CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » धेरै टीभी हेर्ने बालबालिका उग्र एवं आपराधिक’

धेरै टीभी हेर्ने बालबालिका उग्र एवं आपराधिक’

tv
वेलिङ्गटन, फाल्गुन ९ - न्युजिल्यान्डमा सार्वजनिक गरिएको अध्ययनमा धेरै टीभी हेर्ने बालबालिका अन्य साधारण बालबालिका भन्दा बढी आक्रामक हुने गरेको पाइएको छ । साथै यस्ता बालबालिका बढी अपराधमा सम्लग्न हुने गरेका छन् ।
अमेरिकाको एक जर्नलमा प्रकाशित उक्त अनुसन्धान प्रतिवेदन अनुसार धेरै टीभी हेर्ने बालबालिका मा यस्ता नकारात्मक असरहरू देखिने गरेको पाइएको जनाइएको छ । न्युजिल्यान्डको ओटागो नामक विश्वविद्यालयका विज्ञहरूले सन् १९७० को
दशकमा जन्मिएका १ हजार बालबालिका मा यो अनुसन्धान गरेका थिए । उक्त बेला जन्मिएका बालबालिका १५ र बढीमा २६ वर्षका भएपछि अनुसन्धान गरिएको  हो ।
अनुसन्धानमा प्रायः बालबालिका र वयस्कहरूको स्वभावको अध्ययन गरिएको थियो । उक्त समयमा जन्मिएका तथा कमैमात्र टीभी हेर्ने र धरै टीभी हेर्ने बालबालिका मा अनुसन्धान केन्दि्रत थियो । अमेरिकाको पेडियाटि्रक्स नामक जर्नलमा यसै साता महत्त्वका साथ  समाचार प्रकाशन भएको थियो । यो समाचार मूलधारका अन्य सञ्चारमाध्यमले पनि उद्धृत गरेको छ ।
'सानै उमेरमा टीभीमा लत बसाल्ने गरेका बालबालिका र असामाजिक व्यवहारका बीच आपसमा अन्तरसम्बन्ध रहने गरेको छ,' अध्ययनमा भनिएको छ । धेरै टीभी हेर्ने बालबालिका अन्य बालबालिकको तुलनामा कम्तीमा पनि ३० प्रतिशत बढी आक्रामक हुने स्वभाव पाइएको अध्ययनले भनेको छ ।
टीभीमा धेरै बस्ने बालबालिका ले आपराधिक क्रियाकलापहरूको पनि सिको गर्ने गरेको र उनीहरूमा बढी आपराधिक मानसिकताको पनि विकास हुने गरेको  अध्ययनले देखाएको छ । अनुुसन्धानमा सम्लग्न एक विज्ञले भनेका छन्, 'हामी धेरै टीभी हेर्ने बालबालिका आपराधिक मानसिकताका हुन्छन् नै भनेका छैनौं, तर पनि सानै उमेरदेखि टीभीको लत बस्ने गरेकाबालबालिका मा असामाजिक भावनामा भने वृद्धि भइरहेको छ ।' 'साधारण कार्यक्रमहरू हेर्न नै दिए पनि लत बसालेरै टीभी हेर्ने बालबालिका लाई भने उनीहरूको लतमा कमी गर्नै पर्दछ,' उनले भनेका छन् ।

एएफपी , कान्तिपुर 
प्रकाशित मिति: २०६९ फाल्गुन ९ ०९:१२ 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis