CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » डन र तस्कर एसएसपीको तारोमा

डन र तस्कर एसएसपीको तारोमा

चितवन, फागुन ७ । नेपाल प्रहरीमा क्षमता र अनुसन्धानको विषयमा प्रश्न उठिरहेको बेला राम्रा काम गर्ने अधिकारीहरूलाई यतिखेर काम गर्ने अवसर प्राप्त भएको प्रहरी नेतृत्वले वताउँदै आएको छ। यसै क्रममा हालैमात्र वीरगञ्जबाट अपहरणमा परेका एक वालकको उद्धारका लागि नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालको सक्रियतामा सकुशल अपहरित वालकलाई मुक्त गरइएको घटनाले खनाल वीरगञ्जमा हाई–हाई बनेका छन्। तराई क्षेत्रमा बढ्दै गइरहेको अपहरण, फिरौती र हत्याका श्रृखला रोक्न एसएसपी
खनालले कडाई गरेपछि तस्करहरूबीच आतंक मच्चिएको छ। गत आइतबारबाट एसएसपी खनालले जिल्ला प्रहरी कार्यालय चितवनमा निरीक्षणका क्रममा भने–'गुण्डागर्दी, अपहरण र तस्करीमा संलग्न जो कोहीलाई पनि छाडिदैन। कसैको दवावमा आपराधिक समूहसँग काम गरेको पत्ता लागेमा त्यस्ता प्रहरीलाई पनि कारबाही गरिनेछ।' खनालले चितवनका सक्रिय चमेरा र कमिला समूहका गुण्डाहरूको सूचि लिएर उनीहरूको कृयाकलापमाथि निगरानी थालिसकेको बताइएको छ। पछिल्लो समयमा कमिला समूहका डन प्रमीश राई, कुमार गुरुङ, अनिल परियार, चन्द्र तामाङ, मुसे भन्ने वच्चन कार्की तथा चमेरा समूहका प्रकाश रेग्मीको कृयाकलापमाथि पनि निगरानी थालिएको प्रहरीको भनाई छ। यी समूहले व्यापारी र ठेकेदारलाई धम्क्याएर रकम असुल्दै आएको प्रहरीको निष्कर्ष छ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis