काठमाडौं,माघ १७। प्रहरीकै अधिकारीहरूलाई समेत ठगी गरी इन्टरपोलको खोजी सूचीमा रहेका एक फरार अभियुक्तलाई भारतीय संासदले साथ दिएको खुलेको छ। इन्भरर्टरको व्यापारको नाममा विभिन्न किसिमका ठगी धन्दामा संलग्न कपिलवस्तुका पशुपती शुक्लाको भारतीय सांसद जगदम्बिका पालसँग सम्बन्ध रहेको खुलेको हो। शुक्लालाई दुःख नदिन भन्दै पालले भारतीय विदेशमन्त्रीलाई पत्राचार गरेपछि त्यसबारेको रहस्य खुलेको हो। फरार अभियुक्त शुक्लाले भारतीय सांसद पाललाई भेटेर आफूलाई भारतीय नागरिक अरिफ अन्सारीले अपहरण गरी चेकमा हस्ताक्षर गरेको भन्दै नेपाल प्रहरीमा उजुरी गरेका थिए। जबकि उनै शुक्लाविरुद्ध इन्टरपोलले समेत वारेन्ट जारी गरिसकेको छ। उनले एडभान्स पावर कम्पनीका नाममा अरिफ अन्सारीलाई ३३ लाख रुपैयाँ ठगेका थिए। त्यो घटनामा अन्सारीले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा उनीविरुद्ध अदालतले ६ महिना कैद ३३ लाख रुपैयाँ बिगो भराई सोही बराबर जरिवाना गर्ने फैसला सुनाइसकेको छ। अदालतले समेत अपराधी ठहर गरिसकेका अभियुक्तका लागि कांग्रेसआईका लोकसभा सदस्य पालले नेपालको राजदूतसँग समेत सोधपुछ गरेका छन्। अपराधीलाई संरक्षण
गरेर उनले आफ्नै देशका पीडित नागरिकलाई भने झन् पीडित बनाउने काम गरेका छन्। सांसद पालले दिएको निवेदन उपर नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादले भने शुक्ला ठग नै भएको जिकिर गरेका छन्। एक वर्षअघि उनले पाललाई लेखेको पत्रमा शुक्लाविरुद्ध उजुरी दिएपछि उनी भागेको र शुक्लाले झन्डै पाँच करोड रुपैयाँ ठगी गरेको उजुरी नेपालमा रहेको बताएका छन्। स्रोतका अनुसार शुक्ला गोर्खा डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा समेत जोडिएका व्यक्ति हुन्। बैंकको कर्जा नतिरेपछि उनको सम्पूर्ण परिवारलाई बैंकले कालोसूचीमा राखिसकेको छ। स्रोतका अनुसार शुक्लाले आकर्षक ब्याज दिने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाई ठग्ने गरेका थिए। त्यसरी ठगिनेहरू नेपाल प्रहरीका एसपी केदार रिजाल लगायतका अधिकारी रहेको स्रोत बताउँछ।