बदनामीको उडान
त्रिभुवन विमानस्थलको कमजोर सुरक्षा प्रणालीलाई व्यंग्य गर्दै कुख्यात अपराधी चार्ल्स शोभराजले भनेका थिए, 'मैले चाहेँ भने त्रिभुवन विमानस्थलबाट हात्ती पनि छिराउनसक्छु।' उनको यो व्यंग्यलाई विमानस्थलको सुरक्षाको 'कमान्ड' पाएकाहरू स्वयंले नै पुष्टि गर्दै आएका छन्। गएको असोज १९ गते दुबई उड्न
तयार जहाजमा खानतलासी गर्दा एक भारतीय नागरिक सवा करोड रुपैयाँ बराबरको विभिन्न विदेशी मुद्रासहित पक्राउ परे। तस्कर समूह र प्रहरीको साँठगाँठबारे केपी ढुंगानाको खोजपूर्ण विवरण :
......
एसएसपी ओहदाका वरिष्ठ प्रहरी अधिकारीको प्रत्यक्ष मिलेमतोमा विमानस्थलको सुरक्षामा खटिने प्रहरीले तस्कर समूहसँग मिलेर तस्करी गर्ने गरेको घटना पुष्टि भएको छ। सन् १९९९, डिसेम्बर २४ मा भारतीय विमान अपहरणपछि अन्तर्राष्ट्रिय स्तरमा यसको बदनामी भएको थियो। यो बदनामी अहिले चुलिएको छ। यो घटनाले विमानस्थलको सुरक्षा प्रणालीको धज्जी त उडायो नै, आमनागरिकको सुरक्षाको अभिभारा पाएको प्रहरी संगठनको बर्दीमा कालो पनि पोखिदियो।
असोज १९ गते बेलुका विमानस्थलमा काठमाडौँबाट दुबई जाने तयारीमा रहेको फ्लाई दुबईको विमानमा सवार भारत राजस्थान घर भई हाल कुलेश्वरमा बस्ने विनोदकुमार सोनी एक करोड २४ लाख रुपैयाँ बराबरको विभिन्न विदेशी मुद्रासहित जहाजभित्र फेला परेका थिए। यस घटनाले लामो समयदेखि संगठित रूपमा विमानस्थलमा हुने गरेको तस्करीको तथ्य सार्वजनिक भयो। अनुसन्धानकर्ताले लहरो तान्दै गए, पहरो गर्जंदै गयो।
आन्तरिक अनुसन्धानमा व्यापारीको आवरणमा रहेका हुन्डी र तस्कर समूहसँग मिलेर एसएसपी रविराज श्रेष्ठले जुनियर प्रहरी कर्मचारीलाई परिचालन गरेको खुल्यो। एसएसपी श्रेष्ठको बदमासी र तस्कर समूहका नाइकेहरूको पहिचान खुलेको पनि तीन महिना कटिसक्यो। तर, नाइके र योजनाकार कानुनभन्दा बाहिरै छन् अझै।
सहयोगी भारतीय नागरिक विनोदकुमार सोनी काठमाडौँ जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि जेलमा छन्। अदालतले तोकेको दुई करोड ४८ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा हवल्दार शोभितबहादुर कार्की बुधवार जेल परे।
एआएजी भिष्म प्रसाईं नेतृत्वको अनुसन्धान समितिले घटनालाई 'प्रहरी बर्दीको दुरुपयोग गरी पेशाप्रति नै बेइमानी गरेको' निष्कर्ष निकाले पनि 'बेइमान' एसएसपी श्रेष्ठलाई कानुनले छोइसकेको छैन। संगठित रूपमा तस्करी सञ्जाल चलाउनेहरू प्रहरीको सूचीमा फरार छन्। र, उनीहरू कानुनी कठघरामा उभिने सम्भावना न्यून छ।
'फेक कल'ले फन्दामा
अन्तर्राष्ट्रिय उडानका लागि जहाजहरू तयारी अवस्थामा थिए। फ्लाई दुबईको एफजेड ५७६ जहाज दुबई उड्न तयार थियो। साढे ७ बजे रमेश मिलन केसीको नामबाट विमानस्थलमा साउदी अरेबिया जाने जहाजमा बम भएकाले दुर्घटना हुनसक्ने सूचना आयो। विमानस्थलको सुरÔासम्बन्धी आदेश आएपछि विभिन्न मुलुकमा जाने जहाजको उडान रोकेर सुरक्षाकर्मीले जहाजहरूको खानतलासी लिन शुरु गरे। एफजेड ५७६ को खानतलासीका क्रममा सोनी विमानको शौचालयमा लुकेको अवस्थामा फेला परे। जाँच गर्दा उनको साथबाट सवा करोड रुपैयाँबराबरको विभिन्न विदेशी मुद्रा फेला परे। सेलो टेपले बाँधिएको सामान खोलेर हेर्दा विदेशी मुद्रा बरामद भयो।

प्रारम्भमा प्रहरीले घटना विवरण पूरै गोप्य राख्यो। सञ्चारकर्मीलाई प्रारम्भमा सामान्य घटना बनाएर जानकारी गराइयो। तर, घटना प्रहरीले भनेझैँ सामान्य थिएन। आपराधिक समूह र सुरक्षाकर्मीको योजनामा भइरहेको गम्भीर अपराध थियो त्यो। घटना सार्वजनिक भएपछि तेस्रो दिन प्रहरी मुख खोल्न बाध्य भयो। असोज २१ गते विमानस्थलका तत्कालीन प्रमुख नारायण बस्ताकोटीले पत्रकार सम्मेलनमार्फत प्रहरीको संलग्नतामा तस्करी भएको स्विकारे। र, सहयोगी प्रहरीका रूपमा प्रहरी हवल्दार शोभितबहादुर कार्कीको नाम सार्वजनिक गरे। उनले तस्करीमा विमानस्थलकै प्रहरी संलग्न रहेको पुष्टि गर्दै सिसिटिभी फुटेज पनि सार्वजनिक गरे, जसमा हवल्दार कार्की र सोनीको गतिविधि देखिन्थे। सोनीलाई प्रहरीले अनुसन्धानका लागी तेस्रो दिन राजश्व अनुसन्धान विभाग पठायो।
अनुसन्धानबाट कार्कीले एसएसपी रविराजको बा १ झ ३६९४ नम्बरको गाडी लिएर फलामे गेटबाट स्टेरलाइज्ड क्षेत्रमा पुगेको खुल्यो। सोनी पनि विमानस्थलभित्र छिरिसकेका थिए। ६ः१० बजे सोनी र कार्की पुरानो स्टेरलाइज्ड हलको शौचालयभित्र छिरे। चुस्तामा लुकाएर ल्याएको विदेशी मुद्रा कार्कीले सोनीलाई दिए। कार्की निस्किएपछि सोनी शौचालयबाट बाहिरए। साढे ६ बजे सोनी कालो रङको झोला बोकेर होल्ड ब्यागेज स्त्रि्कन नम्बर 'बी' बाट चेकजा"च गराई विमानस्थल छिरेको देखियो।
श्रेष्ठ जहाँ जान्थे, कार्की त्यहीँ पुग्थे। उनी महानगरीय ट्रफिक महाशाखामा हुँदा कार्की त्यहीँ पुगेका थिए। श्रेष्ठ सरुवा भएर विमानस्थल पुगेपछि उनले कार्कीलाई पनि काजमा त्यहाँ लगेका थिए। यो तथ्यसँगै एसएसपी रविराज शंकामा तानिए।
प्रहरीकै संलग्नतामा विमानस्थलमा तस्करी हुने गरेको घटना सार्वजनिक भए पनि प्रारम्भमा प्रहरी संगठन गम्भीर भएन। हवल्दारको मिलेमतोमा मात्रै यत्रो गम्भीर अपराध सम्भव नहुने उनीहरू जानकार नहुने कुरै भएन। तर, उनीहरूले गम्भीर घटनालाई सामान्यीकरण गर्दै औपचारिकताका लागि महानगरीय प्रहरी आयुक्त कार्यालयलाई घटनाको अनुसन्धान गर्न भने।
डिआइजी परशुराम खत्रीको संयोजकत्वमा बनेको समिति पनि हवल्दार कार्की र सोनी वरिपरिमात्रै घुम्यो। मुद्रा तस्करीमा विमानस्थलका उच्च अधिकारीको संरक्षण र संलग्नताका धेरै पाटा सार्वजनिक हुँदासमेत छानबिनले कार्कीले विमानस्थल प्रवेश तथा आवतजावतका लागि प्राप्त विशेषाधिकार र जिम्मेवारीको गलत फाइदा उठाएको मात्रै निष्कर्ष निकाल्यो।
यस अगाडि नै आयुक्त कार्यालयको इन्टेलिजेन्स शाखाले घटनाबारे बुझाएको प्रतिवेदनमा 'घटना हुनुमा उपल्लो दर्जाका प्रहरी अधिकृतहरूको संरक्षण र मार्गनिर्देशन हुनसक्ने' औँल्याएको भए पनि आयुक्त कार्यालय त्यता जान चाहेन।
विमानस्थलका प्रमुख बस्ताकोटीले पनि कार्कीमै सीमित भएर कार्कीले सोनीलाई दुबईबाट फर्केर आउ"दा अवैध कुनै चिजवस्तु निकासी गराउने भन्ने मनसायले एसएमएस गरेको पुष्टि भएको भन्दै यस बारेमा अनुसन्धान गर्नुपर्ने मात्रै औँल्याए।
एसएसपी श्रेष्ठको संलग्नताका धेरै आधार सार्वजनिक भएपछि गृह मन्त्रालय तात्यो। त्यसपछिमात्रै प्रहरी प्रधान कार्यालयले एआइजी भिष्म प्रसाईंको नेतृत्वमा बलियो छानबिन समिति बनायो।
फोनले खोलेको रहस्य
विमानस्थलबाट विदेशी मुद्रा बाहिर पठाउने र बाहिरवाट आएको सामान भन्सार छलेर बाहिर ल्याउन एसएसपी श्रेष्ठले सहयोग गर्दै आएका प्रमाणहरू बढे। तर, उनले भने अस्वीकार गरिरहे।
कार्की फरार भइसकेका थिए। प्रहरीले सम्पर्क भएका नम्बरको विश्लेषणबाट ९८१७९५४७४३ नम्बरलाई शंकास्पद सूचीमा राखेर खोजी शुरु गर्यो। सोनी र अन्य तस्करसँग नियमित सम्पर्कमा रहेको ९८१७९५४७४३ नम्बरका प्रयोगकर्ता खोज्दा अञ्चल प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानको पहिचान भयो।
एसएसपी श्रेष्ठले विभिन्न बहाना गरे पनि आखिर अरूको नाममा सिम निकालेर किन चलाएको? रहस्य खोलिन् सोममाया पाखि्रनले। उनका अनुसार झापामा हुँदा सोममाया र श्रेष्ठको परिचय भएको थियो। झापामै हुँदा रविराजले सोममायालाई आफ्नो नाममा दुइटा एनसेलको सिम निकाल्न लगाए।
सोममायाको बयानअनुसार उनको नामको ९८१७९५४७४३ नम्बर श्रेष्ठले लिए। दुवैबीच एनसेल नम्बरमा भलाकुसारी हुन्थ्यो। सोममायाका अनुसार विमानस्थलमा डलर काण्ड भएपछि श्रेष्ठले फोन गरेर उनले चलाइरहेको मोबाइल नम्बरसमेत फाल्न लगाए।
श्रेष्ठले त्यो नम्बरको फोन आफ्नो गाडीमै हुने र अरूले पनि चलाउने भएकाले कार्कीले चलायो होला भनेर टार्ने प्रयास गरेका थिए, अनुसन्धान समितिलाई। तर, श्रेष्ठका चालक झलकबहादुर गोलेले 'सरको आदेशबिना उहाँको गाडी कसैले पनि कतै लैजान नपाउने' बताए। यसपछि श्रेष्ठको तर्क कमजोर देखियो।
विदेशी मुद्रा बरामद भएपछि एसएसपी श्रेष्ठ र कार्कीबीच फोन सम्पर्क भएको पुष्टि भए पनि उनले अस्वीकार गर्दै आएका थिए। कार्की तत्काल फरार रहेकाले एसएसपी श्रेष्ठले भगाएको आशंका थियो। कार्की पक्राउ परेपछि त्यो पनि पुष्टि भयो।
अनुसन्धानबाट तस्करीका लागी श्रेष्ठले प्रसनि हिराकाजी कुमाल र कार्कीलाई भिन्नाभिन्नै रूपमा परिचालन गरेको पुष्टि भयो। अनुसन्धानबाट यी दुई एकै कामका लागि एसएसपी श्रेष्ठको मोहरा बनेको खुलेको थियो।
पक्राउ परेकाहरू भरियामात्रै भएको पुष्टि भयो। सोनी पेशाले सामान्य कामदार हुन्। उनले इलेक्ट्रिक सामान बनाउने काम गर्दै आएका थिए। ओमबहालमा उनको बिके रिपेयरिङ सेन्टर थियो।
सोनीले बयानमा सबै जिम्मेवारी कार्कीको टाउकोमा थुपारे पनि अनुसन्धानमा भने अन्य तथ्य खुल्दै गए। विमानस्थलमार्फत तस्करीमा सक्रिय समूहका नामहरू आए। विमानस्थलका उच्च प्रहरीको संलग्नताको आशंका बढ्दै गयो।
प्रसाईं नेतृत्वको छानबिन समितिले प्रतिवेदनमा नेपालबाट अवैध विदेशी मुद्रा बोकेर विदेश जाने र अवैध वस्तुहरू लिएर आउने समूहका १० जनाको किटानी नै गर्यो। एसएसपी श्रेष्ठ, प्रसनि कुमाल र हवल्दार कार्कीको मोबाइलमा आएका एसएमएसको आधारमा समितिले उनीहरूको पहिचान गर्यो। एसएमएस विवरणको आधारमा नेपालबाट विदेशी मुद्रा लैजाने र उताबाट सुन भिœयाउने गरेको खुल्यो। कार्कीले प्रहरी वयानमा उताबाट मोबाइल आकारमा केही आउने गरेको र सो आफूले विमानस्थलको जाँच छलेर बाहिर ल्याउने गरेको स्वीकार गरेका छन्।
संगठित जालो
विदेशी मुद्रा र सुन तस्करीमा सक्रिय समुहको नै पहिचान गर्न प्रहरी सफल देखिन्छ। तर, खुलेका तथ्यहरू ग्ोप्य राखेर प्रहरीले उनीहरूलाई कारबाहीको प्रक्रियामा ल्याउन सकेको छैन। प्रहरीकै अनुसन्धानमा उनीहरू हुन्डी, विदेशी मुद्राको कारोबार र सुन तस्करीमा सक्रिय रहेको खुलेको छ। उनीहरू खुलमखुला हिँड्दा पनि प्रहरीले वास्ता गरेन। अहिले सम्पर्कविहीन भएपछि फरार सूचीमा राखे पनि प्रहरीले खोजी भने गरेको छैन।
प्रतिवेदनमा मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, विनोदकुमार सोनी, गोपाल कुकरा, घनश्याम कुकरा, राधाकृष्ण कुकरा, कुष्णप्रसाद खड्का, मुरारीलाल गोयल र सुमन अग्रवाल तस्कर समूहमा सक्रिय रहेको उल्लेख छ।
मुरारीलाल गोयल, पवन अग्रवाल, विमल पोद्दार, सत्यनारायण कुकरा, घनश्याम कुकरा, गोपला कुकरा र राजेश अग्रवाल नाइके रहेको खुल्यो। तस्कर समूहले कमलपोखरीको टप अफ दी वर्ल्ड ट्राभल्स एन्ड टुर्स प्रालिबाट विदेश जाने टिकट किन्ने गर्थे।
टिकटको बन्दोबस्त विनोदकुमार सोनीले गर्थे। उनैले असोज १० गतेको विमानको टिकट दिएका थिए। टिकट मुरारीलाल गोयलले बुक गराएका थिए। यसअगाडि गोयलले नै दुबईको पाँच वटा टिकट बुक गराएको ट्राभल्सको रेकर्डबाट खुल्यो।
अनुसन्धानमा अन्य सरकारी कार्यालयसमेत सहयोगी देखिएनन्। सोनीको नाममा नेपाली सवारी चालक अनुमतिपत्र समेत फेला परेको थियो। उनको नाममा रहेको ०६१२४६७८ नम्बरको लाइसेन्स लिँदा पेश गरेको काजगपत्र माग्दा यातायात व्यवस्था कार्यालयले 'व्यक्तिगत विवरण खुल्ने कागजातहरू उपलब्ध गराउन नसकिने' जबाफ दियो। ट्राभल्सले कुनै व्यक्तिगत कागजपत्रै नलिई सोनीको नाममा टिकट लिएको खुलेको छ।
गोयलले भारतीय सोनीलाई छ पटक, घनश्याम कुकरालाई दुई पटक, गोपाल कुकरालाई दुई पटक दुबई पठाएको खुल्यो। नेपाली नागरिक सुमनकुमार अग्रवाल चार पटक र निरजकुमार गोयल एक पटक दुबई गएको खुल्यो। उनीहरू सबै सन् २०१२ सेप्टेम्बर १ देखि अक्टोबर ५ सम्म दुबई गएका थिए।
प्रहरीले मुरारीलाल गोयल (जमालिया) को नाममा जारी राहदानी र राहदानी लिँदा पेश गरेको अन्य कागजपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँग माग गरे पनि पाउन सकेन। उनको राहदानी काठमाडौँबाट जारी भएको देखियो। तर, राहदानी लिँदा उनले पेश गरेका कागजात फेला परेनन्।
लाग्ला हतकडी?
अनुसन्धान समितिले मुद्रा तस्करीका सुरक्षा भएका नियमित जाँच प्रणालीको त्रुटी वा लापरबाहीबाट नभई एसएसपी श्रेष्ठ लगायत प्रहरीले बर्दी, पहुँच र पदीय जिम्मेवारी तथा विश्वासको दुरुपयोग गरेको पुष्टि गर्यो। साथै, विमानस्थलको संवेदनशील र उच्च सुरक्षामा रहने अंग, स्टेरलाइज्ड हलको पहिचान गरी संगठित आपराधिक समूहसँग मिलेमतो भएको निष्कर्ष निकाल्दै अनुसन्धानले उनीहरूले पेशाप्रति विश्वासघात गरेको ठहर गर्यो। तर, एसएसपी श्रेष्ठ र अन्य तस्कर समूह कारबाहीको दायरामा पर्नेमा अझै शंकै छ।
प्रहरीले अनुसन्धान शुरु गर्दा तस्कर समूहका नाइकेहरू नेपालमै थिए। तर, जब अनुसन्धान कसिँदै गयो, उनीहरू सम्पर्कविहीन भए। अहिले प्रहरीको सूचीमा उनीहरू फरार छन्। उनीहरूको खोजीमा संगठन सुस्त छ।
एसएसपी श्रेष्ठ निलम्बित छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई पेशागत कारबाहीका लागी स्पष्टीकरण सोध्ने र अन्य कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ।
यसअघिका आपराधिक घटनामा संगठनले तल्ला तहका प्रहरीलाई मात्रै कारबाही गरेर माथिकालाई उन्मुक्ति दिँदै आएको छ। डलर र अपहरणमा मुछिएका तत्कालीन एआइजी कल्याण तिमल्सिनाको उन्मुक्ति, पेट्रोल पम्प भ्रष्टाचारमा प्रहरी कल्याण शाखाका तत्कालीन प्रमुख प्रताप थापाले पाएको उन्मुक्ति र जमिम शाह हत्यामा संलग्न पूर्वडिएसपी जगदिश चन्दलाई भगाउन सहयोगी देखिएका उच्च अधिकारीले कारबाहीबाट उन्मुक्ति पाएका थिए। त्यसैले पनि प्रहरी संगठन र गृहले एसएसपी श्रेष्ठलाई 'अपराध अनुसारको दण्ड' दिनेमा अझै आशंका कायमै छ।
आन्तरिक राजश्व कार्यालयले एसएसपी श्रेष्ठसहितका तस्कर समूहलाई अभियुक्तसमेत बनाएको छैन। प्रहरीको प्रतिवेदन नपाएको र कार्की फरार रहेकाले अन्यबारे अनुसन्धान गर्न नसकेको भन्दै तत्कालीन अवस्थामा राजश्व कार्यालय पन्छिएको थियो।
तर, अहिले कार्की पक्राउ परिसके। उनले बयानमा तस्कर समूहका नाइके र एसएसपी श्रेष्ठको संलग्नताको पोल खोलिसकेका छन्। जिल्ला अदालतले श्रेष्ठ र अन्यको नाम नलिए पनि मंगलवारको आदेशमा 'अह्राएअनुसार काम गरेको' भनेको छ।
कानुनी प्रावधानअनुसार राजश्वले चाहेमा पुनः अनुसन्धान अगाडि बढाएर छुटेकाहरूलाई अभियुक्त बनाउँदै सरकारी वकिलमार्फत पूरक अभियोगपत्र अदालतमा लैजानसक्छ।

प्रतिवेदन के भन्छ?
विभिन्न स्रोतबाट प्राप्त सूचना, बुझिएका व्यक्तिहरूको भनाइ तथा प्राविधिक अनुसन्धानबाट प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठले विदेशी मुद्रा बरामद भएको घटनाबाहेक पनि विभिन्न समयमा विदेशी मुद्राका अतिरिक्त विभिन्न अवैध कारोबार विमानस्थलबाट प्रहरी सहायक निरीक्षक हिराकाजी कुमाल र प्रहरी हवल्दार सोभितबहादुर कार्कीको सहयोगमा गरे गराएको देखिएकाले उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने देखिन्छ।
२०६९ असोज १९ गतेको विदेशी मुद्रा बरामद भएको घटना र सो अघि पनि भएका यस्तै प्रकृतिका संगठित तस्करीका घटना छानबिनको क्रममा तथ्यहरूले स्थापित गरेको हु"दा यसअघि विमानस्थलमा भएका विमान अपहरण, लागुऔÈधको कारोबारलगायत घटनाहरूजस्तै अन्तर्राष्ट्रिय आतंकवादी र अन्य आपराधिक संगठनले पनि यसको फाइदा उठाउन सक्ने हु"दा यसमा संलग्न संगठित आपराधिक समूहका व्यक्तिहरूको थप पहिचान र विस्तृत अनुसन्धान तथा कारबाही गर्नुपर्ने देखिन्छ। माथि उल्लेख भएका प्रहरी कर्मचारीबाहेक अन्य क-कसको संलग्नता हुनसक्छ सो सम्बन्धमा विस्तृत अनुसन्धान गर्नुपर्ने देखिन्छ।
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील स्थानमा अन्तिम स्टेरलाइज्ड विन्दु, एप्रोनसम्म सोही स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीबाहेक प्रहरी वरिष्ठ उपरीक्षकको सवारी चालक वा प्रशासनमा कार्यरत कर्मचारी भएकै कारण निर्वाध रूपमा आवतजावत गर्न पाउने अवस्थाले पास आवश्यकताको सिद्धान्त तथा सुरक्षा सतर्कतालाई नजरअन्दाज गरेको देखिएको छ।
अवैध वस्तुको ओसारपसार पटक-पटक हु"दा पनि विमानस्थल सुरÔा गार्डको आफ्नो सूचना संयन्त्रबाट कुनै जानकारी प्राप्त नहुनु तथा सुरÔा जा"चबाट पनि त्यस्ता व्यक्ति पक्राउ नपर्नुले विमानस्थलमा खटिने प्रहरी कर्मचारीहरूको छनोट तथा निजहरूको कार्य सम्पादनको सूक्ष्म अनुगमन तथा मूल्यांकन भएको नदेखिएकाले विमानस्थलमा खटाउनुपूर्व अधिकृत जवानहरूको सूक्ष्म विस्तृत परीÔण गरी खटिएपश्चात् समेत उनीहरूको कार्यसम्पादन तथा गतिविधिलाई निगरानीमा राख्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने देखिन्छ। विनोदकुमार सोनीको मुरारीलाल गोयल (जमालिया) ले टिकट खरिद गरेको, विमानस्थलमा खतराको सूचना आउनुअघि र पछि निज सोनीस"ग पटक-पटक फोन सम्पर्क भएको तथा बुझिएअनुसार निज गोयल अवैध मुद्रा तथा सुन ओसारपसारमा संलग्न रहेको देखिन्छ। सो दिन बरामद रकम मुरारीलाल गोयल (जमालिया) कै हुनसक्ने पर्याप्त आधार देखिएको हु"दा यस सम्बन्धमा संलग्न अन्य व्यक्तिसमेतका बारेमा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभागलाई अनुरोध गर्नुपर्ने देखिन्छ।
यो अपराध निरन्तर रूपमा भइरहेको र यस्तै अपराधहरूको एउटा कडी मात्र भएकोले यस्ता अपराधका सम्पूर्ण पÔलाई उजागर गरी संगठित आपराधिक समूहको विभिन्न तह र आवरणमा क्रियाशील व्यक्तिहरूको गहन अनुसन्धानबाट पहिचान र कारबाही गर्नुपर्ने देखिन्छ।

'एसएसपीले गर्दा फसेँ'
शोभितबहादुर कार्की, निलम्बित हवल्दार
एसएसपी रविराज श्रेष्ठ त्रिभुवन विमानस्थल सरुवा भएलगत्तै मलाई पनि काजमा त्यहाँ लगे। उनले मलाई राजेश अग्रवालको फोन नम्बर दिएर उनलाई भेट्नू र उनले भनेको काम गर्नू भनेर अह्राएपछि मैले अग्रवाललाई भेटेको हुँ। अग्रवालले सोनीलाई चिनाइदिएका हुन्। एसएसपीले भनेबमोजिम गर्दा म फसेँ।
२०६९ असोज १९ गते ४ बजेतिर राजेशले फोन गरेर ज्ञानेश्वरको ओरालोमा बोलाए। म त्यहाँ पुग्दा राजेश र सोनी मोटरसाइकलमा आएका थिए। अग्रवालले मलाई पहेँलो प्लास्टिकको झोला दिए। त्यसमा दुइटा किताब थिए। अग्रवालले त्यो झोला सोनीलाई विमानस्थलभित्र दिनू भने। मैले 'किन?' भनेर सोध्दा उनले 'एसएसपी रविराजले भनेको' भने। एसएसपी श्रेष्ठले अग्रवालले दिएको सामान एयरपोर्टभित्र पुर्याइदिनू भनेकाले झोला लिएर साँझ साढे ६ बजे विमानस्थलको शौचालयमा लगेर दिएँ।
एसएसपीले भनेकाले यसअघि पनि म एयरपोर्टभित्र लगेर किताबहरू दिन्थेँ। अग्रवालले चिनाइदिएको गोयल र लक्ष्मण भन्ने व्यक्तिलाई दुई पटक यस्तो किताब एयरपोर्टभित्र लगेर दिएको छु। त्यो भित्र के हुन्छ, मलाई थाहा छैन।
सोलुखुम्बु, तिला गाविस-६ हो मेरो ठेगाना। मेरो जग्गाजमिन र आम्दानीको स्रोत केही छैन। एसएसपी श्रेष्ठले राजेशले भने अनुसारको गर्नु भनेकाले मैले त्यसो गरेको हुँ। म निर्दोष छु।
(जिल्ला अदालत काठमाडौँमा दिएको वयानको संक्षेप)

'चार पटक प्याकेट भित्र लगेँ'
हिराकाजी कुमाल, प्रसनि
एसएसपी रविराज श्रेष्ठले फोन नम्बर ९७२१५६०१४४ प्रयोग गर्ने ज्ञान दाइ भन्नेलाई परिचय गराइदिए। 'उनले किताबजस्तो प्याकेट ल्याइदिन्छन्, त्यो तिमीले लिई मकहाँ ल्याउनू' भन्ने एसएसपीको आदेशअनुसार काम गर्थेँ। ज्ञान दाइले ल्याएको प्याकेट श्रेष्ठलाई दिएपछि पुन : मलाई दिएर स्टेरलाइज्ड हलमा बसेको एक व्यक्तिलाई दिनु भनेअनुसार मैले लगिदिन्थेँ।
चार पटक श्रेष्ठले दिएको किताबजस्तो प्याकेट यसरी भित्र लगेको छु। प्याकेट पुर्याएबापत ज्ञानु दाइ भन्ने व्यक्तिले मासिक १० हजार रुपैयाँ दिने गर्थे। श्रेष्ठले २५ हजार रुपैयाँ दिएका छन्। उनको आदेशमा मैले प्याकेटहरू लुकाईछिपाई स्टेरलाइज्ड हलको शौचालयसम्म लगिदिने गरेको हु"।
(अनुसन्धान समितिमा दिएको वयानको संक्षेप)

'म हैन, प्रमुख संलग्न हुनसक्छन्'
रविराज श्रेष्ठ, एसएसपी
विमानस्थलमा २०६८ जेठमा गएको हुँ। यसभन्दा अगाडि पनि दुई पटक विमानस्थलमा काम गरेको थिएँ। असोज १९ गते २ बजेदेखि ड्युटी थियो। साढे ७ बजे घर फर्किएँ। मैले प्रयोग गर्ने ९८१७९५४७४३ नम्बर प्रहरी जवान सोममाया पाखि्रनले दिएकी हुन्। मैले प्रयोग गर्ने सरकारी गाडीमा यो मोबाइल राखेको अवस्थामा गाडी चालकले पनि प्रयोग गर्थे। असोज २० गते गाडी चालक कार्कीले मोबाइल लिएर गए वा हरायो, थाहा छैन।
असोज १९ गते सवा ८ बजे गल्फ जाने विमानमा बम राखिएको हुन सक्छ भनी फोन आएको भनेर ड्युटी अफिसरले खबर दिएपछि कार्यालय फर्किएको थिएँ। कार्यालय प्रमुखको आदेशअनुसार यात्रुहरूको ब्यागेज चेकजा"चकै क्रममा फ्लाई दुबईको जहाजभित्र सेलोटेपले बेरिएको किताबजस्तो सामान फेला परेको थियो।
सोनीले राखेको खुलेपछि उनलाई पक्राउ गरेको हो। कार्कीलाई मैले आफूखुशी चालकको रूपमा खटाएको होइन, कार्यालयले नै खटाएको हो। कुमालले भनेको झुटो हो। सिसिटिभीबाट निगरानी भएको अवस्थामा यस्तो घटना कार्यालय प्रमुखकै प्रत्यक्ष निर्देशनमा भएको हुनसक्छ।
(प्रहरीको अनुसन्धान समितिलाई दिएको वयानको संक्षेप)

--- shukrabar
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !