CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रेममा यौनको भूमिका कस्तो हुन्छ ? हिरो हिरोईन को उत्तर

प्रेममा यौनको भूमिका कस्तो हुन्छ ? हिरो हिरोईन को उत्तर


यौन प्रेमको उत्कर्ष रूप हो। जब तपाईं प्रेममा वशिभूत हुनुहुन्छ, त्यतिबेला तपाईंले दिने  भनेको यौन नै हो, किनभने यो प्राकृतिक छ। मानिसले प्रेम मापन गर्दा उसले के-के उपहार  दियो, कति समय उसको प्रशंसा गरेर बितायो भनेर गणना गर्छन्। हाम्रा हजुरबुवाहरूले  आफ्नी प्रियतमलाई कहिल्यै उपहार दिएनन् तर साह्रै माया  गरे। यौन प्रेम अभिव्यक्त गर्ने  उच्चतम कला हो। 


राजबल्लभ कोइराला, नायक

यो व्यक्तिगत सोचमा भर पर्ने कुरा हो। समाजमा कतिपय मानिस यौनका लागि प्रेम गर्छन्  भने कतिपय प्रेमका लागि यौन। पैसा तिरेर यौन आवश्यकता पूर्ति गर्नेहरू पनि उत्तिकै छन्।  प्रेमबिना पनि यौन आवश्यकता पूरा गर्नेहरू बढिरहेका बेला प्रेममा यौन अनिवार्य नै छ  भन्न गाह्रो पर्छ।  

कोमल वली, गायिका

आखिर प्रेम नै यौनको पर्यायवाची शब्द हो। श्रीमती होस् अथवा प्रेमिका आखिर प्रेमबाटै  यौनको सन्तुष्टि सम्भव छ। प्रेम र यौन नभए संसारको कल्पनासमेत गर्न सकिँदैन। 

यम बराल, गायक

प्रेम अनन्त छ तर यौन क्षणिक... प्रेममा यौनको भूमिका कस्तो हुन्छ भन्ने कुरा यो  भनाइबाट सहजै अनुमान लगाउन सकिन्छ ! 

पूजना स्त्री, नायिका

प्रेमका पनि प्रकार हुन्छन्। साँचो प्रेममा यौन प्राथमिकतामा आउँदैन। यौनअघिको र पछिको  प्रेम फरक हुन्छ। प्रेमलाई अझ दिगो र प्रगाढ बनाउन यौनको भूमिका महत्वपूर्ण हुन्छ, तर  यौनकै लागि मात्र गरिने प्रेम भने क्षणिक हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने प्रेमले  यौन दिलाउन सक्छ तर यौनले प्रेम दिन सक्दैन। 

बाबु बोगटी, गायक/नायक

अहिलेको समयमा प्रेम र यौनको सम्बन्ध ज्यादै गहिरो छ। आधुनिक पुस्ताका युवा-युवतीहरू  प्रेम र यौनलाई नङ र मासुझैं मान्छन्। मेरो विचारमा प्रेम र यौन एक-अर्काबिना अधुरोझैं  लाग्छन्, मानौं सुवासबिनाको फूलजस्तो... यो प्रकृतिको उपहार पनि हो, तर यसमा विकृति  आयो भने जीवन नष्ट पनि हुन सक्छ। 

कला सुब्बा, आरजे/मोडल

यदि दुई जनाले साँचो प्रेम गरेका छन् र मन मिल्छ भने यौनको भूमिका धेरै हुन्छ। यौनले  प्रेम अझ बढ्छ जस्तो लाग्छ। 

सुनिलसिंह ठकुरी, गायक

यो कुरा प्रेमीहरूमा भर पर्ने कुरा हो। कसैले यौनबिनाको प्रेम कल्पना पनि गर्न सक्दैनन्  अनि कसैले एउटा आकर्षणका रूपमा लिएका हुन्छन्। सही रूपमा हेर्ने हो भने यौनले प्रे मलाई प्रगाढ बनाउने कामचाहिँ अवश्य गर्छ। भनिन्छ, प्रेमीलाई सम्झँदा आनन्द आउँछ। प्रे मलाई सँगै पाउँदा आनन्द आउँछ अनि त्यही प्रेमीको अथवा प्रेमीसँग यौन सम्बन्ध सहज  रुपमा भयो भने परमानन्द आउँछ। 

गजित विष्ट, नायक

प्रेममा यौन अनिवार्य छ, किनभने यसले सम्बन्धलाई दिगो बनाउँछ। यद्यपि, यौन भन्ने कुरा  प्रेम गरेपछि मात्र अनुभव गर्न सकिने विषय हो। सम्बन्धमा जहिले पनि यौनभन्दा अघि प्रेम  नै आउनुपर्छ। 

रेजिना उप्रेती, नायिका 

साँचो प्रेम हो भने यौनले त्यसलाई अझ प्रगाढ बनाउन सक्छ। 

विजय बस्नेत, निर्देशक

प्रेम र यौन एक-अर्काका परिपूरक हुन् भन्दा फरक पर्दैन। प्रेमबिना यौन सम्भव छैन।  वास्तवमा प्रेम र यौन भन्नु एउटै कुरा हो। मानिसहरू प्रेमकै लागि यौन खोज्छन् र यौनबाटै  प्रेम पाएको अनुभव गर्छन्। मलाई यौनबिना प्रेम सफल हुन्छ जस्तो लाग्दैन। 

दीपशिखा खड्का, नायिका

यौनबिनाको प्रेम अधुरो हुन्छ। प्रेमबिनाको यौन सुवासबिनाको फूल जस्तो हुन्छ। त्यसैले प्रेम  र यौन एक-अर्काका परिपूरक हुन्। 

सुमन सगरम, गायक

मायामा यौनभन्दा पनि विश्वासको भूमिका महत्वपूर्ण हुन्छ...यौनले प्रेममा विश्वास बढाउन  सहयोग पुर्‍याउँछ तर विश्वास नै सबैभन्दा ठूलो कुरा हो। 

आमिर शेख, गायक

प्रेममा इमान्दारिता एवं समझदारी छ भने सबै कुरा जायज हुन्छ। यौनले त्यो प्रेमलाई अझ  बढी गाढा बनाउँछ। 

सुनिल रावल, नायक

पहिले-पहिले विशुद्ध प्रेम हुन्थ्यो। प्रेमी-प्रेमिकाले आफ्नो मनका भावना साटासाट गर्थे। एक -अर्कालाई सम्मान र माया गर्थे तर अहिलेको प्रेममा विकृति बढेको छ। युवायुवतीहरूको  प्रेम सम्बन्ध गाँसिनु भनेकै यौनका लागि हो कि भन्ने अनुभव गर्न थालिएको छ। 

हेमन्त गौतम, टेलिभिजनकर्मी

यौनलाई सकारात्मक रूपमा लिइयो भने दुई जनाबीच विश्वासको बाटो बराबर भयो भने,  एक-अर्कालाई इच्छा भयो भने, एउटा निश्चित सिमामा रहन सक्यो भने, प्रेममा यौन मात्र  होइन यौनमा प्रेम पनि अनुभव गर्न सकिन्छ। 

रेन थापा, मोडल

यदि प्रेमि-प्रेमिकाबीच प्रेममा विश्वास र समझदारी छ भने यौन ठूलो कुरा होइन। आधुनिक  पुस्ताको प्रेम यौन बिना अपुरो मानिन थालिएको छ। 

महिमा सिलवाल, नायिका

पहिले-पहिले प्रेममा यौनको भूमिका खासै हुँदैनथ्यो, महत्वपूर्ण मानिँदैनथ्यो तर अहिले पहिले  यौन अनि प्रेम हुन थालेको छ। प्रेमीहरूले प्रेमलाई अझ गाढा बनाउन पनि यौनको  भूमिकालाई ठूलो मान्न थालेका हुन्। अहिले यौन सहज र फेसन जस्तो भएको छ। अहिले  यौनबिनाको प्रेम सफल नहुने अवस्था सिर्जना भएको छ। 

यादव प्रसाईं, मोडल

अत्यन्त महत्वपूर्ण हुन्छ। अहिले विवाह गर्ने योजना बनाएका प्रेमी-प्रेमिकाबीच त यस्तो  सम्बन्ध अनिवार्य नै मानिन्छ। 

रमिला अधिकारी, मोडल

प्रेम र यौन एक-अर्काका परिपूरक हुन्। अर्को शब्दमा भन्नुपर्दा प्रेमको उच्चतम बिन्दु नै से क्स हो, तर प्रेमबिनाको यौनले कहिल्यै महत्व पाउँदैन। 

राज घिमिरे, नायक





--कृष्ण भट्टराई
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis