CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » डनको उद्घोष, प्रहरी सबैभन्दा बढी भ्रष्ट

डनको उद्घोष, प्रहरी सबैभन्दा बढी भ्रष्ट

काठमाडौं। प्रख्यात डनको रुपमा चर्चा पाएका व्यक्ति राजीव गुरुङ्ग (दीपक मनाङ्गे) ले आफुलाई प्रहरीले बारम्बार फसाउने गरेको आरोप लगाउनुभएको छ। चेक बाउन्सको मुद्दामा गिरफ्तार भई मिति २०७० बैशाख ३ गते जिल्ला अदालत काठमाडौंबाट थुनामुक्त हुनुभएका मनाङ्गेले बिहीबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन गरी प्रहरीले मागे अनुसारको पैसा नदिएकै कारण आफुलाई हनुमानढोका सम्म पुर्‍याएको आरोप लगाउनुभएको हो। ‘प्रहरीले मागेको साढे २० लाख रकम बुझएको भए म केही मिनेटमै निस्कने
थिए मैले नदिएकै कारण लामो समय राखियो।’ उहाँको भनाई छ ऋण तिर्न नसकेर लिलामीमा परेको जग्गामा मध्यस्थकर्ताको भुमिका खेल्दा हनुमान ढोका सम्म पुग्नुपरेको उहाँले बताउनुभयो। उहाँले नेपालको प्रहरी सबैभन्दा बढी भ्रष्ट भएको पनि आरोप लगाउनुभयो।
जग्गा धनि राजनाथ उपाध्यायले ऋण तिर्न नसकेर १ करोड २० लाखमा धितो राखेको जग्ग्ाा बैकले ५५ लाखमा बिक्रि गरिदिएपछि विवाद उठेको हो। आफुलाई सहयोग गरेको व्यक्ति दिपक मनाङ्गे भन्ने थाहा नपाएर उनैको नाममा मुद्धा हालेको जग्ग्ाा धनी उपाध्यायको भनाई छ। आफुसंग भएको चेक बाउन्स भएको र जग्गाको कागजपत्र समेत आफुसँग नभएकोले अदालत सम्म जानु परेको जग्गा धनीको भनाई छ। पिडितलाई सहयोग गर्दा नै आफु पटक–पटक हनुमान ढोका पुग्नु परेको मनाङ्गेको भनाई छ। ‘क्यासिनो चलाउने डनहरुलाई पुलिसले केही गर्न सक्दैन, गाउमा तास खेल्नेहरुलाई खोरमा हाल्छ, किनकी ती तास खेल्नेहरुले पुलिसलाई पाल्न सकेका छैनन्,।’ प्रहरीले आफुले भनेजति पैसा पाए जस्तो अपराध गर्नेलाई पनि छोड्ने र पैसा नपाए सानो गल्ती गरेकालाई पनि महिनौ दिन हनुमान ढोकामा राख्ने गरेको पनि उहाँले आरोप लगाउनुभयो। पुलीससँग आफ्नो अरु कुनै लडाई नभएर इगोको लडाई भएको भन्दै पैसा नदिएकै कारण आफ्नो पुलिससँगको सम्वन्ध बिग्रिएको उहाँको भनाई छ। सघिंय लोकतान्त्रिक राष्ट्रिय पार्टीले बिना कारण मनाङ्गेलाई हनुमानमा राखिएको भन्दै खेद प्रकट गरेको छ। मनाङ्गे संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।
http://chhalphal.weeklynepal.com/2013/04/28/article-item251367136095/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis