CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नर्सको हात समाउँदा डिएसपी फन्दामा

नर्सको हात समाउँदा डिएसपी फन्दामा

काठमाडौं। अचाक्ली माया र सम्मान गर्ने श्रीमती, हुर्किसकेका दुई छोरा–छोरीका बाबु, सधैं पैसा कमाउने मालदार मानिएका ठाउँमा नियुक्ति र पदस्थापन, राजधानीमा तीन तले घर। यी सबै विवरण हेर्दा राम्रै इज्जत भएका व्यक्तिको चर्चा गर्न लागिएका भान हुनु स्वाभाविक हो। तर, चर्चा गर्न लागिएको समाचार सशस्त्र प्रहरीका एकजना डीएसपीको हो, जो यी सबैकुराले भरिपूर्ण भएर पनि बैंसको मातले यतिबेला समस्यामा परेका छन्।  
सशस्त्र प्रहरीका डीएसपी सुशील पराजुली आफ्नै कार्यालयमा काम गर्ने महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेकोमा मुख्यालय सरुवा हुने र कारवाही भोग्नेमा परेका छन्। केही महिना पुरानो घटनामा डरका कारण ढिलो उजुरी पर्दा गतहप्ता मात्र उनको
कारवाहीको फाइल अघि बढेको छ। सूत्रका अनुसार, डिजास्टर मेनेजमेण्ट तालिम केन्द्र कुरिनटार चितवनमा यिनी सहायक कमान्डेन्ट थिए। कार्यालय प्रमुख एसएसपी दुर्गा कुँवर काम विशेषले वाहिर गएकाले डीएसपी पराजुली निमित्त प्रमुख थिए। विश्वकप फुटवलको रौनकले तालिमे सशस्त्र प्रहरीहरुलाई पनि छाडेको थिएन। यसको फाइनलको दिन थियो। फुटवल हेर्दा हेर्दै डीएसपी पराजुली केही मैमत्त भएका थिए। उनलाई किन हो अचानक टाउको दुख्यो। औषधि दिनका लागि एकजना नर्स मात्र सो तालिम केन्द्रमा खटाइएकी थिइन्। सायद् उनैलाई सम्झेर डीएसपी पराजुली एक्कासि टाउको दुखाइमा परे। फुटवल सकेर सबै आआफ्ना ओछ्यानतिर लागे तर पराजुलीलाई निद्रा लागेको थिएन। उनले महिला स्वास्थ्यकर्मी नर्स (नाम गोप्य) लाई फोन गरे। उनले आफ्नै क्वार्टरमा औषधि लिएर आउन फर्मान् जारी गरे। तर, मध्यराति भइसकेकाले नर्सले मानिनन्। 'राति आउन मिल्दैन सर, औषधि चाहिन्छ भने सर नै आए हुन्छ नि यहाँ' भन्दै नर्सले फोन राखिदिइन्। फोन राखेको केहीबेरमै औषधि लिन डीएसपी पराजुली एक्ली नर्सको बासस्थानमा पुगे। उनलाई लागेको विरामबारे सोधेर ढोकामै राखी नर्स औषधि लिन भित्र पसिन्। पराजुली एक्लै बाहिर बसेर औषधी कुर्ने खालका विरामी थिएनन्। उनी पनि भित्र छिरे। नर्सले औषधि लिएर निस्कंदा निस्कंदै पराजुली नर्सको शयनकक्ष छेउको कोरिडरमा पुगिहाले। तै पनि नर्सले टाउको दुखेको औषधि दिइन्, पराजुलीले पानी मागे,पानी पनि दिइन्। तर, त्यो औषधि खानुको साटो पराजुलीले नर्सको हात च्याप्प समातेर ओछ्यानतिर हुत्याए। रातिको समय थियो,आत्तिदै कराएकी नर्स कसो कसो गरेर कुद्न सफल भइन्। उनी दौडेर सेन्ट्री बसेको अगाडि पुगिन्। हल्ला हुने डरले पराजुली नर्सको कक्षबाट बाहिरिए र सेन्ट्रीलाई नै नदेखेजस्तो गरी हिडे। केही दिनमै कुँबर काम सम्हाल्न पुगे। नर्सले मौखिक उजुर गरिन्। लिखित नदिई मिलाउन उनले प्रयास गरे। पराजुलीलाई नर्सको अघि माफ माग्न लगाइयो। लाचार भएर माफ पनि मागे। तर नर्स सो कार्यालयमा बस्न मानिनन्। असुरक्षित महसुस गरेपछि उनले सरुवा मागिन्, सरुवा एपीएफ अस्पताल नैकापमा भयो। तर, सो ठाउंमा अर्की महिला नर्स त पठाउनै थियो। अरुलाई सरुवा गर्न खोज्दा कोही पनि जान मानेनन्। त्यसको कारण खोज्दै अस्पतालका प्रमुख डाक्टरले यौन पिपासुमाथि कारवाही हुने भन्दै लिखित उजुरी मागे। बल्ल ती नर्सले लिखित उजुरी दिइन्। यही उजुरीका आधारमा पराजुलीलाई कडाभन्दा कडा कारवाही गर्न गृहसचिव नवीन घिमिरेले महानिरीक्षक कोषराज वन्तलाई आदेश दिइसकेको वताइएको छ। महानिरीक्षक वन्तले यौन दुर्व्यवहार गर्नेलाई बर्खास्तसम्म गर्ने आदेश आएको भन्दै पराजुलीलाई कडा कारवाहीको सिफारिस गर्न प्रशासन विभागलाई निर्देशन दिएको प्रशासन विभागको उच्च स्रोतले जानकारी दिएको छ। उता, डिएसपी पराजुली भने हात त समाएको हो नि अरु गरेको छैन माफी मागिसकेपछि पनि कारवाहीका लागि निवेदन दिने? भन्दै तर्साउने काम गर्न थालेका छन्। महिला र पुरुष दुबै एउटै गण व कार्यालयमा काम गर्नुपर्ने र व्यारेक सिष्टममै बस्नुपर्ने भएकाले सशस्त्रमा यौनजन्य विकृतिका घटनाहरु निकै बढेका छन्।



साभार : बुधबार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis