काठमाडौं - इटालीका सुपरस्टार रोबर्टो बाजियोले विश्वकप १९९४ को फाइनलमा पेनाल्टी चुकाएको स्मरण फुटबलप्रेमीमाझ अझै ताजै छ। बाजियोकै उच्च प्रदर्शनमा फाइनल पुगेको इटालीको उपाधि जित्ने आशा उनैले पेनाल्टी खेर फालेपछि समाप्त भएको थियो। नेपाली फुटबलमा रोहित चन्द त्यस्तै भरपर्दा खेलाडी हुन्। राष्ट्रिय टोलीलाई दशरथ रंगशालामा आठौं साफ च्याम्पियनसिपको सेमिफाइनल पुर्याउन रोहितको प्रदर्शन महत्वपूर्ण थियो।
रक्षात्मक मिडफिल्डको जिम्मेवारी रोहितले पूरा न्याय गर्दा नेपालले समूह चरणमा पूर्वविजेता बंगलादेश र पाँचपल्टको विजेता भारतमाथि हकलाग्दो नतिजा निकाल्यो। सेमिफाइनलमा पनि त्यत्तिकै प्रभावशाली प्रदर्शन गरेका रोहित अन्त्यमा बाजियोझै 'खलनायक' बने।
११औं मिनेटमा गोल खाएर पछि परेको नेपालले चार मिनेट बाँकी रहँदा बराबरी गर्न पाएको सुनौलो मौकामा रोहित चुकेपछि टोली अफगानिस्तानविरुद्धको नतिजा उल्टाउने अवसरबाट विमुख भयो।
१–० ले पछि परेको नेपालले अन्तिम समयमा पेनाल्टी पाउँदा रोहित त्यसमा गोल गर्न असफल भए। पेनाल्टीको रिकिक पाउँदासमेत उनी सफल भएनन्। त्यो रोहितको एक्लो असफलता थिएन। पूरा नेपाली फुटबल असफल भएको थियो। माध्यम मात्र थिए, रोहित र उनका टिम सहयात्री। पेनाल्टीमा चुकेपछि खेलमा फर्कने सबै प्रयास विफल भएको टोलीका खेलाडी १–० को हारसँगै मैदानमै धेरैबेर एक्ला एक्लै घुँक्क घुँक्क गर्दै निराश भए। तर, भारत र बंगलादेशलाई हराउँदा टोलीसँग खुसी साट्ने धेरैको साथ त्यतिखेर पीडामा रोइरहेका खेलाडीले पाएनन्।
राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक मेघराज केसी यस्ता घटनाले देशको फुटबललाई फाइदा नपुग्ने बताउँछन्। 'मैदानमै घोप्टिएर रोइरहेका खेलाडीलाई त्यो बेला सान्त्वना जरुरी थियो। अधिकारीहरूले खेलाडीलाई सान्त्वना दिन कन्जुस्याईं गरिरहेका बेला दर्शकले खेलाडीलाई जथाभावी गाली गरे। यो खराब संस्कार हो। यसले फुटबललाई फाइदा पुग्दैन,' केसीले भने।
रोहितले दबाबबीच पनि राम्रो प्रहार गरेको तर्क राख्ने केसी विपक्षी गोलकिपरको भाग्यका कारण मात्र नेपाल निराश हुनुपरेको बताउँछन्। भन्छन्, 'रोहितले दुवैपल्ट सही ठाउँमा हाने। हजारौं समर्थकबीच टिम पछि परेका बेला पेनाल्टी हान्ने खेलाडीलाई धेरै दबाब हुन्छ। पहिलो प्रहार असफल भएपछि दोस्रो पटक हान्दा खेलाडीलाई झन दबाब हुन्छ। तर, रोहितले दबाबरहित भएर सही ठाउँमा हानेका थिए। उनले फ्रेमभन्दा बाहिर हानेको भए गल्ती हुन्थ्यो। त्यसको जस विपक्षी गोलकिपरलाई दिनुपर्छ।'
समर्थकले जितमा उत्साह दिनेमात्र नभई हारमा पनि सान्त्वना दिनुपर्ने केसीले बताए। 'खेलमा हार–जित स्वाभाविक हो। सबैभन्दा बढी पीडा खेलाडीलाई नै भएको छ। भविष्यमा राम्रो नतिजा आशा गर्ने हो भने अहिले समर्थकले पीडामा मलम लगाउनुपर्छ, झन कोतर्ने होइन,' केसीले भने।
रोहितलाई विपक्षी गोलकिपरको शैलीबारे भेउ नपाउनु पेनाल्टी असफल हुनुको एउटा कारणमा केसीले व्याख्या गरे। उनले भने, 'अफगानिस्तानका गोलकिपरले समूह चरणमा पनि भुटानका कप्तान पासाङको पेनाल्टी रोकेका थिए। त्यति बेला पासाङले बायाँ कुनामा गरेको प्रहार उनले बचाए। उनी लेफ्टह्यान्ड गोलकिपर रहेछन्, त्यसैले उनले दायाँतर्फ हानेको प्रहार जोगाउन सक्ने धेरै सम्भावना हुन्छ, रोहितले पनि त्यतै प्रहार गरे।'
राष्ट्रिय टोलीका अर्का पूर्वप्रशिक्षक बालगोपाल महर्जन पेनाल्टी हान्न खेलाडी छनोटमै कमजोरी भएको तर्क राख्छन्। उनले भने, 'प्रशिक्षणमा जस्तै अवस्था खेलमा नहुनसक्छ। मैदानमा पेनाल्टी हान्न धेरै अनुभवी र स्ट्राइकरलाई प्राथमिकता दिनुपर्छ। त्यस्तो पेनाल्टी प्रहार गर्दा जुनसुकै खेलाडी नर्भस हुन्छ। फेरि पहिलो प्रहार असफल हँुदा रोहित झनै नर्भस भए। खेलमा यस्तो हुन्छ। विपक्षी गोलकिपर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।'
असफलताले खेलाडीलाई भविष्यमा राम्रो गर्न प्रेरणा मिल्ने राष्ट्रिय टोलीका पूर्वकप्तान उनले बताए। उनले अगाडि थपे, 'खेलाडीले जित्नकै लागि खेल्छ। कसैले पनि गोल गर्दिनँ भनेर पेनाल्टी हानेको हुँदैन। असफल हुँदा खेलाडीको हौसला बढाउनुपर्छ।'
अफगानिस्तासँगको असफलता जोडेर मात्र खेलाडीको आलोचना गर्नु जायज नहुने तर्क राख्दै उनले भने, 'हामीले समूह चरणमा भारत र बंगलादेशलाई हरायौं। यो हाम्रो सफलता हो। खेलाडीले आफ्नो क्षमताअनुसार खेले। सेमिफाइनलमा हार्यौं, अब अझै हामीले बढी मेहनत गर्नुपर्छ। '
८ वर्षअघि च्यालेन्ज कपमा टाइब्रेकरमा श्रीलंकासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो। त्यतिबेला निर्धारित समयमा पेनाल्टी प्रहार खेर फालेका प्रदीप महर्जनले टाइब्रेकरमा पनि गोल गर्न सकेनन्। घाइते भएर पहिलो रोजाइमा नपरेका अञ्जन केसीले टाइब्रेकरमा गोल गरे। त्यो घटना सम्झँदै अञ्जन भन्छन्, 'पेनाल्टी हान्नु सबै खेलाडीलाई दबाब हुन्छ। हारिरहेको बेला पेनाल्टी हान्नु झनै दबाबपूर्ण हुन्छ। रोहितले राम्रै ठाउँमा हानेका हुन्। तर, उसको प्रहार अलि स्लो थियो। घरेलु समर्थकमाझ पेनाल्टी प्रहार गर्दा रोहित नर्भस भए। जसले प्रहार स्लो भयो। तर, यसका कारण खेलाडीलाई गाली गर्नु राम्रो होइन। जित्दा सबै खुसीमा रमाउने, हार्दा खेलाडीले मात्र दोष खप्नुपर्ने राम्रो होइन।'

