CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एलटीटीईका प्रमुखप्रभाकरणको छोराको निर्मम हत्या ??

एलटीटीईका प्रमुखप्रभाकरणको छोराको निर्मम हत्या ??


तीन दशक लामो तलिम बिद्रोहलाई बल प्रयोग गरी दबाएको श्रीलंकाली सरकार र सेनाले मानवअधिकारको गम्भीर उल्लंघनको आरोप खेपिरहेको छ ।
सेनाले पनि युद्व अपराधका पछिल्ला प्रमाणहरुलाई अस्वीकार गर्न सकेको छैन । राष्ट्रसंघले भने यसबारे अन्तराष्ट्रिय
एजेन्सीबाट छानविन गर्न र सरकारविरुद्ध कडा कदम चाल्न माग गर्दै आएको छ ।
पछिल्लो पटक बेलायती फिल्म निर्माताले सार्वजनिक गरेको एक तस्वीरले विद्रोही एलटीटीएका प्रमुख प्रभाकरणका छोराको निर्मम हत्याको गम्भीर आरोप लागेको छ । पछिल्लो २ वर्षमा फिल्म निर्माता क्यालम म्याक्रीले बेलायतको स्वतन्त्र टीभी स्टेशन ‘च्यानल ४’ का लागि केही फिल्म बनाएका छन् । जसमा उनले भिडियो प्रमाणको माध्यमबाट सन् २००९ मा एलटीटीएलाई समाप्त पार्ने क्रममा सरकारका तर्फबाट भएका गम्भीर युद्व अपराधलाई देखाएका छन ।
उक्त फिल्ममा प्रभाकरणका १२ वषर्ीय छोरा बालाचन्द्रणको शव देखाइएको छ र भनिएको छ- सेनाले उनको निर्मम हत्या गरेको थियो ।’ यसबारे म्याक्रीले तेस्रो फिल्म बनाएका छन्, जसमा केही तस्वीर देखाइएको छ । सेनाले बच्चालाई भूलबस लागेको र केही खतरा नभएको भने पनि पछि टाउकोमा पाँच पटक गोली हानेको फिल्ममा बताइएको छ । प्रभाकरनको छोरा भिडन्तमा मारिएको भन्ने श्रीलंकाली सरकारको दावी गलत भएको भन्दै म्याक्रीले जानीबुझी नै उनको हत्या गरिएको दावी गरेका छन् ।
श्रीलंकाले सेनाले भने म्याक्रीको आरोप अस्वीकार गरेको छ । श्रीलंकाली सरकारको देशभित्रै आलोचना भइरहेको छ । करीब १ सय ३३ ईसाई पादरीले सुरक्षा परिषद्लाई श्रीलंकाली सरकारविरुद्ध कठोर प्रस्ताव पारित गर्न अनुरोध गरेका छन् । उनीहरुले स्वतन्त्र छानविनको समेत माग गरेका छन् ।
-बीबीसीको सहयोगमा
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis