अधिक व्यायाम हृदयका लागि खतरा
हरेक समय व्यायाम स्वास्थ्यवर्धक हुन सक्दैन। हालसालै बेलायतमा भएको एक अध्ययनले अधिक मात्रामा व्यायाम गर्नु हृदयका लागि घातक भएको अनुसन्धान बाहिर ल्याएको छ। प्लस वन पत्रिकामा प्रकाशित शोधका अनुसार, अधिक मात्रामा व्यायाम गर्ने व्यक्तिहरूमा हृदय सम्बन्धी रोग लाग्ने र हृदयघात हुने सम्भावना प्रबल भएर आउने उल्लेख भएको छ। यस अनुसन्धानका लागि नियमित व्यायाम गर्ने करिब १ हजार ६८७ व्यक्तिहरूलाई लिइएको थियो। यस पश्चात व्यायामबाट मुटुमा पर्ने प्रभावको
परीक्षण गरिएको थियो। परीक्षणबाट प्राप्त परिणाम अनुसार सहभागिहरू मध्ये प्रत्येक दश व्यक्तिमा एक जना व्यक्ति रक्तचापबाट प्रभावित भएको पाइएको थियो। यसका साथसाथै इनसुलिनको मात्रामा पनि परिवर्तन आएको थियो। यसै अध्ययनलाई आधार मान्दै यो हृदय रोगहरूका लागि संकेत भएको निष्कर्ष निकालिएको थियो। लुसियाना स्टेट यूनिभर्सिटीको एक प्रोफेसरका अनुसार यी प्रभावहरू प्रमाणित स्पष्टीकरण नभएको तर एकदमै राम्रो संकेत भएको बताएका छन्। त्यस्तै अर्काे लिवरपूल जनमूर्स यूनिभर्सिटीका प्रोफेसरले शोधमा प्राप्त भएको जानकारी अनुसार करिब ५० प्रतिशत व्यक्तिलाई हृदयघातको आशंका रहेको बताए। त्यसै अध्ययनलाई आधार मान्दै यदि व्यक्तिमा शारीरिक कार्य, तनाव वृद्धि भएमा उसको हृदयमा गहिरो प्रभाव पार्ने बताइएको छ।
हल्का पेयपदार्थले निम्त्याउँछ क्यान्सर
कोकाकोला, फ्यान्टा, रेडबुल जस्ता हल्का ेय पदार्थमा क्यान्सरको खतरा अधिक हुने कुरा हालै स्वीडेनमा भएको एक अध्ययनले देखाएको हो। त्यस अध्ययनका शोधकर्ताले यस किसिमको पेय पदार्थहरूले मूत्रथैलीको क्यान्सर हुने सम्भावना बढ्ने दाबी गरेका छन्। शोधकर्ताहरूले सामान्य व्यक्तिहरूमा भन्दा हल्का पेयपदार्थ पिउने व्यक्तिहरूमा मूत्रनली तथा मूत्रथैलीमा क्यान्सर हुने सम्भावना ४० प्रतिशत हुने बताइएका छन्। यो शोध अमेरिकन जर्नल अफ क्लिनीकल न्यूटि्रशनमा प्रकाशित भएको छ। यस शोधका लागि ४५ देखि ७३ बर्ष उमेरका करिब ८००० व्यक्तिहरू बीच १५ बर्षसम्मको अध्ययन गरिएको थियो। शोधकर्ताहरूका अनुसार, यस्ता पदार्थहरू बाहेक पास्ता, अधिक चामल खाने युवाहरूमा पनि क्यान्सर हुने खतरा ३१ प्रतिशत अधिक हुने र अधिक गुलियो खालको भोजन गर्ने व्यक्तिहरूमा पनि यसको खतरा ३८ प्रतिशत हुने खुलासा गरेका छन्। शोधकर्ताहरूले यस्ता पेयपदार्थहरूले हाम्रो वंशाणुमा कस्तो असर पार्दछ भन्ने कुराहरूको बारेमा भने अझै अध्ययन भइरहेको बताएका छन्।