सबैलाई दुःखी बनाएँ, माफी माग्दछु
-रोहित चन्द
मैले पेनाल्टीमा गोल गर्न सकेको भए खेलको नतिजा जे पनि हुनसक्थ्यो। तर, गोल भएन। दुईपटक मौका पाउँदा पनि गोल गर्न नसक्दा मलाई थप पीडाबोध भयो।
त्यसमा 'गिल्टी फिल' भयो। मैले गोल गर्न नसक्दा टोली, समर्थक सबैलाई दुःखी बनाएँ। म त्यो गोल गर्न नसकेकोमा सबैसँग माफी माग्न चाहन्छु। हाम्रो टोलीमा पेनाल्टी हान्ने पहिलो रोजाइ राजु दाइ (तामाङ) हो। त्यसपछिको जिम्मेवारी मेरो थियो। राजु दाइ रिप्लेस भइसकेकाले प्रशिक्षकले पनि मलाई पेनाल्टी हान्न भन्नुभयो।
पहिलो पटक पेनाल्टी हान्दा पूरै आत्मविश्वास थियो। तर, पहिलो प्रहार अफगानिस्तानका गोलकिपरले रोकेपछि केही दबाब महसुस भयो। भाग्यवश पेनाल्टी 'रिकिक' भयो। 'कन्पि्कडेन्स लुज' नहोस भनेर फेरि हान्न अघि बढें। मैले सक्दिनँ भनेको भए अर्को हान्नेलाई पनि दबाब हुन्थ्यो। सायद त्यो बेला कोही अघि बढेर हान्छु भनेको भए छोड्ने थिएँ होला। मन्सुरले फेरि पनि रोक्लान् भनेर सायद अरु साथीहरूले रिस्क लिन चाहेनन् भन्ने लाग्यो।
त्यस्तो अवस्थामा जिम्मेवारीबाट पन्छनु उचित लागेन। मैले नै हानंे, मन्सुरले फेरि बचाए। त्यत्रो मौका पाएर पनि गोल गर्न नसकेकोमा दुःख लाग्यो। एकछिन त 'ब्ल्याक आउट' जस्तो भएँ। टिमका साथीहरूले पूरै सपोर्ट गरे। तर, मलाई एक किसिमको आत्मग्लानि भइरहेथ्यो।
खेल सकिएपछि होटल फर्कंदा अरु केही दिमागमा आएन। रातभर आफूलाई दोषी मानंे। सुत्नै सकिनँ। तर, समय बित्दै जाँदा फुटबलमा यस्तो हुन्छ भनेर आफैलाई सम्हाल्दै लगें। पेनाल्टीमा चुक्नुलाई खेलको एउटा हिस्साका रूपमा लिनुपर्छ। फुटबलमा लामो यात्रा तय गर्नुछ भन्ने ठानें।
भविष्यमा फेरि पनि मौका मिल्दा म आफूलाई प्रमाणित गर्नेछु। यसमा समर्थकलाई विश्वास दिलाउन चाहन्छु। जहाँ गल्ती हुन्छ त्यहींबाट सिक्दै अघि बढ्नुपर्छ भन्नेमा म दृढ छु। तर, पेनाल्टीमा मौका पाएर गोल गर्न नसक्दा मैले नेपाली समर्थकको चित्त दुखाएको छु। त्यसमा मलाई खेद छ। फेरि पनि म सबैसँग माफी माग्छु। यस्तो अवस्थामा पनि साथ दिइरहनुभएकोमा समर्थकलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा सुखद नतिजाका लागि आफ्नो तर्फबाट पूरा मेहनत गर्नेछु।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !