CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » काठमाडौँको आकाशमा के देखियो यो अनौठो ?

काठमाडौँको आकाशमा के देखियो यो अनौठो ?


मंगलबार बिहान पौने १२ बजे काठमाडौँको उत्तरी आकाशमा केही अनौठा वस्तुहरु देखिए। ती त्यति प्रष्ट त थिएनन् तर रेडियम कलरका थिए। सुरुमा त्यस्ता वस्तु चार वटा छरिएको अवस्थामा थिए। बिस्तारै ती एउटै लाइनमा आए। एकैछिनमा बिस्तारै दुई वटा अझै उचाइमा गए र अदृश्य भए। पछि अर्को दुई वटाले पनि माथि उचाइ लिए र
बेपत्ता भए।

म पक्का भन्न सक्छु, ती जेट प्लेन चाहिँ थिएनन्। ती बेलुन पनि थिएनन् किनभने ती निकै माथि उचाइमा थिए। जेट प्लेन उड्ने उचाइभन्दा पनि माथि। छानाबाट हेर्दा ती वस्तुको आकार आँपको रुखको पातको आकारको थियो।
म दौडेर कोठामा गएँ र मेरो Canon SX 40 HS क्यामेरा लिएर आएँ। यसको अधिकतम जुम ३० एक्समात्रै छ। निकै लामो प्रयासपछि मैले दुई वटा त्यस्तो वस्तुको मात्रै फोटो खिच्न सकेँ। तर पनि फोटोमा त्यो अस्पष्ट नै देखिन्छ। फोटो मैले तल राखेको छु।

के अरु कसैले पनि मंगलबार बिहान यस्तो वस्तु आकाशमा देखे ? त्यो के थियो भनी म जान्न चाहन्छु। कसैलाई यसबारे थाहा भए मेरो जिज्ञासा शान्त गरिदिनुहुन्थ्यो कि !
त्यही माथिको फोटोलाई ठूलो पारेर हेर्दा यस्तो देखियो-


- ओमप्रकाश नेपाली -

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis