CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » के कारणले यौन मा यस्तो हुन्छ ?

के कारणले यौन मा यस्तो हुन्छ ?

मलाई पुरुषसँग यौनसम्पर्क गर्न मन पर्छ, तर म समलिंगी होइन। महिलाभन्दा पुरुषप्रति आकर्षण हुनुको कारण के हो ? कुनै पुरुषले पुरुषसँगै  विवाह गरेर नेपालमा बाँच्न सकिँदैन।

किनभने नेपाली समाज यति धेरै शिक्षित पनि छैन। के कारणले यस्तो हुन्छ ? यदि सक्नुहुन्छ भने मेरो  जसतै समसया हुने व्यक्तिसँग सम्पर्क गरिदिनुहुन्छ कि ? मेरो जस्तै समस्या मिल्ने व्यक्ति भेटे जीवन गाँसिने थियो कि ? म अहिले बीबीएस अध्ययनरत छु। 

-सागर

पुरुषप्रतिको आकर्षण

किशोरावस्थामा विशेषगरी यौनभावना प्रबल हुनुका साथै सपष्ट रूपमा प्रकट भएर आएपछि हामी सामान्यतः विपरीतलिङ्गीप्रति आकषिर्त  हुन्छौं। धेरैजसो व्यक्तिका लागि यो कुरा सत्य भए पनि सबैका लागि भने सत्य नहुन सक्छ। कतिपय व्यक्ति समान लिङ्गी भएकै व्यक्तिप्रति यौ नका दृष्टिकोणले आकषिर्त हुन्छन्। यसतो किन हुन्छ त भन्ने कुरामा संसारमा अनेक विचार छन् र ठूलो विवाद पनि छ, तर गहन वैज्ञानिक  अनुसन्धानपछि के कुरा पत्ता लागेको छ भने यो जन्मजात स्वाभाविक रूपमा हुन्छ। यसलाई परिवर्तन गर्न सजिलो छैन। 

तपाईं समलिंगी हो कि होइन ?

यौनका दृष्टिकोणले विपरीत लिङ्गी व्यक्तिप्रति आकषिर्त हुने व्यक्तिलाई हामी 'विपरीत लिङ्गी' यौन परिचय भएको मानिस भन्छौं भने आफ्नै  जस्तो समान लिङ्ग भएको व्यक्तिप्रति आकषिर्त हुनेलाई 'समलिङ्गी' र यस्तो 'पन'लाई समलैङ्गकिता । यौनका दृष्टिकोणले पुरुष तथा महिला  दुवैप्रति आकषिर्त हुने व्यक्तिलाई हामी द्विलिङ्गी भन्छौं। यसरी समान लिङ्ग भएको व्यक्ति भने पछि 'एक पुरुष अर्को पुरुष' प्रति नै आकषिर्त हुने  कुरा हो भने 'एक महिला अर्को महिला' प्रति आकषिर्त हुने कुरा हो। त्यसैले समलिङ्गी व्यक्ति पुरुष पनि हुनसक्छ र महिला पनि हुनसक्छ।  सामान्यतः पुरुष समलिङ्गीका लागि अंग्रेजीमा न्बथ तथा महिलाका लागि ीभकदष्बल शब्दको प्रयोग गरिन्छ।

आफ्नो यौन परिचय के होला भनेर पक्का हुनुभन्दा पहिले निकै अलमल हुन्छ। केही व्यक्तिमा समान लिङ्ग भएकै व्यक्तिसँग यौन क्रियाकलापमा  संलग्न भएपछि केही अलमलको स्थिति पार गरेर उनीहरूले समानलिङ्ग भएको व्यक्तिको खोज गर्न थाल्छन्। अर्को थरीमा कुनै पनि यौन  सम्पर्क हुनुभन्दा पहिले नै आफ्नो यौन परिचय के हो भनेर थाहा पाइसकेका हुन्छन्। विशेष गरेर पुरुषहरूमा किशोरावस्थामै आफ्नो यौन  परिचय के हो भन्ने निक्र्यौल गरिसकेका हुन्छन्। तपाईंले आफ्नो उमेर त भन्नुभएको छैन, सायद किशोरावस्था पार गरिसक्नुभएको भए निक्यौर् ल गरिसक्नुभएको हुनुपर्ने हो। तपाईंले पुरुषप्रति आकषिर्त हुने भन्नुभएको छ, तर समलिङ्गी होइन किन भन्नुभयो ? सोका बारेमा थाहा पाउन  पाए जवाफ दिन सजिलो हुने थियो।

के कारणले कुनै व्यक्ति समलिंगी हुन्छ ?

विशेष गरेर पुरातनवादी तथा संकुचित विचार राख्नेहरू यसलाई एक किसिमको विकृति तथा पापपूर्ण कार्य भएको कुरा मान्छन्, तर अहिले  वैज्ञानिक तथा खुला विचारधारा राख्ने व्यक्तिहरूको विचार भने फरक छ। उनीहरूको विचारमा यो कुनै एक व्यक्तिको नियन्त्रणभन्दा बाहिरको  कुरा हो। कुनै व्यक्ति रोजेर यस्तो हुन सक्दैन जसरी विपरीत लिङ्गी यौन परिचय भएको व्यक्तिले आफ्नो रोजाइमा समलिङ्गी व्यक्तिका रूपमा  आफूलाई परिवर्तन गर्न सक्दैन। उनिहरूका अनुसार यो वंशाणुगत वा गर्भमै रहँदा भएको विशेष परिवर्तनले हुन्छ। त्यसकारण यो जन्मजात नै  हुन्छ। वैज्ञानिकहरूले त समलैङ्गकिता गराउने 'वंशाणु' नै पत्ता लगाइसकेका छन्। यसरी अहिले यसो हुनुको प्रमुख कारण जैविक रहेको थप  तथ्यहरू खुल्दैछन्। 

पुरुषसँगको विवाह 

तपाईंले चाहेजस्तो पुरुषसँग विवाह गरिए यौन तथा वैवाहिक जीवन राम्रै होला, तर विवाहका लागि उपयुक्त पुरुष भेट्टाउनु र विवाहित  जीवनयापन गर्नु अहिले नेपाली समाजमा निकै गार्‍हो हुन सक्छ। तपाईंका आफन्त, छिमेकी तथा साथीभाइका लागि पनि यो त्यति सजिलो  विषय हुँदैन। 

सामान्यतः समाजमा धेरैजसो व्यक्तिले अनुशरण गर्ने व्यवहार तथा चलनलाई नै ठीक मानिन्छ र त्यसबाहिरको व्यवहारलाई अप्राकृतिक  मानिन्छ। तर यथार्थ के हो भने प्राकृतिक नै भए पनि धेरै जनाले गर्नेभन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्तिहरू पनि समाजमा पाइन्छन्।  समलैंगिकतालाई संसारकै धेरैजसो समाजले तटस्थ भएर नहेर्ने भएकाले परिवार अनि समाजका अरू मानिसलाई थाहा भए त्यसका साथसाथै  अप्ठ्याराहरूको पनि सामना गर्नुपर्ने हुन्छ। अहिले नेपाल पहिलेको भन्दा तुलनात्मक रूपमा केही सहज बनेर आएको छ, तर पनि अप्ठ्याराह रूको सामना गर्न तयार रहनुपर्छ। तपाईं यदि पूर्ण रूपमा समलैंगिक हुनुहुन्छ भने यसलाई परिवर्तन गर्न गाह्रो हुनेछ भन्ने कुरा बिर्सनु हुँदैन।  समलैङ्गकिताको क्षेत्रमा कार्य गरिरहेका संस्थाहरू (जस्तै कि नीलहिरा समाज) ले तपाईंलाई यस्ता असजिलालाई सामना गर्न मद्दत गर्न सक्छन्। 

आत्मबलसहित निर्भीकसाथ कतिपय समलिङ्गी व्यक्तिहरूले सुखमय जीवनयापन गरिरहनुभएको छ। विवाहका लागि कुनै योग्य तथा उपयुक्त  व्यक्ति भेटिहाल्नु, दुवैलाई एक-अर्का व्यक्ति मन पर्नु, विवाहसम्म पुग्नुसम्ममा धेरै चरण पार गर्नुपर्ने हुन्छ। अहिले पुरुष समलिङ्गीका सञ्जालमा  संलग्न हुनुभए उपयुक्त साथी भेट्न सजिलो हुने हुन सक्छ। चाहनुहुन्छ भने पत्रपत्रिका वा वेबसाइटका विवाहसम्बन्धी विज्ञापनमा आफ्ना कुरा  राख्न सक्नुहुन्छ। 

पुरुषसँगैको विवाहमा लैंगिक भूमिका 

पुरुष समलिङ्गीबीचको यौन व्यवहार एकातिर छ भने उनीहरूबीचको लैङ्गकि भूमिका आफ्नै ठाउँमा छ। यहाँ दुवै पुरुष भए पनि एकले पुरुषको  जस्तो र अर्कोले महिलाको जस्तो भूमिका निर्वाह गर्ने गर्छन्। कतिपय स्थितिमा यी भूमिकालाई परिवर्तन गरेर यौनसम्पर्क अघि बढाइन्छ भने  कतिपय स्थितिमा एक व्यक्तिले पुरुषको भूमिका र अर्कोले महिलाको भूमिका निर्वाह गर्छन्। अर्को पुरुषसँग विवाह गर्दा वा भनौं यौन- जीवनयापन गर्दा आफ्नो वा आफ्नो यौनसाथीको लैङ्गकि भूमिका के छ भन्ने कुरा थाहा पाउनु राम्रो हुन्छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis