CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » प्रहरीद्वारा गोली हानी आत्महत्या

प्रहरीद्वारा गोली हानी आत्महत्या

काठमाडौ, आश्विन १३ - महानगरीय प्रहरी वृत्त बालाजुको क्यूआरटी (क्विक रेस्पोन्स टिम) मा कार्यरत प्रहरी जवान राजेश रोक्काले आफ्नै पेस्तोलले छातीमा गोली हानी आत्महत्या गरेका छन् । बिहीबार राति साढे ११ बजे कार्यालयको छतमा गएर आत्महत्या गरेका हुन् ।
आत्महत्याको कारण भने खुलेको छैन । छानविनका लागि प्रहरी निरीक्षक यादव थापाको संयोजकत्वमा समिति गठन गरिएको प्रहरीले जनाएको छ । क्यूआरटीमा खटिने प्रहरीलाई सुरक्षाका लागि पेस्तोल दिने गरिएको छ । रोक्का ४ वर्षदेखि बालाजु वृत्तमा कार्यरत थिए । 'छतमा गोली चलेको आवाज आउनेबित्तिकै अस्पताल लगिएको थियो' बालाजु वृत्तका एक प्रहरीले भने, 'अस्पताल पुर्‍याएको केही बेरमै उनको मृत्यु भयो ।'
रोक्का वृत्तका डिएसपी राजेश बाँस्तोलासँग हिंड्ने गरेका थिए । बिहीबार डिएसपी बाँस्तोला बिदामा गएका थिए । डिएसपी नभएका बेला मादक पदार्थ सेवन गरेका उनले त्यही झोंकमा आत्महत्या गरेको हुन सक्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी जयबहादुर चन्दले बताए । चन्दका अनुसार रोक्का पहिलेदेखि मादकपदार्थ सेवन गर्थे । ड्युटीका बेला मादकपदार्थ सेवन गरेको अभियोगमा उनीमाथि कारबाहीसमेत भएको थियो । 'तर पछिल्ला केही हप्तामा ऊ सुधि्रएको थियो' चन्दले भने, 'सट गन २ दिनअघि मात्र उनले पाएका थिए ।' उनले घटनाका बारे बुझ्न र रोक्काले आत्महत्या गर्नुपर्ने कारण पत्ता लगाउन छानविन टोलीलाई निर्देशन दिइएको छ ।


प्रकाशित मिति: २०६९ आश्विन १३ १२:१०
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis