CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पिज्जा, बर्गर, नगर्नुस अर्डर, लाग्ला यस्तो रोग !

पिज्जा, बर्गर, नगर्नुस अर्डर, लाग्ला यस्तो रोग !

पिज्जा, बर्गरजस्ता 'आधुनिक' खानेकुरा भनेपछि आजभोलि मानिसहरू हुरुक्क हुने गर्छन्। विशेषगरी केटाकेटीको लगाव यस्ता जङ्क फुडप्रति अत्यधिक रहने गरेको छ। तर, यस्ता खानेकुराले बालबालिकामा अस्थमा र एग्जिमालगायतका रोगको खतरा बढाउने दाबी विज्ञहरूले गरेका छन्। खानपान र रोगसँग सम्बन्धित क्षेत्रमा शोध तथा अनुसन्धान गर्दै आएको एक समूहले यस्तो चेतावनी दिएको हो। 
संसारभर खानपानको आदत र रोगसँग सम्बन्धित विषयमा शोध गर्दै
आएका शोधकर्ताहरूको भनाइअनुसार खानामा पोषक तत्त्वको कमीले विभिन्न एलर्जीसम्बन्धी रोग हुर्कन सघाउँछ। उनीहरूले संसारभरका पाँच लाखभन्दा धेरै बालबालिकाका तथ्य सङ्कलन गरेका थिए। तीमध्ये बर्गरजस्ता फास्टफुड खाने आदत भएका बच्चा अस्थमा, एग्जिमा, छाला चिलाउने र आँखाबाट पानी बग्नेलगायत समस्याका जोखिममा परेका भेटिए। पर्याप्त फलफूल खानाले उक्त बिमारीहरूबाट बच्न सकिने पनि अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis