काठमाडौं। नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने १४ बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका छन्। २०७० सालसम्म चुक्ता पुँजी समानुपातिक रूपमा पुर्याउनुपर्ने व्यवस्थाको पालन नगरेकाले विभिन्न चरणमा गरी काठमाडौंलगायत उपत्यका बाहिरका गरी १४ फाइनान्स कारबाहीमा परेका हुन्।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था संस्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्रसम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था २०६३ को दफा १४ पालन नगरेकाले ती संस्था कारबाहीमा परेको राष्ट्र बैंक स्रोतले बतायो। राष्ट्र बैंकको वित्तीय संस्थामा निरीक्षण तथा सुपरीवेक्षण प्रतिवेदनअनुसार कर्णाली विकास बैंक, नेपालगन्ज, बेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेड दाङ, भाजुरत्न फाइनान्स लिमिटेड काठमाडौं, अपी फाइनान्स लिमिटेड पोखरा, नमस्ते वित्तीय संस्था लिमिटेड दाङ, इन्भेस्ट फाइनान्स लिमिटेड वीरगन्ज,
मर्चेन्ट फाइनान्स लिमिटेड न्युरोड, शिखर वित्तीय संस्था लिमिटेड थापाथली, भ्याली फाइनान्स लिमिटेड महाराजगन्ज, सेती वित्तीय संस्था लिमिटेड कैलाली, हिमालय फाइनान्स लिमिटेड सुन्धारा, मर्कन्टाइल फाइनान्स लिमिटेड वीरगन्ज, मल्टिपर्पस फाइनान्स लिमिटेड विराटनगरले सो दफा पालना नगरेको बताइएको छ। १४ वटा ती फाइनान्सले सो दफा पालना नगरेपछि उक्त दफाको बुँदा नं. क र खबमोजिम लाभांश वितरण गर्न र निक्षेप संकलन गर्न बन्देज लगाइएको थियो। तीमध्ये ८ वटाको कारबाही फुकुवा गरेपछि ६ वटाको कायमै रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए।
माघ १७ , -- बुधबार