विवाह भएको एक महिनामै गर्भवती हिरोईन
नायिका सारंगा श्रेष्ठ विवाह भएको एक महिनामै गर्भवती भएकी छिन्। अमेरिकाको वाल्टिमोरमा सारंगाले माघ १९ गते म्याग्दीका रमेश कार्कीसँग कोर्ट म्यारिज गरेकी थिइन्। नेपाल आएर परम्परागत विवाह गर्ने योजनामा रहेकी सारंगा गर्भवती भएपछि तत्कालका लागि नेपाल नआउने बताइन्छ। उनले आफू अब सन्तानका साथ नेपाल आउने बताएकी छिन्। पहिलो पटक आमा बन्न लागेकोमा सारंगा खुसी पनि प्रकट गरेकी छिन्। सारंगाले रमेशसँग दोस्रो विवाह गरेकी हुन्। अमेरिकी रियल स्टेट व्यवसायीसँग सारंगाले प्रेम र त्यसपछि विवाह गरेकी थिइन्, तर विवाह भएको केही वर्षमै असमझादारी बढेपछि उनी डिभोर्स गरेर एक्लै बस्दै आएकी थिइन्।
--साप्ताहिक