दोलखा , फाल्गुन ७ - दोलखा सदरमुकाम चरिकोटका प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका वहालवाला प्रहरी खेमराज प्रजाको डेराबाट सोमबार बिहान चोरीएका सामान बरामद गरिएको छ ।
सदरमुकाम चरिकोटमा चोरी घटना बढि रहेका बेला प्रहरी हवल्दार रन्जन अवाको छानबिन टोलीले सोमबार बिहान एक ट्रक चोरिएका सामान बरामद
गरी प्रहरी जवान प्रजा सहित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
चोरीएका र हराएका सामान खाज्दै चरिरकोटका व्यापारी जिल्लाकार्यालयको प्रहरी परिसरमा भेला भएका छन् । पक्राउ परेको प्रहरी जवान प्रजा प्रमुख जिल्ला अधिकारीका सुरक्षार्थ खटिने एक जवान हुन् ।
चरिकोट बजारमा बिगत ३ महिना यता २ वटा सुनपसल र दर्जन पसलहरुमा चोरी भएको थियो ।