CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बटार्न मिल्ने मोबाईल सेट

बटार्न मिल्ने मोबाईल सेट

मोबाइल फोन सेटलाई केही असर नपारेर तपाईले बटारेर राख्न सक्नुहुनेछ। शोधकर्ताहरू अहिले यस्तै मोबाइल फोनसेटको निर्माणमा जुटेका छन्। यस्तो किसिमको मोबाइलको नमुना प्रदर्शनमा नै मानिसहरू एकदमै आकर्षित भएका छन्। यस्तो किसिमको मोबाइल अब आउने बर्ष सन् २०१३ मा बजारमा उपलब्ध हुनेछ। यसलाई पहिला बजारमा दक्षिण कोरियाको कम्पनी स्यामसुङले ल्याउने सम्भावना रहेको छ। स्यामसुङले यस्तो किसिमको मोबाइलले बजारमा एकदमै प्रभाव पार्ने विश्वास राखेको पनि बताएको छ। सामसुङका प्रवक्ताका अनुसार, यस्तो मोबाइल सेटको स्त्रि्कन त लचिलो हुन्छ नै यो अब पलास्टिक जस्तै र हल्का हुने बताइएको छ। क्याम्ब्रिज विश्व विद्यालयका प्रोफेसर आन्द्रेई फेरारी लचकदार पदार्थप्रति कार्य गरिरहेका छन्। यसका लागि उनले ग्रेफिनको प्रयोग गर्दै आएका छन्। यो गेफ्रिन सन् २००४ मा म्यान्चेष्टर विश्व विद्यालयमा काम गर्ने वैज्ञानिकहरूले बनाएका थिए। गे्रफिन कार्बन अणुहरूको एक पत्र हो जुन हीराभन्दा पनि कडा र बलियो हुन्छ। यसका साथसाथै यो हल्का र पूर्ण लचकदार हुन्छ। त्यसैकारण शोधकर्ताहरूका अनुसार ग्रेफिन र सिलिकनले भविष्यमा इलेक्ट्रोनिक उपकरणहरूमा क्रान्ति ल्याउने बताइएको छ। अब यसको मद्दतले लचकदार फोन, ट्याबलेट, टिभी एवं ब्याट्रीहरू पनि बनाउन सकिने शोधकर्ताहरू बताउछन्। चाहे जे जस्तो प्रविधि भएपनि तपाईको हातमा अब यस्तो मोबाइल फोन सेेट हुनेछ जुन मात्र स्मार्ट मात्र नभई लचकदार पनि हुनेछ। 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis