CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » लोडसेडिङ दैनिक दुई घण्टा घट्यो (तालिकासहित)

लोडसेडिङ दैनिक दुई घण्टा घट्यो (तालिकासहित)



१९ माघ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । दैनिक १४ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले आइतवारदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाले घटाएर १२ घण्टामा झारेको हो ।
प्रधानन्त्रीको ठाडो आदेशमा केही दिनअघि देखि अनौपचारिक रुपमा लोडसेडिङको समयमा केही हेरफेर गरेको प्राधिकरणले आगामी आइतवारदेखि औपचारिकरुपमै दैनिक दुई घण्टा घटाउन लागेको हो । नदीमा पानीको जलस्त
र घट्ने क्रम तीव्र रहेता पनि भारतबाट आयातित विद्युत् आपूर्तिमा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण साबिकमा हुँदै आएको विद्युत्भार कटौतीको तालिकामा हेरफेर गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि माघ ६ गतेदेखि हप्तामा ९७ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब हप्तामा ८४ घन्टा विद्युत कटौती गर्ने छ । परिवर्तित तालिकाअनुसार अब हप्ताको सातै दिन १२ घन्टा विद्युत कटौती हुनेछ ।


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis