CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लौ मन्दबिषको आशंका रे फेरी; पारसको अबस्था रहस्यपूर्ण

लौ मन्दबिषको आशंका रे फेरी; पारसको अबस्था रहस्यपूर्ण

paras shahकाठमाडौ। गत फागुन १२ मा हृदयघातपछि उपचारार्थ बैककको समितिभेज अस्पतालमा भर्ना गरिएको भनिएका पूर्ब राजा ज्ञानेन्द्रका छोरा पारस शाहकाबारेमा अनेक बिबादास्पद भनाईहरु आउन थालेका छन्। तर शाहको अबस्थाबारे उहाँकी श्रीमति हिमानी शाहलगायत कसैले पनि यथार्थ बिबरण दिनसकेका छैनन्। कतिपयले पारसलाई हृदयघात नभएर मन्दबिष दिइएको बताउने गरेका छन्। तर त्यस्तो बिष कसरी दिइयो भन्नेबारे कुनै कुरा
खुलाईको छैन। समितिभेज अस्पतालको सिसियुमा डा. राजीव शाही पुग्नासाथ अरुलाई भेट्न नदिइएकोे घटना अर्को रहस्यमय बनेको छ। डा. राजीवले पनि पारसको अवस्थाबारे केहि बोल्न नचाहेको जानकारहरुको भनाई छ। यसअघि नेपाली दूतावासमा भारतीय सुरक्षा निकायबाट थ्रेट महसुस भएको जानकारी दिएका पारस पछिल्लो समयमा दिक्दारी(डिप्रेसन)मा रहेको मात्र बताउने गरिएको थियो। कतिपयले पारसलाई लागुऔषधको लत छुटाउन सुधार गृहमा राखिएको बताइएको थियो। बैकक प्रहरीले उहाँका निकट व्यक्तिहरुका साथै उहाँले प्रयोग गरेका खाद्य पदार्थहरुको पनि परीक्षणगर्ने सूचना निर्मल निवासलाई दिएको बताइएको छ। पारसका परिवारका सदस्यहरु बैकक पुग्ने वितिकै अन्य नेपालीहरुलाई अस्पतालमा रेखदेख गनर्बबाट रोकिएको छ। सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले उहीबाट अन्य ब्यक्तिहरुमार्फत मात्र सोधखोज गरिरहेको तर बैङकक गएर आफ्ना एक्ला छोराको अबस्थाबारे सोधखोज र उपचार गराउने चासो नदेखाएकोमा धेरैले आश्चर्य ब्यक्तगरेका छन्। आउँदो १५ गते पिता महेन्द्रको श्राद्ध परेकाले भोली १४ गते पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ। पूर्ब राजा केही जग्गा सम्बन्धी बिबाद मिलाउन सिमरामा बस्दै आउनु भएको छ। पारसप्रति निर्मल निवासले गरेको बेवास्ता धेरैका लागि रहस्यको बिषय बनेको छ--

स्रोत: देशप्रेम 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis