ब्लकबस्टर फिल्म लुटका ब्याकस्टेज हिरो अर्थात् निर्देशक निश्चल बस्नेत पर्दामै देखिने हिरो बनेका छन्। उनले अभिनय गरेको पहिलो फिल्म फिटकिरी हाल प्रदर्शन भइरहेको छ। अनुप बरालले निर्देशन गरेको फिल्ममा उनले लुटकै कलाकार सौगात मल्लसँग स्क्रिन सेयर गरेका छन्। निकै आशावान् र सफल मानिएका अनुप, सौगात र निश्चलको केमेस्ट्री जमेकाले फिल्मप्रति दर्शकको
अपेक्षा धेरै छन्। अनुप र सौगातजस्ता सिनियरसँग काम गर्न पाउनुलाई उनले आफ्नो ठूलो भाग्य ठानेका छन्। अभिनय जीवन्त बनाउन आफूले सक्दो मिहिनेत गरेको निश्चलको भनाइ छ तर पनि उनलाई पर्दामा देख्दा दर्शकले कस्तो मान्ने हुन्, निकै उत्सुकता जागिरहेको छ। भन्छन्, "मेरो कामना कति मात्र हो भने फिल्म हेर्दा दर्शकले झिँजो नमानून्। हलबाट बाहिर निस्कँदा सबैको मुहारमा हाँसो देखियोस्।"
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !