CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ९ बुँदे सहमति राष्ट्रघाती : नेकपा-माओवादी

९ बुँदे सहमति राष्ट्रघाती : नेकपा-माओवादी

Click on the slide!
काठमाडौं, फाल्गुन ९ - नेकपा-माओवादीका सचिव देव गुरुङले चार राजनीतिकबीच भएको सहमतिलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिएका छन् । विदेशीको इसारामा भएको सहमति भन्दै उनले त्यसको साक्षी नबस्न राष्ट्रपति रामवरण यादवसँग आग्रह गरे । प्रमुख राजनीतिक दलले जेठ मसान्तभित्र निर्वाचन गर्ने गरी प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा ११ सदस्यीय अन्तरिम चुनावी
मन्त्रिपरिषद् बनाउने सहमति गरेका थिए ।
त्यसको विरोधमा पार्टीले मंगलबार गरेको नेपाल बन्दलाई सम्बोधन गर्दै सचिव गुरुङले भने, 'जति पनि सहमति हुँदैछन्, विस्तारवाद र साम्राज्यवादका इसारामा बन्दै छन्, त्यसमा कदापि राष्ट्रपतिले हस्ताक्षर गर्नु हुँदैन ।' प्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारले पनि कुनै हालतमा निकास दिन नसक्ने भन्दै उनले विस्तारवादी र साम्राज्यवादीको दलहरूलाई असफल बनाउने कार्डमात्र भएको उल्लेख गरे ।
प्रधानन्यायाधीश नेतृत्वको सरकार असंवैधानिक हुने बताउूदै उनले त्यसलाई आफ्नो पार्टीले बहिष्कार गर्ने गर्ने चेतावनी दिए । नयाँ प्रस्ताव राजनीतिक रूपमा पनि मुलुकलाई निर्दलीय पश्चगमनतिर लैजाने भएको उनले बताए । विदेशीको इसारामा न्यायपालिकामाथि अर्को प्रहार भएको उनको भनाइ थियो ।
संसद् नभएको अवस्थामा संविधान संशोधनसमेत हुन नसक्ने भन्दै उनले त्यसविपरीत हुने सहमति कुनै पनि हालतमा नमान्ने बताए । 'चुनाव गराउन आएको प्रस्ताव नै होइन सत्ता, टिकाउन लागि मात्र हो,' उनले भने । चुनाव नगराउने षड्यन्त्रको प्रस्ताव भएकाले त्यसमाथि बहस गर्नको औचित्य नभएको उनले बताए । आफूहरूको आन्दोलनले आूधीबेहरी ल्याउने उल्लेख गर्दै उनले प्रधानन्यायाधीशको नेतृत्वको सरकारको विरोधमा बुधबार राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने बताए ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरी अधिनायकवाद संस्थागत गर्न खोजिएको बताए । नेपालीको समस्याको समाधान नेपालबाटै खोजिनुपर्ने उनले बताए । राष्ट्र निकै संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले एउटा सचेत नागरिकको हिसाबले खबरदारी गर्ने बताए । नेकपा कम्युनिस्ट पार्टी (माओवादी) संयोजक मातृका यादवले प्रधानन्यायाधीश खिलराज रेग्मी विदेशीको कठपुलती बन्न नहुने बताए ।
बन्दबाट अस्तव्यस्त
नेकपा- माओवादी गरेको बन्दका कारण सवारी साधन नचल्दा स्नातक तह तेस्रो वर्ष परीक्षार्थी निकै मारमा परेका थिए । उनीहरू हिूडेर परीक्षा दिन बाध्य भएका थिए । ११ बजेदेखि सुरु परीक्षाका लागि विद्यार्थी बिहान ८ बजेदेखि नै विद्यार्थी परीक्षा केन्द्रतर्फ जाँदै गरेका भेटिन्थे । महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार आन्दोलनकारीले नयाँबानेश्वरमा कान्तिपुर पब्लिकेसन्सको बा८च ८२१ र सगरमाथा टेलिभिजनको बा५ च ८७२७ नम्बरको गाडीको सिसा फुटाए । त्यस्तै, वनस्थली र ढुंगेधाराका बीचमा बा४च ८१०१ नम्बरको गंगालाल अस्पतालको हाइस गाडीको सिसा फुटाए ।  
नयाँ बजारमा बा१ज १५३८ नम्बरको ट्याक्सी र चुच्चेपाटी चोकमा बा२ख १७७१ नम्बरको बसको अगाडिको सिसा फुटाए । ललितपुरको कुपन्डोलमा बा६च ८६९४ नम्बरको प्राइभेट टोयटा कार पनि तोडफोड गरिएको थियो ।
९ जना काठमाडौंबाट र दुई जना ललितपुरबाट आन्दोलनकारी नियन्त्रणमा लिइएको छ । तीमध्ये आठ जनालाई छोडिएका महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्तबहादुर पालले जानकारी दिए ।
प्रकाशित मिति: २०६९ फाल्गुन ९ १२:०० 

--दीपेन्द्र बिस्ट, कान्तिपुर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis