CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पेनिसिलिनले पैदा गर्‍यो सेक्स–क्रान्ति!

पेनिसिलिनले पैदा गर्‍यो सेक्स–क्रान्ति!

पेनिसिलिनको प्रयोगबाट मानिसमा अनैतिक यौनको लालसा बढेको अध्येताहरूको दाबी गर्भनिरोधक चक्कीको खोजले नै यौनक्रान्ति अर्थात् यौन सम्बन्धको खुलापनलाई समाजमा बढाइदिएको हो भन्ने धारणा अहिलेसम्म विश्वव्यापी रूपमा रहेको थियो। यौन सम्बन्धमा खुलापन सन् १९६० को दशकदेखि सुरु भएको मोटामोटी आँकलन गरिन्छ। तर, एक नयाँ शोध–प्रतिवेदनले चाखलाग्दो दाबी गरेको छ। उक्त दाबीअनुसार समाजमा यौन सम्बन्धको खुलापन अभिवृद्धिमा पेनिसिलिनको खोजमा हासिल
सफलता जिम्मेवार छ। पेनिसिलिनको बढ्दो उपयोगसँगै सन् १९५० को दशकदेखि नै समाजमा यौन सम्बन्धमा हुने गरेको लज्जा या सङ्कुचित व्यवहारको अन्त्य हुन थालेको थियो।  
अमेरिकाको एटलान्टास्थित एमरोय युनिभर्सिटीका अर्थशास्त्री एण्ड्रय फ्रान्सिसले आफ्नो शोध रिपोर्टबारे जानकारी दिँदै भनेका छन्, 'सामान्यतया यस्तो भनिन्छ कि गर्भनिरोधक चक्कीको प्रयोग बढेसँगै समाजमा यौन सम्बन्धमा खुलापन आयो। तर, यस कुराको दरिलो सङ्केत मिलेको छ कि पेनिसिलिनको अत्यधिक प्रयोगबाट यौन सम्बन्धमा एक अलग प्रकारको खुलापन आएको हो।' फ्रान्सिसको रिपोर्टअनुसार सन् १९५० को दशकदेखि संसारभरमा पेनिसिलिनको प्रयोग अत्यन्त तीव्र रूपमा बढ्यो र यसको उपयोगबाट यौन सम्बन्धका कारण फैलिने सङ्क्रमित रोग सिफलिसमाथि निकै हदसम्म अङ्कुश लगाउनमा मद्दत मिल्यो। 
पेनिसिलिनको खोज सन् १९२८ मा भएको थियो भने १९४१ मा यसलाई चिकित्सकीय प्रयोगको अनुमति मिलेको थियो। तर, दोस्रो विश्वयुद्ध हुनुभन्दा अगाडिसम्म चाहिँ यसको प्रयोग ज्यादा मात्रामा हुने गरेको थिएन। दोस्रो विश्वयुद्धका दौरान अमेरिकाले आफ्ना सैनिकहरूमा सिफलिस रोग फैलिएको देखेर उपचारको रूपमा पेनिसिलिनको चक्की प्रयोग गरियो। यसबाट सिफलिसको महामारीमाथि निकै हदसम्म अङ्कुश पनि लाग्यो। यसपछि सिफलिसको उपचारका लागि संसारभर पेनिसिलिनको चक्कीको प्रयोग बढ्न थाल्यो। उक्त चक्कीको असर यहाँसम्म पर्‍यो कि सन् १९४७ देखि लिएर १९५७ को बीचमा सिफलिसको मामला अमेरिकामा ९५ प्रतिशत कम हुन पुग्यो। 
एचआईभी सङ्क्रमणको सुरुआत 
सन् १९५० को दशकमा नै स्पेनका चिकित्सक इडुआर्डो मार्टिनेज ओलन्सोले लेखेका थिए कि पेनिसिलिनको प्रयोगका कारण मानिसमा अनैतिक यौन सम्बन्ध राख्ने चाहना बढ्नेछ, किनकि अब उनीहरू सिफलिसको चपेटामा पर्ने त्रासबाट मुक्त भएका छन्।  
एन्ड्रय फ्रान्सिसले १९५० को अमेरिकी समाजको अध्ययन गरे र तीन अहम् पाटोको सेरोफेरोमा आफ्नो अध्ययनलाई केन्द्रित तुल्याए। ती तीन पाटोमा अवैध सन्तानको जन्मदरमा वृद्धि भएको अवस्था, कम उमेरमै यौन सम्बन्धका घटनामा वृद्धि र यौन सङ्क्रमणसम्बन्धी अर्को रोग गोनोरियाको तीव्र वृद्धिजस्ता कुरा थिए। उक्त शोधको प्रतिवेदनअनुसार सिफलिसको मामलाहरू त कम भयो तर सोही क्रममै अमेरिकी समाजमा एचआईभीको सङ्क्रमणले फँणा उठायो। 
शोध गर्नेवाला अर्थशास्त्री एन्ड्रय फ्रान्सिसको दाबी निकै हदसम्म तर्कसङ्गत देखिँदै छ र यसमा सहमत हुन करै लाग्छ कि पेनिसिलिनको बढ्दो प्रयोगसँगै आममानिसमा यौन सम्बन्धमा खुलापन बढेको देखिन्छ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis