अमेरिकाको एरिजोनामा बस्ने २९ बर्षीय भारतीय अमेरिकी युवकले भगवानलाई खुसी पार्नका लागि उल्का पिंड खसेर बनेको १०० फुट गहिरो खाडलमा हाम फालेका छन्। उनको बचाउ अभियानलाई त्यस खाडलबाट बाहिर निकाल्न करिब ८ घण्टा लागेको थियो। प्रत्यक्षदर्शीका अनुसार क्यालिफोर्नियाका परमिन्दर सिंहले ११ जनवरीमा आफ्नो इच्छाले त्यस खाडलमा हाम फालेका थिए। यो स्थान पर्यटकहरूका लागि मनपर्ने स्थान मानिन्छ। प्रहरीका अनुसार, उनलाई बचाउनका लागि करिब ३० सुरक्षाकर्मीहरू खटिएका थिए। उनलाई फल्यागस्टाफ मेडिकल
सेन्टरमा भर्ना गरिएको छ भने अहिले उनको स्थिति सामान्य रहेको बताइन्छ। सिंहको यस
क्रियाकलापलाई सबैभन्दा पहिले क्रेटर पार्कका एक कर्मचारीले देखेका थिए। बचाउ अभियानले सिंहलाई भोजन, पानी, रेडियो, कपडा तथा टर्च पठाएको थियो। खाडलमा हाम फाल्ने क्रममा उनको एउटा खुट्टा र हात भाँचिएको थियो।