CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अपहरणकारी भन्छन्- मारिसकेँ, प्रहरी भन्छ- अझै बेपत्ता

अपहरणकारी भन्छन्- मारिसकेँ, प्रहरी भन्छ- अझै बेपत्ता


 राजविराज, फाल्गनु १३- मंसिर २०६३ मा अपहरण र त्यसको ६ वर्ष पछि २८ मंसिर २०६९ मा अपहरणका मूख्य योजनाकारद्वारा प्रहरी समक्ष अपहरितको हत्या स्वीकार गरिसकेका छन्। ६ वर्षदेखि अपहरणमा परी हालसम्म वेपत्ता भनिएका  नेपाल प्रहरीका पूर्व हबलदार राजकुमार
तामाङको परिवार हाल दुविधामा छन्।
अपहरण भएको ६ वर्ष पश्चात तामाङ्ग अपहरण काण्डका मुख्य अभियुक्त कमलेश यादवले तामाङको हत्या गरिएको स्वीकारेका थिए। प्रहरीले औपचारीक रुपमा तमाङ्ग परिवारलाई उनको मृत्यु वारे लेखेर दिन नमान्दा तमाङ्ग परिवार उनको क्रिया गर्न समेत दुविधामा परेका हुन्। 'अपहरण लगत्तै वहाँको हत्या भएको जानकारी ६ वर्ष पछि मिडियामार्फत नै पाएँ तर न त वहाँको शव वा कुनै समान नै फेला पार्न सकिएको छ, न त प्रहरीनै उनको हत्या बारे औपचारिक रुपमा लेखेर दिन तयार छन्', तामाङ्गकी छोरी कुमारी तामाङ्गले भनिन्- 'क्रिया गर्नलाई कि त प्रहरीले वहाँको हत्यावारे औपचारीक रुपमा लेखेर दिनु पर्‍यो, नभए वहाँको शव नै फेला पर्नु पर्‍यो।'

गत २६ मंसिरमा पक्राउ परेका मस्टवाण्टेड कमलेश यादवको वयानको आधारमा सप्तरी प्रहरीले पहिलो पटक औपचारीक रुपमा सञ्चारकर्मी तथा मानवअधिकारकर्मीहरु माझ गत मंसिर २८ गते पूर्व प्रहरी हबलदारको हत्या भईसकेको भनि वताएका थिए। सगरमाथा अञ्चल प्रहरी कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा त्यतिवेला सप्तरीका प्रहरी प्रमुख सञ्जय सिंह वस्नेतले आरोपी कमलेश यादवको वयानका आधारमा तामाङ्गको हत्या भएको भनि प्रहरीमा वताए पनि पिडित परिवारलाई हाल सम्म औपचारीक जानकारी गराउन नमान्दा तामाङ्गको क्रिया कर्मको दुविधा सँगै क्षतिपुर्ति, सरकारवाट पाउने पेन्सन सहितका सुविधावाट वञ्चित हुनु परेको छोरी कुमारीको गुनासो छ।
'बुवालाई वेपत्ता परिएको ६  वर्ष भन्दा बढी भयो, वेपत्ता परिवारले पाउने राहत तथा क्षतिपुर्ति त परै जाओस, बुवाको जागिर वापतको पेन्सन सहितका सुविधाहरुवाट हामी वञ्चित छौं', कुमारीले भनिन्, 'प्रहरीमा जाँदा लाश फेला नपारिएसम्म मृत्यु बारे लेखेर दिन मिल्दैन रे भन्छन, यस्तो अवस्थामा वहाँको आत्माको शान्तिका लागि श्राद्ध कर्म समेत गर्न कुनै आधार हुँदैन्।'

'६ वर्ष देखिको अनवरत प्रतिक्षा त त्यागि नै सक्यौ, श्रीमान त गुमाएनै वहाँको शव पाएको भए क्रिया त गर्न पाउँथै', गहभरी आँशु पोख्दै तामाङ्गकी पत्नी मिनाले भनिन्।
यता प्रहरी भने पक्राउ परेका अभियुक्त कमलेश यादवले बयानका क्रममा तामाङ्गको हत्या गरेको स्विकारे पनि त्यसबारे हालसम्म कुनै ठोस आधार दिन नसक्दा दुविधापूर्ण अवस्था रहेको बताउँछन्। सप्तरी प्रहरीका प्रवक्ता डिएसपी गोविन्द अधिकारी भन्छन्, 'बयानका क्रममा कमलेशले हत्या स्विकारे पनि त्यस बारे हामीले भरपर्दो स्रोत फेला पार्न सकेको छैनौ।' तामाङ्गको हत्या गरेर शव कहाँ फालिएको हो भन्ने बारे समेत हालसम्म कमलेशले केही पनि नवताएको डिएसपी अधिकारीको भनाइ छ।

स १ प ३५६० नम्वरको मोटरसाईकल लिएर औषधि किन्न सिमावर्ती बजार कुनौली गएका तामाङ्ग कुनौलीबाटै अपहरणमा परेका थिए। अपहरणको जिम्मा त्यतिबेला ज्वाला सिंह नेतृत्वको जनतान्त्रितक तराई मुक्ति मोर्चाले लिएको थियो। तामाङ्गको अवस्था सार्वजनिक गराई दिन उनका परिवारजनले गृहमन्त्री, गृहराज्य मन्त्री, स्थानीय प्रशासन, राजनीतिक दल तथा मानवअधिकारकर्मी समेतलाई पछिल्लो ६ वर्षदेखि गुहारी रहेका छन्। मोर्चाले तामाङ्गलाई मुक्त गर्न ४ लाख रुपैयाँ माग गरे पनि फोनमै अनुनय-विनय गर्दा ३५ हजारमा कुरो मिलिसकेपछि स्थानीय एक व्यक्ति मार्फत ३५ हजार रुपैया जेनतेन व्यवस्था गरेर पठाएको तामाङ्गका परिवारजनले बताउँदै आएका छन्। पैस पठाए पनि उनको फर्केनन्।
अपहरण पर्नु भन्दा केही महिना अघि मात्र तामाङ्ग प्रहरी सेवाबाट निवृत भई राजविराज- ७ स्थित कारागार छेउको ऐलानी जग्गामा घर बनाई बस्दै आएका थिए। अहिले उनको परिवारमा श्रीमतीसहित २ छोरी र १ छोरा छन्।
जितेन्द्रकुमार झा,नागरिक
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis