काठमाडौ, माघ ११ -
बितेको वर्ष विश्वभरका एक अर्ब बढी फेसबुक सञ्जालमा भेटिए, ५० करोडभन्दा धेरै व्यक्ति टि्वटरमा देखिए । र, २५ करोड व्यक्तिसँग स्काइप जोडिन पुग्यो । सोसल मिडियामा जोडिनेको संख्यामात्र बढेको छैन, प्रयोगमा पनि ठूलो परिवर्तन आउन थालेको छ ।
अमेरिकी राष्ट्रपति चुनावदेखि मध्यपूर्वको आन्दोलनसम्ममा आगो र घिउ दुवैको काम सोसल मिडियाले गरेका छन् । नेपालका चुनावी प्रचारमा खासै देख्न नपाइए पनि
पछिल्लो समय सामाजिक र राजनीति प्रचारमा सोसल मिडिया गतिलै मार्केटिङ टुल हुन थालेको छ ।
अकुपाई बालुवाटारले सोसल मिडियामा आह्वान गरेर निवास घेरेको एक महिना नबित्दै प्रधानमन्त्री पनि सामाजिक सञ्जालमा थपिए । यी दुई घटना एक अर्कासँग नजोडिएका हुन सक्छन् । तर दुवैले सोसल मिडियामार्फत परिवर्तनको प्रयास गरे वा गरिरहेका छन् ।
'यो घटना -अकुपाई बालुवाटार) मा सामाजिक सञ्जालमार्फत युवा समावेश भएको देखियो,' राजनीतिक विश्लेषक जुगल भुर्तेल भन्छन्, 'जुन समूह सामाजिक कार्य हुँदै भोलि गएर राजनीतिक रूपमा सचेत हुने देखिन्छ ।' राजनीतिज्ञलाई गाली गर्न होस् वा पार्टीको प्रचार गर्न, पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिका कुरा बढेपछि त्यसले युवामा पनि असर गर्न थालेको बुझ्न सकिन्छ ।
राजनीति शब्द खासै नरुचाउने मानिएका युवाको जमात सोसल मिडियामार्फत मात्रै जोडिए भने परिवर्तन आउने पक्का छ । सोसल मिडियासम्बन्धी तथ्यांक देखाउने सोसल बेकर्सको तथ्यांकअनुसार नेपालमा १९ लाख ५५ हजारले फेसबुक चलाउँछन् । यो संख्याले विश्वका मुलुकमध्ये नेपाललाई फेसबुक प्रयोगका आधारमा ६७ औं स्थान दिएको छ । नेपाली फेसबुक प्रयोगकर्तामध्ये ९ लाख २६ हजार १८ देखि २४ वर्षका छन् । त्यसपछि धेरै प्रयोगकर्ताको उमेर समूह २५ देखि ३४ वर्षसम्मका छन ।
सजिलो र छिटो पहुँचसहित प्रतिक्रिया पनि आउने भएकाले सोसल मिडियामा तारिफ र गाली गर्ने दुवै भेटिन्छन् । युवामा छिट्टै भिज्नका लागि विभिन्न क्षेत्रबाट सामाजिक सञ्जालको प्रयोग बढेको भुर्तेलको अनुमान छ । 'भोलिका निर्णयकर्ता भनेका अहिलेका युवा हुन्,' उनले भने, 'त्यसैले विश्वभर नै सामाजिक, राजनीति काममा सोसल मिडिया प्रयोग भएका छन् ।'
पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साह भने राजनीतिको माथिल्लो तहमा रहेकाले सोसल मिडियाबारे धेरै ध्यान नदिएको बताउँछन् । 'केहीले बाराक ओबामा र नरेन्द्र मोदीको प्रयोग देखेपछि यो क्षेत्रमा आउनुपर्ने रहेछ भनेर बुझेका छन्,' उनी भन्छन्, 'तर त्यो नेतृत्व तहमा धेरै छैन ।'
सोसल मिडिया चलाउन वा वेबसाइट अपलोड गर्न छुट्टै मान्छे राखेर भए पनि केही नेताले सुरुवात भने गरेका छन् । 'यो क्रम अबको ५ वर्षमा धेरै ठूलो हुनेछ,' साहले भने, 'राजनीति र सामाजिक काममा सोसल मिडियाको प्रभाव ज्यादै ठूलो देखिनेछ ।' बढ्दै गएको मोबाइल र इन्टरनेट बजारका कारण सामाजिक सञ्जालको प्रभाव बढ्ने निश्चित छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा ५५ लाखसम्म इन्टरनेटको पहुँच छ । त्यसमा ५१ लाखभन्दा बढी मोबाइलबाट इन्टरनेट चलाउने छन् । पछिल्ला प्रविधिमा आधारित मोबाइलबाट फेसबुकलगायतका सोसल मिडिया चलाउने पनि लाखौं छन् । ब्राउजर मिडियाले गरेको अध्ययनले हरेक महिना औसतमा १५ घन्टा ३३ मिनेट फेसबुक प्रयोग भइरहेको देखाउँछ ।
त्यस्तै १९ करोड टि्वट दैनिक हुने गरेको छ । जसमा नेपालका धेरै व्यक्तिगत, सामाजिक र राजनीतिक विचार समावेश छन् । पछिल्लो दशकमा मोबाइलले क्रान्ति गरेको बताउने साह आगामी दिन आईसीटी क्षेत्रले राजनीतिमा ठूलो उथलपुथल ल्याउने बताउँछन् ।
'सबैभन्दा ठूलो प्रगति नै यही क्षेत्रमा भएको छ,' उनले भने, 'त्यसबाट राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो उपयोग हुनेछ ।' अहिले देखिएका केही इन्टरनेटका सामाजिक कार्य त्यसैको सुरुवात भएको उनको तर्क छ । सोसल मिडियामा परम्परागत सञ्चार संस्थाको उपस्थिति पनि बाक्लिन थालेको छ ।
सीएनएनले १० करोडभन्दा बढीलाई टि्वटरमा आफ्नो पछि लगाएको छ । न्युयोर्क टाइम्स, बीबीसी, टाइम, वालस्टि्रट जर्नल, फक्स, सीबीएस लगायतबाट निस्कने समाचार सोसल मिडियामा हेर्नेको संख्या पनि लाखौं छ । नेपालकै कुरा गर्दा पनि पछिल्लो समय यो क्रम बढ्न थालेको छ ।
जहाँ टि्वटर समाचार र भावना दुवै पोख्ने ठाउँ बनेको छ । समाचारका प्रतिक्रिया फेसबुकबाट लिएर छापिन थालेका छन् । सोसल मिडियामा भुलिनेको संख्या बढ्दै गएपछि व्यापारिक मार्केटिङको काम पनि उत्तिकै छ । नेपालमा हेराइ र क्लिक गर्दा लिइने विज्ञापन शुल्क क्रमशः ० दशमलव ०६ र ० दशमलव ०२ डलर रहेको सोसल बेकरले उल्लेख गरेको छ ।
यसको अर्थ तोकिएको संख्यामा व्यक्तिले विज्ञापन हेरे वा क्लिक गरे उक्त शुल्क लाग्छ -दिइन्छ) । बेकरले एनसेल, एस ट्राभलसहित हायात र सोल्टी होटललाई गरिएका लाइकलाई विभिन्न विधामा समेटेको छ । यससँगै अन्तर्राष्ट्रिय ब्रान्ड पनि नेपाली सोसल मिडियामा उत्तिकै भिजेका देखिन्छन् ।
इन्टरनेटको विभिन्न तथ्यांक राख्ने पिङ्गडोमले सन् २०१२ मा विश्वभर इन्टरनेट प्रयोगकर्ताको संख्या २ अर्ब ४० करोड पुगेको देखाउँछ । त्यसमा एसियाका मात्र १ अर्ब १० करोड छन् । चीनमा विश्वकै सबैभन्दा बढी ५६ करोड इन्टरनेट प्रयोगकर्ता पुगेका छन् ।
त्यहाँ अझै आधा जनसंख्यामा पनि यो सुविधा उपलब्ध छैन ।
इन्टरनेट र सोसल मिडियाले ल्याएको परिवर्तन सबै सकारात्मक भने छैन । प्रविधि दुरुपयोग गर्नेको जमात पनि बढ्दै गएको छ । जसले नकारात्मक भावना, घृणा र चरित्र हत्या गर्ने क्रम पनि मौलाएको छ । 'युवा सचेत भएपछि नराम्रा धेरै आफैं सच्चिँदै जानेछ,' भुर्तेल भन्छन्, 'केही बेफाइदा भए पनि धेरै फाइदा छन् ।'
२०६९ माघ १२ ०९:०६, शुक्रबार
रोशन अधिकारी,

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !