CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » तपाई स्मार्ट बन्ने काइदा

तपाई स्मार्ट बन्ने काइदा

पूर्णरुपमा निद्रा लिनुहोस्: कम्तीमा पनि ८ घण्टा सुत्नुपर्ने हुन्छ। यसले तपाईको शरीरका थकानलाई हटाएर स्फूर्ति जगाउने काम गर्दछ। यसले तनाव, शारीरिक र मानसिक स्वास्थ्यलाई आराम दिने काम गर्दछ। जसले गर्दा हामी आफ्नो भोलिको समय राम्रोसँग प्रयोग गर्नसक्छौं। पौष्टिकयुक्त भोजन लिनुहोस्ः यसले गर्दा दिनभरीको कार्य तपाईले सफलतापूर्वक गर्न सक्नुहुनेछ र गर्ने प्रयास गर्नुहुन्छ। जसबाट तपाईंको स्वास्थ्यस्थिति राम्रो हुन्छ। त्यसकारण पनि खानेकुरामा लापारबाही गर्नु एकदमै मूर्ख कुरा हो। शरीरमा पौष्टिक तत्व एवं शक्ति हुन्छ भनेमात्र मानिस पूर्णरुपमा कार्य गर्न सक्षम हुन्छ। यसका लागि तपाईले पौष्टिक भोजन प्रयोग गर्नुपर्छ। जसमा
सलाद प्रमुख खानाको रुपमा प्रयोग गर्नु राम्रो हुन्छ। पौष्टिक आहारले तपाईलाई तन्दुरुस्त राख्ने गर्दछ। तनावबाट टाढा रहनुहोस्: आधुनिक जीवनशैलीमा सबैभन्दा बढी हावी हुने भनेको नै तनाव हो। तनावले मानिसलाई एकोहोरो बनाउने गर्दछ। यसले हामीलाई कुनै काम गर्न प्रेरित गर्दैन। कुनै कुरामा राम्रोसँग ध्यान जान सक्दैन। यसले स्वस्थ र तन्दुरुस्त जीवनमा नकारात्मक असर पार्दछ। त्यसकारण यसबाट टाढा रहनु जरुरी हुन्छ। यसको तत्काल समाधान गर्नु जरुरी हुन्छ। विहानको स्वच्छ वातावरणमा नियमित रुपमा योग र ध्यान गर्नाले तनाव कम हुन जान्छ। तनाव कम गर्नका लागि सँधै सकारात्मक सोच र सँधै प्रशन्नचित अवस्थामा रहनुपर्दछ। आफ्नो पहिरनमा ध्यान दिनुहोस्: मानिसको व्यक्तित्व भनेको पहिरनले झल्काउने गर्दछ। यसले मानिसलाई स्मार्ट बनाउनको लागि धेरै महत्वपूर्ण भूमिका पनि खेल्दछ। सुन्दर, आकर्षक र औपचारिक पहिरनले तपाईलाई आत्मविश्वास बढाउने काम गर्दछ। आफ्नो समय, उमेर अनुसार एवं अवसरानुकूल पहिरनको प्रयोगले व्यक्तित्व बृद्धि गर्ने काम गर्दछ। जसले तपाईलाई सँधै स्मार्ट राख्ने काम गर्दछ। वार्तालाप गर्दा ध्यान पुर्‍याउनुहोस्: तपाईको बोल्ने शैलीले पनि तपाईको व्यक्तित्व झल्काउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। धैर्यपूर्ण, शालिन र मीठो आवाजले तपाईको वक्तव्य शैलीलाई राम्रो बनाउँदछ। यसले नै तपाईको पर्सनालिटीलाई बनाउने अथवा बिगार्ने काम गर्दछ। सँधै स्मार्ट बन्ने प्रयास गर्नुहोस्: आकर्षक व्यक्तित्वले सबैलाई आफूतिर आकर्षित गर्दछ। जसले तपाईलाई पूर्ण रुपमा आत्मविश्वास दिलाउने काम गर्दछ। आकर्षक देखिनका लागि तपाई राम्रो हुनु वा महंगो पहिरन लिनु आवश्यक छैन। सफा र उपयुक्त पहिरनले तपाईलाई स्मार्ट बनाउछ। आफूले सँधै तन्दुरुस्त महसुस गर्नुपर्दछ। आफ्नो रुचीहरूलाई प्राथमिकता दिनुहोस्: आफ्नो रुची र खुबीलाई पहिचान गर्नुहोस्, यसले आफ्नो क्षमतामा बृद्धि गर्दछ। रुची अथवा आफूमा भएको विशेषताले तपाईको जीवनलाई सफल बनाउन मद्दत गर्दछ। त्यसैले नै तपाईलाई आत्मसन्तुष्टि दिन्छ। यसले नै तपाईलाई आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिको खेलेको हुन्छ। 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis