दक्षिण अफ्रिकाको नाम लिनासाथ मानिसहरु अश्वेत अर्थात काला मानिस भन्ने सम्झन्छन् । यद्यपी त्यहाँ विविध संस्कृति र रंगका मानिसहरु एकसाथ बस्छन् ।
विश्वभरका मानिसहरु दक्षिण अफ्रिकालाई नेलशन मण्डेलाको सप्तरंगी देशका रुपमा पनि चिन्छन् । जहाँ हरेकलाई आफ्नो विरासता र संस्कृतिमा गर्व छ ।
तर, अब उनीहरुमा पनि
कालोपनमाथिको गौरव रहेन, विस्तारै गोरो हुने चाहनाले सताउन थालेको छ । यूनिभर्सिटी अफ केपटाउनमा हालै भएको एक अध्ययनअनुसार हरेक तीन दक्षिण अफ्रिकी महिला आफ्नो छालाको ब्लीच (केमिलक प्रयोग गरेर रंग परिर्वतन) गर्छन्, किनकी उनीहरु गोरो देखिन चाहन्छन् ।
स्थानीय संगीतकार नोमासोंटो मसोजा मनीसीले पनि आफ्नो छालाको रंग हल्का ब्लीच गरेकी छिन् । नयाँ त्वचामा आफु सुन्दर देखिएको र आत्मविश्वास समेत बढेको उनले बताएकी छिन् । उनले भन्छिन-’म वर्षौसम्म काली थिएँ । तर म आफूलाई सुन्दर रंगमा देख्न चाहन्थेँ । अहिले खुसी छु ।’
स्थानीय मिडिया र समाजिक संजालहरुमा भने ३० वर्षीया मनीसीको निकै आलोचना भएको छ । छालाको रंग परिर्वतनका लागि उनले प्रत्येक सिजनमा करीब ५ हजार पाउण्डका दरले खर्च गरेका थिइन् ।
खतरनाक चाहना
मनीसीले यस क्रममा बजारमा पाइने नाम चलेका महंगा कोल्डक्रिमहरु प्रयोग गरिन् । तर, महंगा क्रिमहरु पूर्ण सुरक्षित नहुने चिकित्सकहरु बताउँछन् । कोल्ड क्रिमको प्रयोगले क्यान्सरसम्म हुने सक्ने उनीहरुले बताएका छन । त्यसबाट ल्यूकेमियाका साथै लिभर र किड्नी सम्वन्धी क्यान्सर र छालासम्वन्धी रोगको खतरा हुन्छ । यूनिभर्सिटी अफ केपटाउनका वरिष्ठ अनुसन्धानकर्ता डा. लेस्टर डेविड्स भन्छन्-’त्यहाँका धेरै मानिसहरु कालोबजारीमा पाइने उत्पादनमा हुने हानिकारक रसायनबारे अनविज्ञ छन्, जुन चिन्ताको विषय हो ।’
डेविड्सका अनुसार पछिल्लो ६ वर्षमा छाला ब्लीचसँग सिम्वन्धित उत्पादन तिब्र भएको छ भने यसले छाला विगारेका घटनाहरु पनि बढ्दो छ ।
कालीप्रति घृणा
अफ्रिका र एशियाली देशमा गोरी महिलाहरुलाई सुन्दर मानिन्छ । अफ्रिकामा यस्तो प्रबृत्ति कहिले सुरु भयो प्रष्ट छैन । अनुसन्धानकर्ताहरुका अनुसार यसको सम्वन्ध औपनिवेशिक शासन कालसँग जोडिएको हुनसक्छ । जतिवेला गोरो छालालाई सुन्दरको प्रतिक मानिन्थ्यो ।
दक्षिण अफ्रिकामा आफ्नो अनुहार गोरो बनाउने महिलाहरुको संख्या बढ्दो छ । थुप्रैका अनुहारमा हानिकारक रसायनको प्रयोगले जलेको निशान समेत भेटिन्छ । मनोवैज्ञानिकहरुका अनुसार धेरै महिला आफ्नो कालो अनुहारलाई घृणा गर्छन् । यो भाव महिलामा मात्र हैन, पुरुषमा पनि छ ।
-बीबीसीको रिपोर्टमा आधारित
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !