नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बाँडेको थियो। कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए। लुम्बिनीमा गत माघ २ र ३ गते दुई दिनसम्म चलेको सो कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीले ब्यापकरुपमा कार्यक्रमस्थलमै ब्रोसर वितरण गरिरहँदा पनि नेपाल पर्यन बोर्ड रमिते देखिएको थियो। भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा सो ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन। भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङकिसा, कउसम्बी, कुशीनगर र लुम्बिनीलाई मात्र बुद्ध सर्किट भनेर ब्याख्या गरेको छ। उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनीसमेत नेपालमा पर्दछ भनेर लेखिएको छैन। उनीहरुको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन मात्र लेखिएको छ भने अरु सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ। नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्नआवश्यक रहेको जनाउनुभएको थियो
लुम्बिनीमै आएर बुद्ध बिरुद्ध भारतीय प्रचार गर्दा

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !