CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » न्यायाधीशका बुबाको हत्या

न्यायाधीशका बुबाको हत्या


ओखलढुंगा, आश्विन २६ - पुनरावेदन अदालत जनकपुरका बहालवाला न्यायाधीश विनोद शर्माका बुबाको हत्या भएको छ ।
८७ वर्षीय बुवा अम्बिकाप्रसाद घिमिरलाई यहाँको पोकली-२ लेतीमा बिहीबार राति अज्ञात समूहले हत्या गरेका छन् । घरमा सुतेको अवस्थामा राति १२ बजे धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिले बताए । घटनास्थलमा राति नै प्रहरी टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परिवारको सदस्य घरमा कोही नभएका उनी एक्लै सुतेको मौकामा हत्या गरिएको स्थानीयको भनाई छ । थप अनुसन्धानको लागि रामेछापस्थित धोबी प्रहरी चौकीका निरीक्षक र यहाँको खिजीफलांटे इप्रकाका प्रहरी निरीक्षक नेत्रप्रसाद बरुवालको टोली त्यसतर्फ लागिसके जिल्ला प्रहरीले जानकारी दिएको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis