल्ल फाईल फेला परेको थियो। शुरुदेखि नै  काममा व्यवधान पार्ने नियत प्रष्ट देखिएको थियो तर उहाँहरुको कुनै माग थियो भने त्यो चाहिं कहिल्यै अगाडि नआएको गुरुङले बताउनु भयो।
सडक विभागको गल् साईन बोर्ड हटाउने पत्रकोबारे महानगरपालिकामा सम्पर्क राख्दा सडक बिभागले आफ्नो मातहत भन्दा बाहिर गएर गरेको निर्णय हो भनेर काठमाडौं महानगरपालिकाका प्रमुख लक्ष्मण आर्यालले बताउनु भयो। सडक बिभाग र काठमाण्डौ महानगरपालिका बिच भएको सामान्य असमझदारी भनिए पनि परियोजना अगाडि बढ्न सकेको छैन्।
सरकारी निकायबाटै यस्तो उदासिनता र कानुन मिच्दै राम्रो काम गर्न खोज्नेलाई दण्ड दिने कार्य कहिले रोकिने हो र सार्वजनिक निजी साझेदारीमा कार्य गर्नेलाई व्यवधान पुर्‍याउने संस्थामा जिम्मेवार पद ओगटेर बसेकाहरुले सँधै उन्मुक्ती पाईरहने नै हो भने लगानी मैत्री बातावरण भनेर हल्ला गर्नुको कुनै तुक नरहेको स्पष्ट हुन्छ।
दरवारमार्ग बिकास बोर्डको अग्रतामा ३८४ मिटर लामो सडकलाई सुरक्षित बनाउने योजना अनुरुप बिभिन्न निजी व्यवसायीले लगानी गरेका हुन्। उक्त लगानी सार्वजनिक निजी साझेदारी अनुरुप गरिएको बोर्डका अध्यक्ष गोपाल सुन्दर कक्षपतीले जानकारी दिनु भयो। यसरी सार्वजनिक निजी साझेदारी अनुरुप गरिएको काममा सरकारी पक्षबाट भएको व्यवधान देख्दा सरकारले सार्वजनिक निजी साझेदारीको कुरा गर्नुलाई के भन्ने?’ उहाँको प्रश्न थियो।
उक्त परियोजनाका परिकल्पनाकार तथा परियोजना निर्देशक श्री गुरुङका अनुसार सडकको बिचमा अहिले राखिएको सडक बत्ती पहिलो चरणको परियोजना हो। दोस्रो चरणमा दुवैतिरको फुटपाथमा बत्ती राख्ने त्यसैगरि फुटपाथमा बस्नका लागि मेचको व्यवस्था गर्ने , सुरक्षा-फोहोरको सम्पुर्ण कार्य गर्ने रहेको तर पहिलो चरणमै व्यवधान भएपछि काम अड्केको छ।
सोलार सडक बत्ती राखिसकेपछि सुरक्षाका लागि सहयोग पुगेको दरवारमार्ग प्रहरीका डिएसपीले आफुलाई बताएको बोर्डका अध्यक्ष कक्षपतीले बताउनु भयो। दरवारमार्ग बृतका प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुख दुवै दरवारमार्ग बिकास बोर्डका सदस्य हुन्।

यस्तै सरकारी रवैया रहने हो भने बिदेशी लगानीको दुहाई दिईरहेको सरकारले स्थानीय लगानीको लागि सुरक्षित वातावरण बनाउन नसक्ने हो भने लगानीका कुरा गफ मात्र हुने’, दरवारमार्ग बिकाश बोर्डका अध्यक्ष कक्षपतीले बताउनु भयो।
साभार : हाम्रो कुरा 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis