CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नेपाली फिल्ममा सेक्स सीन

नेपाली फिल्ममा सेक्स सीन


सेक्सोफोनको धुन बजिरहेको हुन्छ। रूपा रानाले आफ्नो पहिरन खोल्छिन्। उनलाई बेडमा  अर्धनग्न रूपमा सुतेको देखाइन्छ अनि सरोज खनाल उनीमाथि घोप्टिन्छन्। हलको अघिल्लो  भागमा सिटी बज्न थाल्छ। दर्शकहरू उत्साहित हुन्छन्। अनुहारभरि पसिनाका छिर्का छरिएका  सरोज र रूपाले अनायसै लामो सास फेरेको आवाजले हलका दर्शक शान्त हुन्छन्। महिला  दर्शक लाजले टाउको निहुराउँछन् भने पुरुष दर्शक मख्ख पर्दै त्यसको स्वादमा आफैंलाई  घोल्न थाल्छन्। सांकेतिक रूपमा उनीहरूबीचको उत्तेजक दृश्यले दर्शकलाई करिब दुई  मिनेट कुर्सीमा बाँधेर राख्छ। राजेन्द्र शलभको निर्देशनमा २०४७ मा प्रदर्शन भएको चलचित्र  'विजय पराजय'को उक्त दृश्यले तत्कालीन सामाजिक परिवेशमा ठूलै हल्लीखल्ली मच्चाएको  थियो। केही विवादास्पद कुरा सुनिए पनि नायक-नायिकाबीचको 'लभ मेकिङ'को त्यो दृश्यलाई दर्शकले सहजै पचाए। चलचित्रले केही हदसम्म व्यावसायिक सफलता पनि पायो,  तर चलचित्रले व्यापार गर्नुमा त्यही एउटा दृश्य मात्र कारण भने थिएन।

'विजय पराजय' भन्दा निकै अघि करिश्मा (त्यतिबेला केसी, अहिले मानन्धर) ले हालका निदेर् शक उज्ज्वल केसीसँग चलचित्र 'सन्तान'का लागि 'गरमागरम' दृश्य दिएकी थिइन्। त्यो ' लभ मेकिङ' दृश्यले पनि निकै बबाल मच्चाएको थियो। तिनै करिश्माले नायक शिव श्रेष्ठसँग  ४० को दशकको अन्त्यतिर चलचित्र 'मनकामना'मा एकमिनेट लामो अधरपान गरेकी थिइन्।  करिश्मा अति सुन्दर नायिका भएकाले पनि उनको किस सिनमा धेरैले औंला टोके। त्यसपछि  निर्माण भएका चलचित्रमा 'लभ मेकिङ'भन्दा नायिकालाई बलात्कार गर्ने दृश्यहरू हावी  भएका चलचित्र बन्न थाले। यद्यपि ती चलचित्रमा पनि प्रेमका प्रसंग हुन्थे, तर 'सन्तान', ' मनकामना' र 'विजय पराजय' जस्तो होइन। त्यसपछि नायक-नायिकाबीचको 'लभ मेकिङ'  दृश्य खिच्ने खिचाउनेे आँट खासै गरिएन। किनभने त्यसपछिका दर्शकले त्यस्ता दृश्य भएका  चलचित्रलाई सीधै नकार्न थालेका थिए। बदला र प्रेममा आधारित चलचित्रको बाढी आए  पछि पर्दामा 'लभ मेकिङ' देखिनै छाड्यो। यदाकदा देखाउने प्रयत्न भैहाले पनि सेन्सर निकै  कडा रूपमा प्रस्तुत भैदिँदा त्यस्ता दृश्य दर्शकसामु पुग्नै पाएनन्। 

दुई वर्षअघि एउटा चलचित्र आयो- 'चपली हाइट'। थि्रलर सस्पेन्स वर्गमा राखिएको उक्त  चलचित्र पोस्टरकै कारण विवादित भयो, सँगैसँगै 'सुपरहिट' पनि। नायिका विनिता बरालले  आफूलाई सक्दो उदांगो रूपमा प्रस्तुत गरिन् र उनी पनि चलचित्रसँगै चर्चामा आइन्।  चलचित्रमा पोस्टरमा देखाइएजस्तो 'लभमेकिङ' दृश्य नभए पनि पोस्टर हेरेर चलचित्र हेर्न  दर्शक ओइरिए र निर्माताले राम्रै कमाए। 'चपली हाइट'को सफलताले नेपाली चलचित्रमा  त्यस्ता चलचित्र निर्माण गर्नेहरूको होडबाजी नै चल्यो। सेन्सरले एकपछि अर्को चलचित्रलाई  'एडल्ट' सर्टिफिकेट दिनुपर्ने भयो भने कतिपय चलचित्रका दृश्य यति उत्तेजक थिए कि से न्सरले कैंचीनै चलाउनुपर्‍यो। 

दर्शकहरू चलचित्रमा 'लभ मेकिङ' नै हेर्न चाहन्छन् भन्ने पनि छैन। नत्र 'चपली हाइट'भन्दा  एक वर्षजति अघि आएको चलचित्र 'पलपलमा'ले पनि त व्यापारमा 'रेकर्ड ब्रेक' गथ्र्यो होला।  चलचित्र 'पलपलमा'को पोस्टर पनि उत्तेजक थियो। दुई अर्धनग्न नायिकाको बीचमा सुतेका  नायक दिलीप रायमाझी, अनुहार घोप्टयाएर ट्याटु देखाएर नग्न भै सुतेकी नायिकाको  नितम्बमा हात राखी निदाएका नायक रमित ढुंगानाको पोस्टर पनि उक्त चलचित्र  आउनुअगावै चर्चामा थियो, तर 'पलपलमा'को पोस्टर हेरेको भरमा दर्शक हलमा ओ इरिएनन्। जबकि 'चपली हाइट'को एउटै पोस्टरले दर्शकलाई हलसम्म पुर्‍यायो। 'पलपलमा'का  निर्देशक उकेश दाहालले यौन मनोविज्ञानमा 'लभ मेकिङ' दृश्यहरू समेटेर अर्को चलचित्र  बनाएका छन्- 'किनकिन' जसमा राजेश हमालको नायिका करिश्मा मानन्धरसँगको लभ मे किङ दृश्यदेखि अरुणिमा लामाको हमालसँगै 'हट' दृश्य पनि समेटिएको छ। पछिल्लो  खबरअनुसार सेन्सरले 'किन किन'का केही दृश्य माथि आपत्ति जनाएकाले उकेशले ती दृश्यहरू हटाउनु पर्ने भएको छ। 

प्रायः चलचित्रमा प्रेमको पाटो समेटिएकै हुन्छ। नायक र नायिकाको भेट, प्रेम, प्रेमका  गीतबिना चलचित्र नै बन्दैनन् भने पनि हुन्छ। गत वर्षको सुपरडुपर हिट 'लुट'मा समेत  हाकुकाले र उसकी पत्नी तथा ऋचा शर्मा र पाण्डेबीचको प्रेमसम्बन्ध देखाइएको थियो।  चलचित्रमा प्रेमकथा अनिवार्य भैसकेपछि त्योभन्दा अलिक अघि बढेर 'बेडरुम स्टोरी' अथवा  'लभ मेकिङ' दृश्य समेट्नु र दर्शकलाई टिकट काउन्टरसम्म तान्नु जरुरी पनि छ। यौन  मनोविज्ञानमा दुईवटा चलचित्र बनाइसकेका निर्देशक उकेश दाहाल भन्छन्- 'हलमा दर्शक  आउन् भनेर मात्र त्यस्ता दृश्य राखिन्छ भन्न मिल्दैन। यौन पनि त मानवीय जीवनको एउटा  महत्वपूर्ण पाटो हो। चलचित्रमा खाना खाएको, नुहाएको दृश्य देखाउन मिल्छ भने मानवीय  जीवनमा नभै नहुने यौनलाई कलात्मक ढंगबाट देखाउन किन नपाइने ?' 

नायिका प्रियंका कार्कीको बुझाइमा 'हाम्रो नेपाली समाज अलिक संकीर्ण छ। यहाँ प्रत्यक्ष  रूपमा लभ मेकिङ दृश्य देखाउँदा कलाकारहरू नै बदनाम हुन्छन्। जबकि विदेशी  चलचित्रमा त्यस्ता दृश्य सामान्य मानिन्छ। यसको कारण उनीहरूले प्रेम र यौनलाई  जीवनको अभिन्न अंगका रूपमा स्वीकार गरिसकेका छन्। चलचित्र समाजको ऐना भएकाले  समाजमा हुने भित्री र बाहिरी सबैखाले घटनालाई सहज रूपमा देखाउनुपर्छ भन्ने मान्यता  उनीहरूमा छ, जसमा 'लभ मेकिङ' पनि पर्छ। हामी कहाँ त्यो सम्भव छैन। भविष्यमा समाज  उदार हुँदै गए सम्भवतः निश्चित मर्यादा राखेर खिचिएका लभ मेकिङका दृश्यलाई सामान्य  मानिनेछ। भारतीय चलचित्रहरूमा अहिले त्यो अवस्था आइसकेको छ, नेपालमा पनि आउन  कति नै बेर लाग्ला र ?' 

यता निर्देशक ऋषि लामिछाने भन्छन्- 'चलचित्र समाजको ऐना भन्दैमा समाजमा हुने सबै  कुरा देखाउनैपर्छ भन्ने कुरा म मान्दिनँ। चलचित्र निर्माणका केही मर्यादा हुन्छन्। हलिउड वा  बलिउडमा खुलापन भित्रियो भन्दैमा कलिउडमा पनि त्यस्तै गरिनुपर्छ भन्ने छैन। स्क्रिप्टमा  आवश्यक भएको खण्डमा मात्र चलचित्रमा 'लभ मेकिङ' दृश्य समेटिनुपर्छ, त्यो पनि सांके तिक रूपमा। चुम्बन गर्नु र बेडमा सुतेर यौनजन्य क्रियाकलाप गर्नु फरक कुरा हुन्।  चलचित्रमा बेडसिन राख्दा त्यसले समाजमा पार्ने प्रभावमाथि पनि ध्यान पुर्‍याउनुपर्छ।'
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis