CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ल बढाउनुस आफ्नो यौन क्षमता

ल बढाउनुस आफ्नो यौन क्षमता


धेरै पुरुषहरु विभिन्न खाले यौन समस्याबाट पीडित हुन्छन् । नपुंशकतादेखि लिएर लिंग उत्तेजित नहुने, यौनइच्छाको कमी, शिघ्र पतन जस्ता यौनिक समस्याहरु हुन्छन् जसका कारण पुरुषहरुको टाउको दुखिरहेको हुन्छ ।
यस्ता यौनिक समस्याको ठ्याक्कै चिकित्सकीय समाधान नहुन सक्छ । तर यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएर आफुलाई यौनिक रुपमा सक्षम बनाउनका लागि पुरुषहरुले केही
घरेलु तथा आयुर्वेदिक उपायहरु अपनाउन सक्छन् । आयुर्वेदमा यस्ता प्रकारका अनेक जडिबुटीहरु छन् जो पुरुषहरुको यौनिक असक्षमताको समस्या समाधानमा कामयावी हुन्छन् भनिन्छ ।
हामीले हाम्रा नियमित भोजनमा समावेश गर्ने केही खाद्य पदार्थ समेत पुरुषत्व वृद्धिका लागि सहयोगी हुन्छन् । पुरुषत्व बढाउने केही टिप्स यसप्रकार छन्: 
  • हरेक दिन दुधसँगै कुरिलो समेत सेवन गर्नुहोस् ।
  • दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
  • केरा र सुन्तलाको नियमित सेवन गर्नुहोस् ।
  • घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणुको वृद्धिमा सहयोग पूराउँछ ।
  • हरेक दिन एक गिलास गाजरको जुस वा चार पाँचवटा गाजर खानुहोस् ।
  • बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
  • पालुंगो, काउली जस्ता तरकारीको सेवन नियमित रुपमा गर्नुहोस् ।
  • रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।
  • अश्वगंधारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।
  • नियमित व्यायाम तथा तनावबाट मुक्ति पनि यौन जिवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।

टेक्स्ट -अनलाईन खबर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis