अहिलेसम्म एक सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेका भुवन केसी सदाबहार अभिनेताका रूपमा चिनिन्छन् । गायनबाट करिअर सुरु गरेका उनले पछि बाटो मोडे । गायकका रूपमा समेत शिखर चढ्दै गर्दा उनी फिल्म अभिनयमा लागे र आफूलाई हिरोका रूपमा स्थापित गरे । गायक हुँदै नायक बनेका भुवन फिल्म निर्माणमा पनि लागे । ँसपना’ फिल्मबाट निर्माता बनेका उनले आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरेका छन् । उनले हिरो बन्ने चान्स पाएपछिका केही संस्मरण :
हिरो बन्नुभन्दा पहिले म गायनमा लागेको थिएँ । गायनमा रमेको थिएँ । २२ वर्षको हुँदा म पहिलोपटक हिरो भएँ । त्यतिवेला हिरो बन्नु अहिलेजस्तो सजिलो थिएन । म हिरो बन्ने समयमा शाही नेपाल चलचित्र संस्थानले फिल्म बनाउँथ्यो । निजी क्षेत्रबाट हत्तपत्त फिल्म बन्दैनथ्यो । दुई/चार वर्षमा एउटा फिल्म बन्ने अवस्थामा मैले हिरो बन्ने चान्स पाउनु चानचुने कुरा थिएन । मैले अभिनय गरेको पहिलो फिल्म 'जुनी' हो । जुनीअघि मैले अभिनयको 'अ' पनि सिकेको, जानेको थिइनँ । त्यसअघि मैले न कुनै नाटकमा अभिनय गरेको थिएँ, न त अभिनयसम्बन्धी कुनै प्रशिक्षण नै लिएको थिएँ । त्यतिवेलासम्म मेरो ध्यान गायनमा मात्र थियो । जुनी फिल्ममा चान्स पाउने वेलासम्म म हिट गायक भइसकेको थिएँ । त्यतिवेला मैले गाएको 'जागेँ सारा रात'लगायत गीत हिट थिए ।
जुनी फिल्ममा निर्मात्री मञ्जु राणा थिइन् । मैले त्यतिवेलाकी चर्चित हिरोइन मिनाक्षी आनन्द -सिन्दुर, जीवन रेखा र अन्याय फिल्मकी हिरोइन) र निर्मात्री मञ्जुको सहयोगका कारण हिरो बन्ने मौका पाएको हुँ । उनीहरूले मैले गाएका गीत सुन्दा रहेछन् । मेरो स्टेज प्रोग्राम पनि हेरेका रहेछन् । यति हुँदाहँुदै पनि म त्यति सजिलै हिरो बनेको भने होइन । जुनीमा हिरो बन्नका लागि अडिसन दिएर छानिएको हुँ । त्यतिवेला मलाई पाँच सय युवाबाट छानेर हिरो बनाइएको हो ।
अडिसनबाट हिरोका लागि छानिन त छानिएँ । तर, मैले त्यसअघि कहिल्यै पनि अभिनय गरेको थिइन् । न त अभिनय सिक्न जाने ठाउँ र गुरु नै थिएँ । के होला, कसो होला भन्ने त्रास मनमा थियो । म त्यतिवेला यति ट्राभलमा टुर अफिसरको काम गरिरहेको थिएँ । एक्कासि हिरो बन्ने मौका पाउँदा सपना हो कि विपना जस्तो लाग्यो । त्यतिवेला धेरैजसो प्राविधिक भारतबाट ल्याइन्थ्यो । जुनीको निर्देशक, क्यामेरा म्यानदेखि लिएर अन्य टेक्निसियन पनि भारतीय थिए । निर्देशक शरद पालेकरले नेपाली नबुझ्ने । हामीले स्त्रिmप्टमा भएको कतिपय नेपाली शब्द बोल्दा उनैले नबुझ्ने, गाह्रो भयो । तर, मैले यति धेरै लगाब दिएँ कि मैले अभिनयमा आफूलाई हरेक दिन जानकार गराउँदै लगेँ । चार/पाँच दिनपछि मैले सहज महसुस गर्दै गएँ । काम पनि सन्तोषजनक गर्दै गएँ ।
जुनी निजी लगानीको पहिलो फिल्म माइतीघर बनेको धेरै वर्षपछि बनेको हो । चलचित्र संस्थानले निर्माण गर्ने फिल्मका सुटिङ निकै सुस्त गतिमा हुन्थ्यो । एउटै फिल्म बन्न पनि निकै समय लाग्थ्यो । तर, निजी लगानीको फिल्मको काम गर्ने तरिका नै बेग्लै हुन्थ्यो ।
मलाई त्यतिवेला फिल्मको प्राविधिक पक्षको ज्ञानै थिएन । सिनमा अभिनय गर्दा अप्ठ्यारो भए पनि गीतमा भने मलाई गाह्रो भएन । मैले स्टेजमा गीत गाइरहेको भएकाले पनि सजिलै लाग्यो । तर, नाच्दै जाँदा कहिले एक्सप्रेसन नआउने, कहिले मुभमेन्ट नमिल्ने भइरहन्थ्यो । मलाई सुरुमा के डर लागेको थियो भने मिनाक्षी त्यतिवेलाकी हिट हिरोइन, उनकै सक्रियतामा फिल्म बन्दै थियो । ती दुवै फिल्म सुपरहिट भए । कुसुमे रुमालले त सिल्भर जुब्ली नै मनाउन सफल भयो ।
जुनीमा अभिनय गर्दाको एउटा घटना, जसमा मैले नराम्रोसँग गाली खाएको थिएँ । त्यो अहिले पनि मेरो स्मरणमा छ, एउटा गीतको सुटिङको वेला मलाई क्यामेरा म्यानले मजाले हप्कायो । त्यतिवेला मिनाक्षी र मेरो गीतको सुटिङ थियो । लो एंगल लगाएर खिचिँदै थियो । क्यामेरा म्यान बोरामाथि क्यामेरा राखेर सुतेर खिचिरहेको थियो । ट्रली लगाउने जमाना नभएकाले त्यो बोरा दुई/तीनजनाले तान्नु पथ्र्याे । त्यही क्रममा दुई/तीनचोटि मिनाक्षीले क्यामेरा म्यानलाई टेक्न पुगिछन् । मिनाक्षीकै खटन-पटनमा फिल्म बनेकाले त्यो क्यामेरा म्यानले उनलाई केही भन्न सकेन । तर, मलाई भने बेस्सरी गाली गर्यो । एकचोटि होइन, दुईचोटि होइन, बिनासित्ती गाली गरेपछि मैले रिस थाम्न सकिनँ । मलाई साह्रै रिस उठ्यो, अनि मैले हिन्दीमा भने, मुझे नहीं बन्ना है हिरो । दुसरा आदमी ढुंढलो । मुझे नहीं करना है फिल्म-वलिम । त्यसपछि फिल्म खेल्दिनँ भनेर सन्किएर हिँडेको थिएँ । पछि उनीहरू सबै लागेर मलाई सम्झाए । झन्डै दुई घन्टा सम्झाएपछि मैले मानेँ । मेरो गल्ती नभएको महसुस त्यो क्यामेरा म्यानलाई पनि रहेछ । उसले पनि मलाई सरी भन्यो ।