CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » फिल्मको सुटिङमा कलाकारले साँच्चिकै पिटाइ खाए

फिल्मको सुटिङमा कलाकारले साँच्चिकै पिटाइ खाए


काठमाडौं, मंसिर २६ (नागरिक) - हात पछाडि बाँधिएको बन्दीलाई कुर्सीमा राखिन्छ। सैनिकहरु देशभक्तिका गीत गाउँछन्। लगत्तै त्यो वन्दीको अनुहारमा कालोपट्टी बाँधिन्छ। र, सबै उसैमाथि जाइलाग्छन्।  राजधानीको मण्डला थियटरमा सोमबार प्रस्तुत यो दृश्य नाटकको थिएन। फिल्म ‘बधशाला'को ‘पहिलो झलक' देखाउन यस्तो तरिका अपनाइएको थियो। फिल्मको यस्तै दृश्य झल्काउने पोस्टर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सार्वजनिक गरे।
फिल्म ‘बधशाला'बारे सोच्न नाटकीय शैलीमा यसको मर्म देखाइएको फिल्म युनिटले जानकारी दियो। निर्देशक मनोज पण्डितले कार्यक्रममा भने, ‘यातनाघर भित्रको कथा भएकोले कलाकारहरुलाई धेरैभन्दा धेरै पिट्छु भन्ने सोचेको थिए। तर, सोचेअनुरुप पिट्न सकिन, माया लाग्यो।' 
राज्यले उल्लंघन गरेको मानवअधिकार घटनाबारे प्रश्न उठाउन फिल्म बनाइएको उनले जानकारी दिए। उनले आफ्नो सोचमा साथ दिने कलाकारलाई धन्यबाद दिए। यसअघि ‘लक्ष्य' र ‘दासढुंगा' बनाएका पण्डितले यसपटक रिलिजका बेला निर्माता निस्क्रिय नहुने विश्वास व्यक्त गरे। 
‘निर्माताले भने अनुसारको सहकार्य गरिदिएका छन्। त्यसैले १८ दिनमै सुटिङ सकियो। रिलिजमा पनि यो जोश बाँकी रहने आशा लिएको छु,' निर्माता मोहन डोटेलकै सामु उनले भने। 
डोटेलले पनि फिल्म निर्माणलाई नै मुख्य लक्ष्य बनाएको उल्लेख गर्दै टुंगोमा नपुगुन्जेल पछि नहट्ने बताए। 
यसै फिल्मबाट डेब्यु गरेका खगेन्द्र लामिछानेले फिल्मको अनुभव यादगार रहेको अनुभव गरे। ‘निर्देशकले भनेअनुसारले काम गरियो। अलिअलि भन्दा भन्दै धेरै कुटाइ खाइयो। घाउ निको हुन नै १५ दिन लाग्यो,' उनले भने। 
अभिनेता अनुप बरालले मानव अधिकारसम्बन्धी फिल्म भएकोले काम गर्न रुचि जागेको बताए। ‘हरेक पटक नयाँपन खोज्ने मेरो रहर यसमा पनि पूरा भएको छ। यातनागृहभित्रको यथार्थ उतार्न खोजेका छौं,' उनले भने। 
अभिनेत्री सरिता गिरीले सुटिङमा कुटाइ खाएको सम्झँदा अहिले पनि डर लाग्ने बताइन्। ‘हरेक दिन पिटाइ खाएर घर पुगिन्थ्यो। सुटिङ सकिएपछि तीन दिन थकाइ मारेँ,' उनले अनुभव सुनाइन्।
स्म्यासिङ एप्पलको प्रस्तुति ‘बधशाला'मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, समुना केसी र पुष्कर गुरुङ लगायतले अभिनय गरेका छन्। शैलेन्द्र डी कार्कीले यो फिल्म खिचेका हुन्। करिव १०० मिनेटको फिल्म फागुन २५ गते रिलिज गर्ने निर्माताको योजना छ। 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis