CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » श्रीमती त आजकाल यौनसम्पर्कको यो विधिमा पल्केकी छन् , मुखमैथुनका सकारात्मक र नकारात्मक पक्षहरू के-के छन्

श्रीमती त आजकाल यौनसम्पर्कको यो विधिमा पल्केकी छन् , मुखमैथुनका सकारात्मक र नकारात्मक पक्षहरू के-के छन्

मलाई मुखमैथुनका बारेमा त्यति धेरै थाहा थिएन, तर साथीभाइसागको कुराकानी र पछिल्लो समयमा केही भिडियो देखेपछि मलाई यसको  प्रयोग गर्ने इच्छा भयो र मैले श्रीमतीसाग कुराकानी गरेपछि शुरुवात भयो। यसले मलाई नयाँ किसिमको आनन्दको अनुभूति भयो। मैले  श्रीमतीलाई पनि यस्तो सुविधा दिएँ। श्रीमती त आजकाल यौनसम्पर्कको यो विधिमा पल्केकी छन् भन्दा पनि हुन्छ। अहिले उनी विभिन्न बहाना  गरेर आफूमात्र यो सुविधा लिन्छिन्, तर मलाई यो नयाँ तरिकाको सुविधा दिन तयार छैनन्। यसको मनोवैज्ञानिक पक्ष के छ ? यो विधिका  सकारात्मक र नकारात्मक पक्षहरू के-के छन् ? 

तपाईंको समस्यामा जानुभन्दा अघि मुखमैथुनका बारेमा केही जानकारी गराऔं। मानवजीवनमा यौनको ठूलो महत्व छ। यौनका लागि
युवा नै  हुन आवश्यक छैन। बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन। यौनबाट आनन्द लिने बिभिन्न किसिमका विधि छन् र यो मुखमैथुन  पनि एउटा महत्वपूर्ण विधिका रूपमा मानिसले प्रयोग गर्दै आएका छन। मानिसले मात्र के पशुले पनि यो विधिलाई प्रयोगमा ल्याएर चरम  आनन्द लिने गरेको अध्ययनहरूले देखाएका छन्। मुखमैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ। कतिपय देशमा यो गैरकानुनी मानिन्छ। करिब  मध्ययुगबाटै यसको प्रारम्भ भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिटो व्यापकता पाएको छ। 

अहिले मुखमैथुनलाई यसको आनन्द लिने एउटा तरिका, यौन सम्पर्कअघिको पाक्क्रीडा र गर्भाधारण रोक्ने विधिको विकल्पका रूपमा धेरै जसोले प्रयोग गर्दै आएका छन्। अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषहरूले श्रीमतीहरूका तुलनामा बढी मुखमैथुन गर्ने गरेका छन्। २०  देखि २४ वर्षका उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुखमैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत  पुरुषले महिलालाई मुखमैथुन गरेका छन्। अझ अगाडि बढेर अध्ययनहरूले भनेका छन्, मुखमैथुनले महिलाहरूलाई डिप्रेसनबाट बच्न समेत  मद्दत गर्छ। यसले दुवै जनाबीचको सामिप्यता र माया अझ गाढा बनाउँछ। 

यस विधिअन्तर्गत मुख, जिब्रो र ओठ प्रयोग हुने भएकाले मुख स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ। साथै यौनाङ्गको सरसफाइको ख्याल  पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण पक्ष हुन्छ। त्यसैले यौनका लागि स्वस्थ र तन्दुरुस्त शरीर हुनु जति आवश्यक छ, शारीरिक स्वास्थ्य पनि  त्यत्तिकै अपरिहार्य छ। विशेषगरी मुख र यौनाङ्गको सरसफाइ अपरिहार्य छ। 

यौनसन्तुष्टि लिनका लागि एकतर्फी प्रयास वा एकतर्फी इच्छा तथा चाहना मात्रले हुँदैन। यसका लागि रमाइलोसँग दुवै जनाले समान स्तरको  आनन्द महसुस गर्न सक्नुपर्छ। दुवैले समान स्तरको पाक्क्रीडामा सहभागी हुनुपर्छ। माया, स्नेह, स्याहार चाकर, पाक्क्रीडाजस्ता गतिविधिहरू मा पूरै नडुब्दासम्म जुनसुकै विधिबाट पनि यौनमा चाहेअनुसारको पर्याप्त आनन्द लिन सम्भव छैन। त्यसैले पहिलो र महत्वपूर्ण पक्ष भनेको  तपाईंहरू दुबै जनाले एक-अर्काबीच लीन हुनैपर्छ। दुवै जना एक-अर्काप्रति समर्पित हुनैपर्छ। एकजनाले मात्र आनन्द लिने गरे त्यो स्वार्थीपना  हुन्छ। स्वार्थीपना यौन आनन्दको शत्रु हो। तपाईले आफ्नो शरीर सरसफाइमा ध्यान नदिएकाले पनि श्रीमतीमा केही असजिलोपना महसुस  भएको हुनसक्छ। यस पक्षमा थोरै ध्यान दिए पनि तपाईंको समस्या ठूलो नबन्न सक्छ। अर्को, तथ्यले देखाएअनुसार महिलाहरूले यो सुविधा  बढी लिने गरेका छन। त्यसैले तपाईंले कम सुबिधा पाएको र श्रीमतीले बढी सुविधा लिएकोमा गुनासो गर्ने ठाउँरहेन, तर यो विधिलाई  श्रीमतीले अस्वीकार गरेकोमा भने आश्चर्य मान्नुपर्छ र कारण पत्ता लगाउन आवश्यक छ। यसमा श्रीमान् र श्रीमतीबीचको कुराकानी, आफ्ना  चाहना अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले श्रीमतीसँग कुरा गरे यो समस्या त्यति ठूलो हो  जस्तो लाग्दैन।


करूणा कुँवर, मनोविद्
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis