तेस्रोलिंगीहरूको जीवनशैलीको विषयमा रिपोर्टिङ् गर्न र फोटो खिच्नका लागि एक सहकर्मी र म राती १० बजेतिर ठमेल पुग्यौँ। हिमालयन बैंकको पार्किङ्मा मोटरसाइकल रोकेर बाहिर निस्केपछि केही युवा 'होटल हो सर ?' भन्दै पछि पछि लागे। हामी 'होइन' भन्दै पन्छिन खोज्यौँ।
एक युवकले भने 'रमाइलो गरौँ न सर, भर्खर १६ वर्षकी च्वाँक मिलाइदिन्छु' भन्दै पछि पछि लागेर हैरान गरे। केही उपाय नलागेपछि मैले सँगै रहेका दुब्ला/पातला मित्रलाई देखाउँदै भनेँ, "हेर भाइ कति रमाइलो गर्नु ? धैरै रमाइलो गर्दा सुकेनास लागेर यस्तो भइन्छ।" मेरो कुरा सुनेपछि मात्र बल्ल उनीहरू हामीलाई आँखा तर्दै आफ्नो बाटो लागे।
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !