CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यी हुन् नेपालका आकर्षक अनि ग्लामरस महिलाहरु

यी हुन् नेपालका आकर्षक अनि ग्लामरस महिलाहरु


१ इन्दिरा जोशी

पछिल्लो पुस्ताकी सर्वाधिक चर्चित एवं लोकप्रिय गायिका हुन्, इन्दिरा जोशी। सुमधुर आवाजले मात्र होइन, आफ्नो ग्ल्यामरस छविका कारण पनि उनको चर्चा हुने गरेको छ। नवलपरासीमा जन्मिएकी इन्दिरा टेलिभिजन रियलिटी शो  'नेपाली तारा' को मञ्चबाट चर्चामा आएकी हुन्। इन्दिराले ६ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्। इन्दिराको 'स्टेप वान', 'डान्स विद मि' आदि सोलो एल्वम बजारमा आइसकेको छ। 



२ प्रियंका कार्की


मिस टिन नेपाल २००५ को शीर्ष उपाधि विजेता हुन्, प्रियंका कार्की। उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्यश्रृंखला 'घरवेटी बा' बाट अभिनय यात्रा प्रारम्भ गरेकी थिइन्। पछि सोही टेलिभिजनमा उनी कार्यक्रम प्रस्तोताका  रूपमा देखिइन्। यसै क्रममा म्युजिक भिडियो र विज्ञापनमा मोडलिङ थालेकी प्रियंकाले अमेरिकामा चलचित्रसम्बन्धी अध्ययनसमेत गरेकी थिइन्। 

३ सहाना बज्राचार्य 

मिस नेपाल-२०१० की फस्ट रनर्सअप हुन्, सहाना बज्राचार्य। उनी मिस अर्थ २०१० मा समेत सहभागी भैसकेकी छिन्। फोटोग्राफीकी सौखिन सहाना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छिन्। उनी कान्तिपुर टेलिभिजनमा 'फ्रेम  वाइ फ्रेम' कार्यक्रम सञ्चालन गर्छिन्। वृत्तचित्र निर्माणमा समेत रुचि राख्ने सहानाले ग्रामिण क्षेत्रमा पुस्तकालय स्थापनाका लागि सहरी क्षेत्रबाट पुस्तक संकलन गर्ने काम पनि गरेकी छिन्। 

४ माल्भिका सुब्बा 

बौद्धिक सुन्दरीका रूपमा कहलिएकी सुब्बाले सन् २००२ मा मिस नेपालको उपाधि जितेकी थिइन्। मिडिया पर्सनालिटीका रूपमा निकै रुचाइएकी माल्भिकाले चलचित्र तथा म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। उनले कान्तिपुर  टेलिभिजनमा कार्यक्रमसमेत प्रस्तुत गरिन् भने हाल विवाहित जीवनमा रमाउँदै व्यवसायमा सम्लग्न छिन्। 

५ रिमा विश्वकर्मा

रिमा विश्वकर्माले टेलिभिजन पत्रकारका रूपमा करियर सुरु गरेकी थिइन्। प्रारम्भमा उनले नेसनल टेलिभिजनमा समाचार वाचिकाका रूपमा काम गरिन्। त्यही सिलसिलामा रिमा म्युजिक भिडियो तथा विज्ञापनहरूमा देखिन थालिन्।  'स्वर' मार्फत उनले नेपाली चलचित्रमा डेब्यु गरिन्। यद्यपि उनलाई चलचित्र नायिकाका रूपमा भन्दा म्युजिक भिडियोको मोडलका रूपमा बढी रुचाइयो। 

६ सदीक्षा श्रेष्ठ

मिस नेपाल-२०१० की उपाधि विजेता हुन्- सदीक्षा श्रेष्ठ। हँसिलो अनुहार, आकर्षक शरीरकी धनी सदीक्षा सुन्दर मात्र छैनन्, बौद्धिक पनि छिन्। पछिल्लो समय सामाजिक क्षेत्रमा उनको क्रियाशिलता प्रसंसा योग्य छ। मिस ब्युटीफुल  लेडी २००५ को उपाधि जितेपछि ग्लामर संसारमा प्रवेश गरेकी सदीक्षा मिस नेपालको उपाधि जितेपछि भने सबैमाझ चिनिइन्। मिस नेपालको शीर्ष उपाधिसँगै मिस फोटोजेनिक, मिस पर्सनालिटी तथा मिस वाकको उपाधि पनि प्राप्त  गरेकी थिइन् उनले। उनको चार्मिङ पर्सनालिटीलाई मन पराउनेहरू प्रशस्तै छन्। 

७ झरना बज्राचार्य

सन् १९९७ मा मिस वल्र्ड नेपालको उपाधि हात पारेर मोडलिङ, नेपाली रजतपट हुँदै बलिउडसम्मको यात्रा तय गरेकी झरना मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली अनुहार थिइन्। प्रकाश सायमी निर्देशित चलचित्र हतियारबाट  अभिनय यात्रा प्रारम्भ गरेकी झरनाले करिब तीन दर्जन चलचित्रमा काम गरिसकेकी छिन्। रोमान्टिकदेखि सेन्टिमेन्टल सबै प्रकारका म्युजिक भिडियोमा उनको उपस्थिति छ। उनी लक्स साबुन, टुपिएम चाउचाउ, मुना चिया आदि  उत्पादनको ब्रान्ड एम्बेसडर पनि रहिसकेकी छिन्। 

८ सृष्टि श्रेष्ठ

सृष्टि श्रेष्ठ मिस नेपाल २०१२ को शीर्ष उपाधि विजेता हुन्। सृष्टि ५ फिट ९ इन्च अग्ली छिन्। पुख्र्यौली घर चितवन भए पनि उनी आफ्ना आमा-बाबुसहित बेलायतको कोर्नेलमा बसोबास गर्दै आएकी छिन्। मिस नेपालको उपाधि  जितेपछि उनले मिस वल्र्डमा समेत सहभागिता जनाएकी थिइन्। अन्तर्राष्ट्रिय फेसन शोहरूबाट ग्ल्यामर संसारमा प्रवेश गरेकी सृष्टि बि्रटिस नेपाली मोडलका रूपमा पनि चिनिन्छिन्।

९ ऋचा शर्मा

कैलालीको धनगढीमा जन्मिएकी ऋचा शर्माले फस्ट लभ, मेरो लभ स्टोरी, भिसा गर्ल, लुट, हाइवेजस्ता चलचित्रमा अभिनय गरेकी छिन्। यसैगरी थुप्रै म्युजिक भिडियोमा पनि उनलाई देख्न सकिन्छ। मिस नेपाल २००७ को शीर्ष १० मा  पर्न सफल ऋचाले इमेज च्यानलमा 'म्युजिक फर योर च्वाइस', 'टप टेन' तथा नेपाल टेलिभिजनको 'सुपरस्टार' जस्ता कार्यक्रम पनि सञ्चालन गरेकी थिइन्।

१० दिया मास्के

दिया मास्के थिएटरको पृष्टभूमिबाट आएकी हुन्। उनी नेपाली क्लासिकल नृत्यमा विशेष दख्खल राख्छिन्। कागवेनी, सुनगाभाजस्ता फरक धारका चलचित्रमा दियाले गरेको स्वाभाविक अभिनयले दर्शकहरूको मन जितेको थियो। उनी  अनुप बरालको एक्टर्स स्टुडियोमा समेत आबद्ध छिन्।

-- साभार साप्ताहिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis