CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ४९ लाखको धनमाल कुम्ल्याएर महिला वेपत्ता

४९ लाखको धनमाल कुम्ल्याएर महिला वेपत्ता

टेकनारायण भट्टराई, पाल्पा, असोज १० - यहाँकी एक महिलाले २३ जनासँग पैसा र गहना सापट लिएर बेपत्ता भएकी छिन्। पाल्पा तानसेन नगरपालिका-१० भुसलडाँडामा होटल गरि बस्ने घिउकुमारी रानामगर ४९ लाख बराबरको गरगहना र पैसा उठाएर फरार भएकी हुन्।

२३ जना छिमेकी र आफन्तसँग पैसा र गरगहना सापट लिएर ३५ वर्षिया राना सोमबारदेखि फरार छिन् ।

उनको खोजी गर्न उनकै श्रीमान् दलजित रानाले जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका छन्। निवेदनमा को-को संग कति रकम लिएको भन्ने समेत खुलाइएको प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी निर्मला विष्टले बताइन्।

मिसन अस्पताल अगाडि होटल गरि बस्ने रोल्पा हुमा गाविस-१ स्थायी ठेगानाकी रानाले पछिल्लो दुई हप्तामा व्यक्ति, संस्था र बैंकबाट नगद र गरगहना जुटाएकी थिइन् । घर खर्च र कारोबारका लागि भन्दै छिमेकीहरुसँग उनले १ लाख देखि ४ लाखसम्म ऋण काढेकी थिइन्। परिवारमा समेत सल्लाह नगरी आफ्नै जग्गा धितो राखेर गरिमा विकास बैंकबाट उनले कर्जा लिएकी परिवारले जानकारी दिएको छ।

भुसलडाँडा टोल विकास संस्था, गुल्मेली सम्पर्क समितिबाट उनले ऋण लिएकी थिइन्। घर खर्चकालागि भन्दै छिमेकी र आफन्तहरु ५-६ जनासँग उनले गहना मागेर धितो राखि सुनपसलबाट नगद झिक्छु भन्दै गहना समेत कुम्ल्याएकी छिन् । संस्था र व्यक्तिसंग गरेर ४९ लाख बरबरको धनमाल लिएर बेपत्ता भएको र खोजि गरिदिन भनि निवेदन परेको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक मीरा चौधरीले भनिन् 'उनकै पतिले धनमाल सहित बेपत्ता भएको भन्दै खोजि गरिदिन निवेदन दिएका छन्,' उनले थपिन् 'प्रहरीको महिला सेलमा निवेदन परेको छ, हामीले अनुसन्धान सुरु गरेका छौं।'

सोमबार दिउसो करिव ४ बजेतिर तानसेन बसपार्कबाट घुउकुमारी गायव भएकी बताइएको छ। आफूले प्रयोग गर्दै आएको मोवाइल र ७ हजार नगद आफन्त मार्फत श्रीमानलाई दिन भनि पठाएर आफू गायव भएकी बताइएको छ। उनका श्रीमान् रोजगारीका लागि दुबइमा थिए। श्रीमान् विदेशबाट आएको महिना दिन नपुग्दै उनी धनमाल सहित बेपत्ता भएकी हुन्।

भुसलडाँडाका महेश भट्टराईको घर भाडामा लिएर राना दम्पत्तीले विगत ७-८ बर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए। उनीहरुका सन्तान छैनन्। श्रीमान् दलजितका दुई पत्नी मध्ये वेपत्ता भएकी घुउकुमारी कान्छी हुन्। जेठी तर्फका दुई छोराछोरी मध्ये छोरा विदेश छन् भने छोरी मिसनमै बस्दै आएकी थिइन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis