काठमाडौं। प्रहरी प्रशासनलाई प्रभावकारी परिचालन गर्न सञ्चालनमा आएको प्रहरी परिचालन कक्ष नै सम्बन्धित काममा भन्दा कम्प्युटरमा तास खेल्ने, फेसबुकमा रमाउन थालेभने सुरक्षाको स्थिती के होला । २४ सै घन्टा व्यस्त रहने यो कक्षमा कार्यरत प्रहरी अधिकारीहरू आफ्नो कामभन्दा अनावश्यक विषयमा रमाउन थालेपछि सेवा प्रभावकारी हुन नसक्नु स्वभाविक हो।
महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेको प्रहरी परिचालन कक्षमा १३ वटा फोनहरू राखिएको छ। जहाँ करिब ८० जना प्रहरी कार्यरत छन्। यसै कक्षबाट
सीसीटिभीमार्फत रिङरोडभित्रका सबै ठाउँहरूको निरीक्षणसमेत गरिएको हुन्छ। काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा भएका घटनामा प्रहरी परिचालन गर्ने निकै नै संवेदनशील यो कक्षमा कार्यरत प्रहरीहरू आफ्नो जिम्मेवारीप्रति खासै सचेत नदेखिएको यहाँ कार्यरत प्रहरीहरू नै बताउँछन्। पैसा नलाग्ने १०० नम्बरमा उपत्यकाका तीनवटै जिल्लाबाट दैनिक हजारौं फोनहरू आउँछन् र सूचनाका आधारमा प्रहरीलाई तत्काल घटनास्थलतर्फ पठाउने गरिन्छ।
अति नै व्यस्त रहने १०० नम्बरको यो फोन सेवामा उत्तिकै संख्यामा ब्लफ कलहरू आउने गरेका छन्। दैनिकजसो सयौंको संख्यामा युवतीहरूको ब्लफ कल आउने गरेको र यो कक्षमा कार्यरत प्रहरीहरू पनि ती युवतीसँग अनावश्यक कुराकानी गरेर फोन व्यस्त राख्ने गरेको एक प्रहरी जवानले तरुणलाई जानकारी दिए। उपत्यकामा भएका आपराधिक घटनाहरूको सूचना उपलब्ध गराउने सञ्चालनमा ल्याइएको यो कक्षमा कार्यरत प्रहरीहरू नै युवतीसँग मस्किँदै घन्टौंसम्म कुरा गर्न थालेपछि उनीहरूबाट केको सुरक्षा हुन्छ भन्ने प्रश्न खडा भएको छ।
उनका अनुसार युवतीसँग फोनमा यौन सम्बन्धसम्मका कुराहरू हुने गर्छन्। 'सुरुमा युवतीले आफू समस्यामा परेको भन्दै फोन गर्छन्,' त्यहाँ कार्यरत एक जवानले तरुणलाई भने, 'पछि परिचय माग्दै यौन सम्बन्धसम्म कुरा गर्छन्।' १०० मा फोन गर्दा फोन नम्बर पनि हेर्न मिल्ने भएकाले प्रहरीहरूले ब्लफ कल गर्ने युवतीको फोन नम्बर टिप्ने र पछि नाजायज सम्बन्ध स्थापितसमेत गर्ने गरेको एक अर्का जवानले बताए। उनका अनुसार विदेशमा श्रीमान् रहेका धेरैजसो महिलाहरूले ब्लफ कल गर्ने गर्छन् र पछि परिचय गर्दै निरन्तर सम्पर्क आउने गर्छन्।
केही समय पहिले ब्लफ कल गरेर प्रहरी परिचालन कक्षमा ड्युटीमा रहेका प्रहरीसँग परिचय गरी एक युवतीले प्रहरीलाई भेट्न वीर अस्पतालअघि बोलाइन्। मख्ख पर्दै युवती भेट्न गएका ती प्रहरी उल्टै मरणासन्न हुने गरी पिटाई खाएर रक्ताम्य हुँदै कार्यालय फर्किएका थिए। युवतीले केटाहरूलाई बोलाएर ती प्रहरीलाई पिट्न बोलाएका थिए। यो घटना अहिले पनि त्यत्तिकै चर्चित छ प्रहरी संगठनभित्र। यस घटनापछि हच्किएका प्रहरीहरूले नयाँ ट्याक्टिस अपनाउन थाले। उनीहरूले ब्लफ कल गर्ने केटीको नम्बर टिपेर रत्नपार्क छेउछाउ या रिङरोडभित्रका ठाउँहरूमा भेट्न बोलाउने र प्रहरी परिचालन कक्षमा रहेको सीसीटिभीबाट युवतीलाई हेरेर मात्र भेटन् जाने गरेको अनौठो प्रवृत्ति एक प्रहरीले सुनाए। परिचालन कक्षमा रहेको फोनमा कुरा गरेको रेकर्ड हुने भएकाले प्रहरीहरू फोनमा युवतीसँग रसिला कुरा गर्न डराउँछन् र युवतीको नम्बर टिपेर पछि भेट्न जाने गरेका छन्। सुरुसुरुमा त ब्लफ कल गर्ने युवतीलाई कारबाही नगरिएको पनि होइन, तर साँझ पर्नेवित्तिकै युवतीहरूको ब्लफ निरन्तर आउन थालेपछि भने प्रहरी नै हैरान भयो। ब्लफ कल ९८४४ र ९८४५ को नेपाल टेलिकमको मोबाइलबाट बढी आउने गरेको छ।
राजधानीको शान्ति सुरक्षालाई चुस्त र दुरुस्त बनाउन सञ्चालनमा ल्याइएको यो कक्षको प्रभावकारिता नबुझ्दा पछिल्लो समय १०० नम्बरको फोन सेवा युवतीसँग गफ गरेर समय बिताउने ठाउँ बनेको छ। उच्च सतर्कताका साथ रहुनपर्ने भए पनि ड्युटी समयमा प्रहरीहरू कम्युटरमा तास खेल्ने र फेसबुकमा व्यस्त रहँदा पनि यस्ता गलत प्रवृत्ति रोक्नेतर्फ भने सम्बन्धित निकायको ध्यान अझैसम्म
जानसकेको छैन।
– खगेन्द्र भण्डारी