CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रशासनबाटै अवैध नागरिकता वितरण!

प्रशासनबाटै अवैध नागरिकता वितरण!

सर्लाही/ नेपाली मेसिन रिडेबल पासपोर्ट एमाआरपीसहित काठमाडौंमा पक्राउ परेका विदेशी नागरिकले सर्लाही जिल्ला प्रशासन कार्यालयबाट झुक्याएर नागरिकता लिन सफल भएको खुलासा भएको छ।  
गत बिहीबार काठमाडौंस्थित प्रहरीको प्रतिआतंकवाद सेलले एमआरपीसहित १३ जना बंगलादेशी नागरिक पक्राउ गरेको थियो भने तीमध्ये ६ जना म्यान्मारका नागरिकसमेत रहेका अनुसन्धानबाट खुलेको छ। काठमाडौंमा जारी अनुसन्धानबाट उनीहरूले सर्लाही जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको रहस्य खुलेको हो।  
काठमाडौं प्रहरीका अनुसार एमआरपी बरामद भएका ६ म्यान्मारीसहित दुई बंगलादेशी र एक नेपालीलाई राहदानी र किर्ते ऐनमा मुद्दा दर्ता गरिएको छ भने बाँकी पाँच म्यान्मारीलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ। जिल्ला प्रशासन कार्यालयका
श्रेस्ता जलेकाले पुरानो नागरिकता र निवेदनका आधारमा नवीकरण गर्ने गरिएकाले त्यही मौका छोपेर ती विदेशीले पनि नागरिकता र राहदानीको सिफारिस लिएको हुन सक्ने अनुमान गरिएको छ। 
यसैबीच जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकता र राहदानी सिफारिस फाँटमा कडाइ गरेको छ। नेपाली नागरिकता लिएका बंगलादेशका नागरिक साउदी अरब जाँदै गरेको अवस्थामा काठमाडौं अध्यागमन कार्यालयमा पक्राउ परेपछि यहाँ कडाइ गरिएको हो। १० फागुनदेखि राहदानी नवीकरण गर्दा अभिभावकको सनाखत र गाविसको सिफारिस अनिवार्य गरिएको छ। श्रेस्ता जलेको, पुरानो नागरिकता र निवेदनको आधारमा नवीकरण हुने भएकाले नेपालीसँग अनुहार मिल्ने विदेशीले राहदानी लिन सर्लाही रोजेको हुनसक्ने अनुमान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकता लिनेको राहदानी सिफारिस अहिले रोकेको छ। द्वन्द्वकालमा ०६२ चैत २३ गते सदरमुकाम मलंगवामा आक्रमण हुँदा जिल्ल्ाा प्रशासनको श्रेस्ता जलेको थियो। 
– सुरेश बिडारी , जन दबाब 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis