CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हेर्नुस दैलेखमा गुण्डा नेताहरुको ग्यांग फाईट

हेर्नुस दैलेखमा गुण्डा नेताहरुको ग्यांग फाईट


दैलेखमा आ-आफ्नै दाउ By Salokya, on January 23rd, 2013


आज दैलेखमा जे भयो, त्यो आउँदा दिनमा देशका अन्य भागमा हुनसक्ने दृश्यको झल्को हो। दैलेख अब पत्रकार डेकेन्द्र थापालाई जिउँदै पुर्ने अपराधीहरुविरुद्ध न्याय खोज्ने ठाउँमात्र हैन, यही घटनाको आडमा सत्तारोहण गर्न र्‍याल चुहाउने विपक्षीहरु र आफ्नो भाग लुट्न आउने डरले विपक्षीलाई पेल्नुपर्छ भन्ने सरकारपक्षीयहरुको चेपुवामा परिसकेको छ। विपक्षीहरुले सरकार ढाल्ने सडक आन्दोलनको सुरुवात दैलेखबाट गर्नु र हामीलाई पेल्न खोज्या होलान्, हाम्ले नि
देखाइदिनुपर्छ भन्ने शैलिमा तनाव हुनसक्छ भन्ने थाहा हुँदाहुँदै जिल्ला सम्मेलनको उद्‌घाटन गर्न प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डसहितका नेताहरु दैलेख जानुले पनि यसलाई प्रमाणित गर्छ।
वास्तवमा अहिले दैलेखमा त्यस्तो तनाव हुनुपर्ने बेला नै हैन। प्रधानमन्त्री र महान्यायाधिवक्ताको मुख सर्वोच्च अदालतले थुनिदिइसकेको छ। उनीहरुले अब जिउँदै पुरेको भन्नेहरुलाई बचाउने गरी बोल्ने बाटो नै सर्वोच्चले दिएको छैन। अब अनुसन्धान सुचारु गरी मुद्दा अदालतमा पुर्‍याउनु पर्ने हो। त्यस क्रममा कुनै बाधा दिन पाइँदैन भन्ने फैसला भइसकेको छ। भए कानुनी बाटो खुला छ। 
अनुसन्धान सकिएर मुद्दा अदालतमा लगिएपछि आफ्नो ‘अधिकार’ दुरुपयोग गर्दै मुद्दा फिर्ता लिन खोजे भने बल्ल दैलेखवासी र दलहरुले त्यसको विरोध गर्ने बेला हो। अहिले त सर्वोच्चले नै दैलेखवासीको मागमा कानुनी विजय गराइदिएको अवस्था छ।
यस्तो अवस्थामा माओवादीलाई भेला गर्नै दिन्नौँ भन्ने, ढुंगामुढा गरी सभा बिथोल्ने, उनीहरुको पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने काम लोकतन्त्रवादी भन्ने दलहरुलाई सुहाउने कुरा हैन। माओवादीले ज्यानमाराहरुलाई बचाउन खोजेर गल्ती गरेका छन् नै, विपक्षीहरुले पनि यो कुनै ताली बजाउनु पर्ने काम गरेका हैनन्। यो माओवादी जस्ता एकदलीय शासन लादन चाहनेहरुको बाटो हो। जसलाई एजेन्डाविहीन विपक्षीहरुले पछ्याएर निन्दनीय काम गरेका छन्। यस्ता गतिविधिले राजनीतिक ध्रुवीकरण बढाउने मात्र हैन, सीधै द्वन्द्वतिर देशलाई लैजान्छ।
खासमा दैलेखमा यी विभिन्न पक्षहरुको आ-आफ्नै दाउ छ। विपक्षी दललाई यही घटना चर्काएर आन्दोलन गर्नुछ, सरकारलाई अप्ठेरोमा पार्नुछ, ढाल्नुछ। तर केका लागि ? कुर्सीबाहेक उनीहरुको अरु कुनै एजेन्डा छैन। डेकेन्द्रपत्‍नीले अहिले हैन न्यायका लागि एक्लै आँसु बगाएर अगाडि बढेको। खै त त्यतिबेला विपक्षीहरुकै सरकार हुँदा के गरेका थिए उनीहरुले ?
हिंसाको व्यापार गर्नेहरुलाई त यो जस्तो राम्रो विषय अर्को हुनै सक्दैन। सरकारमा रहेको माओवादी, जसको दीर्घकालीन लक्ष्य एकदलीय अधिनायकवाद लाद्‌नु नै हो, उसमा त द्वन्द्वकालीन धङधङ्गी बाँकी नै छ। शिविरमा रहेका लडाकु देखाएर धम्क्याउने स्थिति पनि अब नभइसक्यो। तर्साउने काम त गर्नै पर्‍यो, नत्र सबै ठाउँमा यसरी नै पेल्छन् भन्ने लाग्दो हो उनीहरुलाई। त्यसैले त २२ ट्रक वाइसिएल उतार्नु पर्‍यो आज दैलेखमा। पत्रिका कार्यालय र सिडिओ कार्यालयमा तोडफोड गरे।
चेपुवा पर्ने छौँ बिचरा हामी जनता। अब त राष्ट्रपतिको सहमति म्यादको नौटंकी पनि सकिसक्यो। सत्तापक्ष र विपक्षी दुवै सडकमा जाने घोषणा गरिसकेको अवस्थामा अब अरु ठाउँमा पनि दैलेखकै जस्तो स्थिति ढिलोचाँडो निम्त्याउनेमा अब शंका रहेन। शायद् स्थिर अवस्थामा रहेको राजनीतिलाई यही सडक आन्दोलनले नै गति दिने होला अब। कसको पक्षमा आन्दोलन ढल्किने हो, अब यसैबाट थाहा हुने होला। त्यसको लागि जनताले कठिन परिस्थितिको सामना गर्नुपर्ने निश्चित छ।

के के भयो आज ?

  • प्रधानमन्त्रीलाई जिल्ला प्रवेश निषेध गर्ने भन्दै हिजो रातिदेखि नै बाटोमा १७ ठाउँमा रुख ढालेर अवरोध। त्यो अवरोधलाई हटाउँदै २२ ट्रक वाइसिएल कार्यकर्ता बिहान पाँच बजे दैलेख सदरमुकाम पुगे।
  • करिब पाँच सय प्रहरी र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाइए।
  • माओवादीविरुद्ध बिहानैदेखि प्रदर्शन, जिल्ला बन्द।
  • सदरमुकाममै गर्ने भनिएपनि पछि माओवादीले सदरमुकामबाट १ किमि पर काँडाचौरमा जिल्ला सम्मेलनको उद्‌घाटन सभा गर्ने।
  • समाचार संकलन गरिरहेका पत्रकारको फोटो खिच्दै पत्रकारहरुलाई डेकेन्द्रकै जस्तो हालत बनाइदिने धम्की वाइसिएलबाट।
  • माओवादी प्रवक्ता अग्नि सापकोटाको विज्ञप्ति- शान्तिपूर्ण भेला भएर विचार अभिव्यक्ति राख्न पाउने प्रजातान्त्रिक अधिकारमाथि आक्रमण नगर्न आग्रह
  •  तेस्रो आँखा दैनिकको कार्यालयमा वाइसिएलद्वारा तोडफोड।  नजिकैको सिडिओ कार्यालयमा पनि तोडफोड। दुई जना कर्मचारी घाइते।
  • प्रधानमन्त्री, प्रचण्डसहितका नेता चढेको हेलिकप्टर सेनाको रणशार्दुल गणमा उत्रँदा पत्रकारहरुले ब्यारेकबाहिर मुख्य द्वारमा धर्ना। ब्यारेकबाहिर निस्कन नदिने भन्दै बाटैमा सुते। प्रहरीले बल प्रयोग गरी हटाए।
  • वाइसिएलद्वारा घरको छतमा बसेर प्रदर्शन हेरिरहेका र प्रदर्शन गरिरहेकालाई अब फायरिङ हुन्छ भन्दै घरभित्र जान चेतावनी।
  • उपाध्यक्ष र उपप्रम नारायणकाजीले बोल्दै गर्दा विपक्षीद्वारा नाराबाजी र ढुंगामुढा, वाइसिएल-विपक्षी झडप,  ढुंगा लागेर एक वाइसिएल कार्यकर्ता गम्भीर घाइते। ६ जना आन्दोलनकारी पनि घाइते। सभामा भागदौड।
  •  प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेन भन्दै वाइसिएलद्वारा प्रहरीविरुद्ध नाराबाजी।
  • पाँच राउन्ड टियर ग्यास प्रहरीले हान्यो। २० भन्दा बढी घाइते। घाइते हुनेहरुमा कांग्रेस जिल्ला अध्यक्ष कृष्ण बिसी, एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा पनि।
  • विपक्षीलाई सभास्थल पर धकेलेपछि फेरि सभा सुचारु। आन्दोलनकारीलाई १ किमी परै रोकियो। प्रधानमन्त्रीको सम्बोधन- द्वन्द्वको खेती गर्नेले डलर कमाउन पुनः देशलाई द्वन्द्वमा लैजाने प्रयास गरे, ठूलामिडियाका डलरमणीहरूले ’न्याय नपाए दैलेख जानु’ भनेकाले आफूहरू दैलेख आएको  प्रधानमन्त्रीको भनाई। प्रचण्डले आफूहरुको फूलको जवाफ उनीहरुले पत्थरले दिएको आरोप लगाए।
  • सभा सकाएर सेनाको ब्यारेकभित्रबाट हेलिकप्टर चढेर माओवादी नेताहरु फर्किए।
  • प्रहरीले सभास्थलतर्फ जान खोजेका आन्दोलनकारीलाई रोक्न टियर ग्यास प्रहार र बल प्रयोग।
  • विपक्षीहरुले एमाओवादीको पार्टी कार्यालयमा आगो लगाए। ड्यास माओवादीको पार्टी कार्यालयमा पनि तोडफोड गरे। त्यहाँ पनि आगो लगाउनबाट भने प्रहरीले जोगाए। ·
·
हेर्नुस् इमेजच्यानलको भिडियोमा दैलेखको तनाव-

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis