बैंककमा उपचाररत पूर्व युवराज पारस शाहबारे शुक्रबार दिनैभर सामाजिक संजाल लगायत विभिन्न संचारमाध्यममा सनसनीपूर्ण खबरहरु प्रवाह भए ।
'उनको मृत्यु भइसकेको' देखि 'उनलाई श्रद्धाञ्जली' लगायत फेसबुकमा स्टाटसहरु लेख्नेहरु उत्तिकै थिए । सो सनसनीपूर्ण खबरविरुद्ध पारसका शुभचिन्तक एवं
सहयोगीहरुले 'बिल्कुल झुटो हल्ला' भएको भन्दै फेसबुकबाटै प्रतिक्रिया दिए । हल्लाकै कारण तथ्यबारे आम चासो र आशंकाहरु बढेका छन् ।
पारस शाहका सहयोगी व्यवसायी सुनिल खड्काले पारस उपचाररत अस्पताल परिसरबाटै हल्लाको पछि नलाग्न सबैमा आग्रहसमेत गरे । त्यस्तै अर्का सहयोगी फुकेतबासी मिलन घिमिरेले ती हल्लाहरु निराधार फैलाइएको भन्दै आफ्ना फेसबुक स्टाटस मार्फत पारसको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
शुक्रबार दिनैभर विभिन्न सामाजिक सञ्जाललगायत संचारमाध्यमबाट पारसको मृत्यु भइसकेका लगायत समाचारहरु प्रवाह गरिएका थिए ।