CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » विदेशमा अमान्य युनिभर्सिटीलाई नेपालमा मान्यता ????

विदेशमा अमान्य युनिभर्सिटीलाई नेपालमा मान्यता ????


विदेशी डिग्री भनेपछि नेपालीहरु मरिहत्ते गरिहाल्छन्। चाहे त्यो विदेशमा मान्यताप्राप्त होस् कि नहोस्। त्यही भएर अहिले विदेशी विश्वविद्यालयको सम्बन्धन (affiliation) लिएर नेपालमै विदेशी डिग्री पढाउनेहरुको बिगबिगी छ। सम्बन्धन छ भन्दै जथाभावी पढाउने काम भइरहेको छ। सम्बन्धन लिएर मात्र हुँदैन, त्यसको अनुमति पनि शिक्षा मन्त्रालयबाट लिनुपर्छ। शिक्षा मन्त्रालयले ६६ वटा कलेज अनुमति बिना संचालन भएको पाइएको वा एउटाको अनुमति लिएर अर्कै विषय पढाउँदै गरेको भन्दै त्यस्ता कलेजलाई बन्द गरिने बताएको छ।
शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धन अनुमति दिएका कलेज र विषयहरुको सूचि पत्रपत्रिका र आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको छ। सूचि हेर्दै जाँदा अचम्म लाग्यो, विदेशमा अनुमति नपाएका युनिभर्सिटीलाई पनि यहाँ भने मान्यता दिइएको रहेछ। 

शिक्षा मन्त्रालयको सूचि यहाँ हेर्नुस्

सूचिमा विशेष गरी दुई वटा युनिभर्सिटी प्रेस्टन र इन्टरनेसनल अमेरिकन युनिभर्सिटी शंकास्पद छ।
प्रेस्टन युनिभर्सिटीसँग सम्बन्धन पाएर एउटा कलेज र इन्टरनेसनल अमेरिकन युनिभर्सिटीको सम्बन्धन लिएर तीन वटा कलेजले अहिले पढाइ रहेका छन्। यी दुवै कलेजलाई Non-Accredited वा Unaccredited कलेजका रुपमा लिइएको छ। इन्टरनेसनल अमेरिकन युनिभर्सिटीले अमेरिकाको क्यालिफोर्निया राज्यमा अनुमति लिएको बताए पनि अमेरिका कै अरु राज्यमा भने यसको डिग्रीलाई मान्यता दिइन्न। Oregon राज्यले त Non-Accredited कलेजको सूचिमा नै यो र प्रेस्टन युनिभर्सिटीलाई राखेको छ र नेपालबाट पनि यसले डिग्री दिने गरेको उल्लेख गरेको छ-
अमेरिकी शिक्षा मन्त्रालय लगायतका आधिकारिक संस्थाहरुले निकालेको विश्वभरका ६९१ युनिभर्सिटीको कालोसूचिमा परेका युनिभर्सिटीको सूचिमा यो इन्टरनेसनल अमेरिकन युनिभर्सिटी टप १० मा परेको छ। सूचि हेर्नुस्। यस्तो युनिभर्सिटीलाई मान्यता दिएर र यस्ताको सम्बन्धन लिएर नेपालमा ती कलेजहरुले के शिक्षा देलान् त ?
यो दुई बाहेक अरु युनिभर्सिटी पनि त्यस्तै पो छन् कि? शिक्षा मन्त्रालयको सूचि यहाँ हेर्नुस् र तपाईँले थाहा पाउनु भएको भए तल कमेन्टमा बाँड्नुस् है आफूले थाहा भएका कुरा।

By Salokya, on  mysansar September 19th, 2012
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis