काठमाडौँ, माघ ५ () - कलिउड -नेपाली फिल्म क्षेत्रकै विषयमा केन्द्रित बताइएको छ, फिल्म ‘कलिउड'लाई। शुक्रबार देशव्यापी रिलिज हुने यस फिल्ममा आर्यन सिग्देल र प्रियंका कार्की मुख्य भूमिकामा देखिएका छन्।
टंक कार्कीको लगानी रहेको फिल्म नवराज आचार्यले निर्देशन गरेका हुन्। बलिउडको वास्तविकतामाथि बनेका ‘डर्टी पिक्चर' र ‘हिरोइन' फिल्म हेरेका दर्शकलाई ‘कलिउड'ले नेपाली फिल्म क्षेत्रको कस्तो वास्तविकता देखाउँछ हेर्न बाँकी छ। यद्यपि फिल्म क्षेत्रसँग निकट
मिलाप
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकताको सन्देश दिने दाबी गरिएको फिल्म ‘मिलाप' शुक्रबार देशका प्रमुख सहरमा रिलिज गरिने भएको छ। मीनबहादुर तामाङ (थोकर) को लगानीमा रमेशकुमार राईको निर्देशन रहेको फिल्ममा नरमान तामाङको कथा, नारायण रिजालको नृत्य एवं कुमार श्रेष्ठको फाईट छ। फापरे फिल्मसले बनाएको फिल्ममा ओम प्रतिक, अनु शाह, सुरवीर पण्डित, रवि कार्की, रचना पण्डित, भरत गहतराजलगायतका कलाकारको अभिनय छ।
नयाँ खाले विषय उठान गरेकोले फिल्मलाई दर्शकले रुचाउने निर्माण पक्षको अपेक्षा छ।

---नागरिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !