काठमाडौं । मुलुकका बैकिङ, पर्यटन, घर–जग्गा ब्यवसायी, स्टक मार्केट, निर्माणलगायत विभिन्न क्षेत्रका माफियाहरूको पहलमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलस्थित करिब १५ रोपनी जग्गामा ‘छाँया सेन्टरको नामबाट स्थापना हुन गइरहेको १५ तल्ले भव्य भवनले ‘ठमेलभित्रकै ठमेल' भन्ने भावनाअन्तर्गत परिकल्पना गरिएको भएतापनि सो भवन भित्रको भित्रि पाटो खोतल्ने हो भने शक्तिको आडमा सार्वजनिक जग्गालाई रैकड बनाएर माफियाहरुले त्यहाँका नेवार समुदायको
सांस्कृतिक संरचना नै ध्वत पारी मनोमानी गरेको पुष्टि भएको छ । करिब ५ अर्ब लागतमा निमार्ण हुँदै आएको छाँया सेन्टरको अध्यक्षमा नेपाल इन्भेष्टमेण्ट बैंकका पृथ्बीबहादुर पााडे रहेका छन्भने अन्य लगानीकर्ताहरुमा कालु गुरुङ, निर्मल प्रधान, दीपकमान शेरचन, सुरित घिमिरे, योगेन्द्र शाक्य, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, जीतेन्द्र राज भण्डारी व्यक्तिहरु छन् । उनीहरुले सार्वजनिक जग्गालाई रैकड गराई सोही जग्गालाई आफुअनुकुलको बैंकमा धितो राखी छाँया सेन्टरमा लगानी गरेको बुझिएको छ । उक्त जग्गाको विवादहरु अदालतमा विचाराधिन रहेको अवस्थामा बैंकले थप लगानी गर्दै जानुले छाँया सेन्टरमा लगानी गर्ने एभरेष्ट बैंक सहित ६ वटा बैंकहरु डुब्ने सम्भावना पनि बढ्दै गएको छ । थं वहिल ९ठमेल०को प्राचीन नाम सिह कल्पनगर हो । यस क्षेत्रका सामन्त राजा श्री सिंहसार्थ वाह द्घ।रा लगभग मल्लकालको पूर्वाद्घमा एक विशाल विहारको निर्माण गराए । यिनीद्घारा बौद्घ धर्म अनुशरण गरी सिद्घ भई यिनी भगवान कहलाइयो । उक्त विहार कान्तिपुरको उत्तरी माथिल्लो भेकमा पर्ने भएको थं विहार भनियो । थं वहिलबाट यस क्षेत्रको नाम ठमेल हुनगएको हो । उक्त विहारलाई विक्रमशील महाविहार भनिन्छ । सामन्त राजा श्री सिंहसार्थ वाहलाई ठमेल प्रधानहरुका पूर्वज भनिन्छ । प्रधानहरुका पूर्वजहरुद्घारा यसक्षेत्रमा सामन्तको हैसियतले प्राचीन समय देखि मल्लकालको उत्तराद्र्घ सम्म शासन गरेको देखिन्छ । प्रधानका पूर्वजहरुले धर्म किर्तिका निम्ति तथा यस स्थानका शोभा बढाउने खालका कैयन ऐतिहासिक ,पुरातात्विक , सांस्कृतिक , धार्मिक महत्व बोकेका धर्मशाला , ढुं¨े ढारा , पोखरी, चोक, डवली पाटि , मन्दिर आदिहरु निर्माण गराए । कैयन गुठीहरु राखेर गए । जात्रा पर्वहरु प्रचलनमा ल्याए । धार्मिक नाचहरु देखाउने चलन चलाए । उक्त गुठी सञ्चालन गर्नको निम्ति प्रशस्त जग्गाहरु राखिदिए । यस विहारको पूर्व्तिर डवली सहितको चोक छ । उक्त चोक परापूर्वकालदेखि धार्मिक जात्रा तथा नाचको निमित्त प्रयोग भैरहेको गुठीजन्य सार्वजनिक डवली सहितको चोक हो । यस क्षेत्रको नापी हुदा कि। न। १०४० मा पर्ने क्षेत्रफल ०।९।२।३ को यो चोक नापी शाखामा रहेको फिल्ड बुकमा समेत सार्वजनिक चोक जनाइएको छ । गुठी संस्थानमा रहेको फिल्ड बुकमा पनि जग्गा धनकिो नाम गरुड भगवान गुठी उल्लेख गरिएको छ यस्तो सम्पदाहरु व्यक्तिगत तवरमा दर्ता हुने, मोही लाग्ने, लेनदेन , बेचविखन हुने मुलुकमा कुनै कानुनी प्रावधानहरु नभएकोले उक्त फिल्ड बुकमा अरु महलहरु रिक्त छन् । यस चोकको पछाडि पूर्व्तिर परापूर्वकालमा स्थापना गरेको सुन्दर कमल पोखरी थियो । त्यस पोखरीमा कमलको फूल फुलाई उक्त फूल टिपि विहारको भगवानलाई चढाई दिनहु नित्य स्नान तथा पूजा गराइने तथा पोखरीको डिलमा स्थानीयहरुले गरेका श्राद्वको पिण्ड फाल्ने धार्मिक सस्कार गर्ने परम्परा रहिआएको थियो । पछि केशर शमसेरले सालान्या १२५ विहारको गुठीलाई उक्त पोखरी प्रयोग गरेबापत दिने गरियो । मोही नलाग्ने, व्यक्तिगत नाममा दर्ता नहुने गुुठीजन्य सार्वजनिक पोखरी दर्वारिया शक्तिको आडमा आफुलाई उक्त विहारको गुठीको मोहीमा दर्ता गराए । केशर शमसेरको मृत्यु पश्चात मोहियानी छोरा केयुर शमसेरमा सारिने काम भयो । केयुर शमसेर द्घारा उक्त पोखरी र डिलको केही भाग सस्कृति परम्परा नै नष्ट हुने गरी पुर्ने काम गर्न थालियो । यस्तो नहुन दिन विहारका गुठियारहरुदारा धर्मलोपको मुद्दा दिएकोमा तह तह फैसाला हुंदा २०३३ सालमा सर्र्बोच्च अदालतबाट धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, महत्व वोकेको गुठीजन्य सार्वजनिक सम्पदाका पोखरीको पोखरी र डिल नै कायम गर्र्नै गरी दुवै पक्ष विच मिलापत्र गराइयो । गुठीजन्य सार्वजनिक सम्पदा ः पोखरीमा मोही लाग्ने मुलुकमा कुनै कानुनी प्रावधान नभए ता पनि उक्त मिलापत्रमा केयुर शमसेर मोही भै पोखरी प्रयोग गर्न पाउने उल्लेख गरिएको छ । केयुर शमसेरको मृत्यु पश्चात १६१८ कि। नं। अम्बिका राणाले नामसारी गरे कि न १६१६ र १६१७ अम्बिका राणाको नातेदार शकर प्रशाद शाहले २०४४ सालमा राजिनामा गरिलिए पछि अम्बिका राणा र शकर प्रशाद शाहले २०४७ सालमा गुठी रैतानी कायम गरे । गलत तरिकाले गुठी रैतानी कायम भएको हुदा गुठी सस्थान केन्द्रिय कार्यालयले २०४७ सालमा त्यस्तो पोखरी र डिलमा मोही नलाग्ने गुठी रैतानी नहुने भनि रोक्का राखे । सो रोक्का राखेको बदर गरी पाउ भनि अम्बिकाराणा र शकर प्रशाद शाहले मुद्दा गरेकोमा जिल्ला अदालतले निर्णय बदर हुने भनि भएको फैसला २०५३ सालमा पुनराबेदन अदालतले सदरको फैसला बदर गरि पाउ भनि गुठीयारहरुले धर्मलापको मुद्दा गरेकेमा २०६२ सालमा अम्बिका राणाले एक करोड पचास लाख उक्त विहारको गुठीलाई दिई सम्पूर्ण मुद्दा छोडने गरी जिल्ला अदालतमा गुठी सस्थानलाई जानकारी नदिई कानुन विपरित मिलापत्र गरियो । २०२४ सँलमा विक्रमशील महाविहारका गुठी उक्त विहारको गुठीयारहरुको पहलमा राज गुठी छुट गुठीमा परिणत गराई सम्पूर्ण उक्त गुठी अधिनस्त जग्गाहरुको लगत खडा गरी गुठी संस्थानलाई जिम्मा दिई गुठीयारहरुको सम्पूर्ण हक अधिकारसमेत गुठी संस्थानलाई सुम्पेकोले यस विहारका गुठीयारहरुले गरेको मिलापत्र कानुन बिपरित हुन आउंदछ भने मुलुको सार्वजनि ऐतिहासिक सास्कृतिक धार्मिक धरोहरको सरक्षण गर्न धर्मलोपको मुद्दा दायर गर्ने अधिकार सरोकारवालमलाई मात्र नभई मुलुका सम्पूर्ण नागरिकहरुलाई जुनै बेला पनि छ । यसै सन्दर्भमा उक्त विहारका ६ जना गुठियारहरुले अम्बिका रानालगायतका विरुद्ध पोखरीको जग्गा गुठी संस्थानकै अधीनमा रहने गरी सोको लागि जग्गा सम्बन्धि भएका मिलापत्र र कारोबार बदर गरी परम्परादेखि चलि आएको थं विहारका धर्मकृतिको रक्षा गर्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा २०७० साल बैशाखमा दर्ता गरिएको मुद्दा विचाराधीन रहँदै छाँया सेन्टर निर्माणको काम धमाधम अघि बढाइएको छ । उक्त मुद्दा आजसम्म पनि पैmसला नभई सकेको अवस्थामा बैंकहरुले थप पैसा लगानी गरिरहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो विवादास्पद जग्गामा थप लगानी गरेर सर्वसाधारणहरुको धनमा मनलाग्दी हर्कत गरिरहेका एभरेष्ट सहितका ६ वटा बैंकहरुलाई बेलैमा सचेत नगाई मौन स्वीकृत दिइरहको राष्ट्र बैंकको यस प्रकारको कृयाकलाप पनि अर्थपूर्ण रहेको स्रोतको दावी छ । स्रोत भन्छ– सो लगानीबाट राष्ट्र बैंकका नेतृत्वले समेत मोटो रकम अवैध अशुली गरेकोले नै राष्ट्र बैंकले त्यहाँ भएको लगानलाई रोक्ने काम नगरेको हो । सार्वजनिक जग्गा तथा प्रधान नेवार समुदायको सांस्कृतिक धरोहरलाई मासेर ठमेल भित्रकै ठमेल नामक धरोहर बनाउन तल्लिन सो समुहले त्यो क्षेत्रमा विरोध गर्ने केही सिमित व्यक्तिहरुलाई खरिद गरी आफ्नो हर्कतलाई जारी राखेको बताइएको छ । गुठीको जग्गा मात्र नभएर सांस्कृतिक धरोहर बोकेको धार्मिक स्थल एवं पोखरी कोही कुनै व्यक्तिको नाममा कामय हुन नपाउने कानुनी प्रावधान हुँदा हुँदै केही गुठीका पदाधिकारी, नापी, मालपोत र अदालतका व्यक्तिहरुलाई करोडौ रुपैयाँ दिएर रैकड जग्गा बनाइ, जग्गा माफिया र बैंकरहरुले नै लगानी गरेको सो जग्गाको विवादले उग्ररुप लिएको खण्डमा ति बैंकहरु त डुब्ने निश्चित त एकातिर छदैछ तरपनि बैंकहरुमा सेयर लगाी गरेको र बचतकर्ता सर्वसाधारणहरु समेत डुब्ने संकेत देखिएको छ । आफु लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ज्वाई बताउने छायाँ सेन्टरका सुमन पाण्डेले अख्तियारले सो जग्गा प्रकरण सम्बन्धि फाइललाई छानबिन नगरोस भन्नका लागि गोप्य रुपमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आफन्तको नाममा गोप्य सेयर नजराना दिएको समाचारस्रोतको आरोप छ । होटल संचालनमा अल्पर्ट र छाँया सेन्टर बीच मंसिर आठ गते भव्य कक्टेल पार्टीका बिच आधिकारीक सम्झौता सम्पन्न भएको छ । अल्पर्ट, मेरीडियन र लक्जरी कलेक्सन लगायत विश्वभर नौ वटा ब्राण्ड मार्फत होटल संचालन गर्ने बताइएको । यीनै ब्राण्डले ठमेलको अमित मार्गमा बनीरहेको छाँया सेन्टरमा पाँच तारे होटल लगायत विभिन्न महल संचालन गर्न लागेको हो । सम्झौता पछि होटलको नाम अल्पर्ट बिजनेश होटल रहनेछ । अल्पर्टले नै सबै ब्राण्डिङ र व्यवस्थापनको जिम्मा लिने सम्झौता भएको छ । यही सम्झौतासंगै ति समूह समेत डुब्ने सम्भावना बढ्दै गएको छ । पछिल्लो समयमा थप लगानीका लागि ति समूहहरुसंग पनि सम्झौता गर्दै रकम संकलनमा छाँया सेन्टरका गिरोह सक्रिय रुपमा लागेको बताइएको छ ।
साभार : तिब्रा खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !