CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » थेरापीका रूपमा सेक्स

थेरापीका रूपमा सेक्स

जीवनको महत्त्वपूर्ण पक्ष हो । प्रेम व्यक्त गर्ने तरिका पनि हो । यौनस्वास्थ्यका लागि पनि लाभदायक छ ।

हृदयलाई सुरक्षित राख्छ

यौनमा सक्रिय रहने व्यक्ति यो क्रियामा कम सक्रिय रहने व्यक्तिको तुलनामा बढी सुरक्षित हुन्छ । त्यस्ता व्यक्तिमा हृदयसम्बन्धी बिरामीको खतरा कम हुन्छ । केही समयअघि बि्रटिस अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियामा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम भएको पाइयो । यो अध्ययन ९ सय पुरुषमा गरिएको थियो । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रूपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ । यसबाट हृदय स्वस्थ रहन्छ ।

महिलालाई एन्डोमेटि्रओसिसबाट बचाउँछ

नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । यसले एन्डोमेटि्रओसिसबाट पनि सुरक्षा प्रदान गर्छ । एन्डोमेटि्रओसिस महिलामा हुने अर्को समस्या हो जसमा उनीहरूलाई पेल्बिसमा पीडा र इन्फर्टिलिटीको गुनासो हुन्छ । अनुसन्धानअनुसार यौन प्रक्रियामा सक्रिय रहने महिलामा एन्डोमेटि्रओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेटि्रओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ ।

प्रोस्टेट क्यान्सरबाट जोगाउँछ

अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ । यो रिसर्च २० वर्षको आयु वर्गका पुरुषमा गरिएको थियो । जसअनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा एक तिहाइ कम भएको पाइयो ।

राम्रो वर्कआउट

यौनक्रियाले क्यालोरी नष्ट मात्र हुँदैन यसबाट तौल पनि घट्छ । साथै मल टोनमा पनि सुधार आउँछ । अध्ययनअनुसार यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ ।

राम्रो निद्रा आउँछ

यौनमा आर्गेज्म -चरमसुख) प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूर्ति महसुस गर्छ । अनुसन्धानअनुसार स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ ।

सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी

यौन सक्रियताले आफ्ना पार्टरप्रति सकारात्मक विचार बढ्छ । यसबाट सेल्फ एस्टिम बढ्छ र डिप्रेसन कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् । यसबाट उनीहरूको शरीरलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।

पेनकिलर हो स्वस्थ सहवास

सहवासमा टाउको एवं शरीर, पि्र-मेन्स्ट्रुअल पीडा, आर्थराइटिस आदिबाट राहत प्राप्त हुन्छ । अध्ययनअनुसार चरमसुखका बखत अक्सिटोनिक र एन्डारफिन हार्मोन निस्कन्छ, जसले पीडामा राहत प्रदान गर्छ । यसका अतिरिक्त यौन जीवनबाट सुखी रहने महिलामा महिनाबारीको समयमा हुने पीडा कम हुन्छ । समग्रमा यौनले पेनकिलरको काम गर्छ ।

इम्युन क्षमतामा वृद्धि

विभिन्न अनुसन्धानअनुसार सातामा दुई वा तीन पटकसम्म यौन प्रक्रियामा संलग्न रहनेहरूमा एन्टिबडीको स्तर बढ्छ । इम्युनोग्लोब्युलिन एले संरक्षकको कार्य गरेर शरीरलाई रुघाखोकी, साधारण ज्वरोका साथै अन्य संक्रमणबाट जोगाउँछ । अनुसन्धानअनुसार गहिरो चुम्बन लिनेहरूमा कोलेस्ट्रोल पनि कम भएको पाइएको थियो ।

स्ट्रेस पि|m राख्ने काम गर्छ

शारीरिक बिमारीका साथै तनाव, चिन्ता, अवसादजस्ता मानसिक विकारबाट शरीरलाई टाढा राख्न यौनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित यौनमा संलग्न रहने व्यक्तिले आफूलाई ऊर्जावान्, ताजा, स्फूर्त एवं तनावरहित महसुस गर्छन् । यौनका बेला निस्कने अक्सिटोसिन हार्मोन यसपछाडिको कारण हो ।

बैंस कायम राख्छ

यौन विशेषज्ञहरूका अनुसार सातामा चार पटकसम्म यौनक्रियामा संलग्न रहने महिलाहरू आफूसरह उमेरका अन्य महिलाको तुलनामा ८ देखि १० वर्ष साना देखिन्छन् । यौनको समयमा मानव शरीरको इन्सुलिन ग्रोथ फ्याक्टरबाट यस्तो पदार्थ निस्कन्छ जसले शरीरलाई मेन्टेन गर्न र मुहारको मांसपेशीमा कसिलोपन ल्याउन मद्दत गर्छ ।

स्किनमा ग्लो

सहवासले महिलाहरूको सुन्दरता बढ्छ, हार्मोन श्राव हुन्छ र रक्तप्रवाह पनि सुचारु रूपले चल्छ । यसबाट छालाको सुन्दरतामा निखार आउँछ । सम्पूर्ण शरीरमा छाएको मादकताले मुहारमा ग्लो प्रदान गर्छ । महिला शरीरमा एस्ट्रोजन नामक हार्मोन श्राव हुन्छ । यसले केशमा चमक एवं मुहारमा निखार ल्याउँछ ।

सुँघ्ने क्षमतामा वृद्धि

सहवासपश्चात् प्रोलेक्टिन हार्मोन निस्कन्छ । यसले मस्तिष्कको लवको स्टेम सेल्समा नयाँ न्युरोन्स बनाउन प्रेरित गर्छ । यो नै स्लेम सेन्टर हुन्छ, यसबाट नै सुँघ्ने क्षमता पनि बढ्छ ।

कार्डियोभास्कुलरमा सुधार

यौन संसर्गका बखत हृदय एवं स्वासको गति बढ्छ यसले कार्डियो भास्कुलर स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

वजनमा नियन्त्रण

वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रूपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरूमा पनि तनाव देखिँदैन । यसले मांसेपशीहरूलाई टोनिङ गर्ने कार्य गर्छ ।



-- रोजिना शाक्य 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis