CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाली चलचित्रमा भारतीय अनुहार

नेपाली चलचित्रमा भारतीय अनुहार


नेपाल र भारतबीच भाषिक, सांस्कृतिक र सामाजिक समानता छ । दुई देशबीचको खुला सिमानाले पनि सम्बन्धमा सहजता र समानता पैदा गरेको छ । जसले गर्दा दुई देशका नागरिकबीच अन्य सम्बन्धका साथै पारिवारिक सम्बन्धसमेत छ । त्यस्तै, चलचित्र क्षेत्रमा पनि नेपाल र भारतको निकै पुरानो र नजिकको सम्बन्ध छ । यो सम्बन्धको एउटा प्रमाण हो, नेपाली चलचित्रमा देखिएका 
भारतीय अनुहार । 

नेपाली चलचित्रमा शालीन नायिकाको रूपमा परिचय बनाएकी निरुता सिंहलाई कमैले मात्रै भारतीय अनुहार भनेर चिनेका छन् । उनले नेपाली चलचित्र उद्योगलाई नै आफ्नो कर्मभूमि मानेकी छिन् । उनको बसोबास पनि नेपालमै छ । तर, उनको जन्म भारतीय भूमि दार्जिलिङमा भएको हो । चलचित्र 'दक्षण्िाा'बाट नेपाली चलचित्रमा अभिनय यात्रा थालेकी निरुता निरन्तर नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् । 
धेरै नेपाली चलचित्रमा अभिनय गर्ने अर्की भारतीय अनुहार हुन् नायिका तृप्ति नाडकर । तुलसी घिमिरे निर्देशित चलचित्र 'कुसुमे रुमाल'बाट नेपाली चलचित्रमा अभिनय थालेकी यी भारतीय नायिकाको 'साइनो', 'कोसेली', 'लाहुरे'जस्ता पुराना चलचित्र निकै चर्चित छन् । नाडकरले नेपाली चलचित्रमा अभिनय सुरु गर्नुअघि नै 'चाँदनी सिम्पित जा' नामको मराठी र 'गोदाम' नामक हिन्दी चलचित्रमा अभिनय गरिसकेकी थिइन् । उनी पछिल्लो समयसम्म पनि नेपाली चलचित्रमा अभिनय गरी नै रहेकी छिन् । 'सपनाको नौलो संसार', 'पल', 'कोही मेरो' आदि उनी अभिनीत पछिल्ला नेपाली चलचित्र हुन् । 
नेपाली चलचित्रमा अभिनय गर्ने पहिलो भारतीय अनुहारको श्रेय पाएकी नायिका हुन् माला सिन्हा । उनले निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र 'माइतीघर'मा नायिकाको भूमिका निर्वाह गरेकी थिइन् । यस चलचित्रमा भारतका चर्चित कलाकार सुनिल दत्त र राजेन्द्रनाथले पनि अतिथि कलाकारको भूमिका निभाएका थिए । सिन्हा त्यतिवेला नै भारतीय चलचित्र जगत्मा समेत चर्चित भइसकेकी थिइन् । 
०२३ सालमा प्रदर्शन गरिएको यो चलचित्रको अभिनयकै क्रममा भेटिएका नायक सिपी लोहनीसित उनको विवाहसमेत भयो । चलचित्र 'चिनो', र 'भाउजू'मा उनले अभिनय गर्ने भन्ने चर्चा मात्रै भयो । तर 'माइतीघर'पछि उनी नेपाली 
चलचित्रमा देखापरिनन् । 
भ्ाारतमा निकै लोकपि्रयता पाएर पनि नेपाली चलचित्रमा अभिनय गर्ने भारतीय अनुहारमा माला सिन्हापछि डेनी डेन्जोंग्पाको नाम आउँछ । उनले निर्देशक प्रताप सुब्बाले बनाएको चलचित्र 'मसाल'मा अभिनय गरेका छन्् । त्यस्तै, उनले 'साइनो' चलचित्रमा पनि नायकको भूमिका निर्वाह गरेका छन् । 'साइनो'का निर्देशक उगेन छोपेल डेनीका आफ्नै भान्जा पनि हुन् । 
नेपाली भाषाको चलचित्रमा एकपटक मात्रै अभिनय गर्ने भारतीय अभिनेत्री पनि धेरै छन् । तीमध्येकी एक हुन् हिन्दी चलचित्रकी अभिनेत्री सल्मा आगा । त्यस्तै, भारतीयसँगको संयुक्त लगानीमा बनेको चलचित्र 'पञ्चवटी'मा अभिनय गरेकी भारतकी ख्यातिप्राप्त अभिनेत्री दीप्ति नवल पनि अन्य नेपाली चलचित्रमा दोहोरिइनन् ।
धेरै भारतीय अनुहार निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्रमा देखिएका छन् । उनले आफूले निर्देशन गरेको पहिलो चलचित्र 'बाँसुरी'मा भारतीय नागरिक रजनी शर्मालाई नायिकको भूमिकामा अभिनय गराएका थिए । शर्माले त्यसवेलासम्म हिन्दी र बंगाली चलचित्रमा मात्र अभिनय गरेकी थिइन् । उनले अभिनय गरेको हिन्दी चलचित्र 'बालिका वधू'ले चर्चा पाएको थियो । शर्माले प्रताप सुब्बाको चलचित्र 'मसाल'मा पनि अभिनय गरिन् । त्यस्तै, 'बाँसुरी'का नायक राकेश पाण्डे पनि भारतीय नै हुन् । 
तुलसी घिमिरेले नै निर्देशन गरेको चलचित्र 'दुई थोपा आँसु'मा भारतीय नायिका अनुराधा सावन्तले अभिनय गरेकी छिन् । उनले त्यसअघि नै हिन्दी चलचित्र 'सच'मा अभिनय गरिसकेकी थिइन् । त्यस्तै, 'अन्याय' चलचित्रकी नायिका मीरा माधुरी पनि भारतीय अनुहार नै हुन् । उनले पनि त्यसअघि नै भारतीय चलचित्रमा अभिनययात्रा सुरु गरिसकेकी थिइन् । 
त्यस्तै, निर्देशक बिएस थापाकी छोरी डली थापा पनि नेपाली चलचित्रमा अभिनय गर्ने भारतीय अनुहार हुन् । उनले तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र 'दक्षण्िाा'मा नायिकाका रूपमा अभिनय गरेकी थिइन् । 
नेपाली चलचित्र 'पाकेटमार'मा अभिनय गरेकी नायिका सोनिया मल्ल पनि भारतीय मूलकै हुन् । भोजपुरी र नेपाली भाषामा बनेको चलचित्र 'त्रिनेत्र'मा नायिकाका रूपमा देखिएकी श्वेता तिवारी भारतीय सिनेक्षेत्रकी चर्चित कलाकार हुन् । उनले धेरै हिन्दी टेलिशंृखला र चलचित्रमा अभिनय गरेकी छिन् । एक समय नेपाली दर्शकबीचसमेत निकै लोकपि्रय बनेका हिन्दी टेलिसिरियल 'कसौटी जिन्दगीकी'मा उनले 'प्रेरण्ाा'को भूमिका निभाएकी छिन् । उनी अहिले सोनी टेलिभिजनबाट प्रसारण हुने 'परबरिस' टेलिसिरियलमा अभिनय गरिरहेकी छिन् । त्यस्तै, चलचित्र 'जन्म-जन्म'की नायिका श्वेता गौतम पनि भारतीय नै हुन् । 
निर्देशक अशोक श्रेष्ठले पनि नेपाली चलचित्रमा भारतीय अनुहारलाई अभिनय गराएका छन् । उनको निर्देशनमा बनेका चलचित्र 'जीवनदान'मा भारतीय अभिनेता दीपक तिजोरीले अभिनय गरेका छन् । उनको अर्को चलचित्र 'हाम्रो सानो घर होला'मा भारतीय चलचित्रका अभिनेता मामिकले नायकको भूमिका निभाएका छन् । 
नेपालका राष्ट्रिय भाषामा बनेका चलचित्रमा पनि कतिपय भारतीय अनुहार देखापरेका छन् । त्यसरी देखापर्नेमध्येका एक हुन् भारतीय अभिनेता रवि किसन । उनले नेपालमा बनेको भोजपुरी चलचित्र 'कब होई मिलनवा'मा निरुता सिंहसित अभिनय गरेका छन् । यो चलचित्र किशोर रानामगरले निर्देशन गरेका हुन् । रानामगरकै अर्को चलचित्र 'साथी रे'मा पनि रवि किसनले प्रमुख भूमिका निभाएका छन् । यो चलचित्र नेपाली र भोजपुरी दुवै भाषा बनेको छ । त्यस्तै, भोजपुरी चलचित्रको 'मृत्युदण्ड'को नेपाली संस्करण्ामा भारतीय अभिनेता शक्ति कपुरले अभिनय गरेका छन् । नेपाली कलाकारसँगको व्यक्तिगत सम्बन्धका कारण पनि कतिपय भारतीय अनुहार नेपाली चलचित्रमा देखिएका छन् । त्यसमध्येका कतिपय नेपाली चलचित्रमा मात्रै आएनन्, नेपाली नै बने । त्यसमध्येकी एक हुन् अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता । उनको जन्म भारतमा भएको हो । तुलसी घिमिरेकी धर्मपत्नी भारती गजमेर पनि भारतीय भूमिकै नेपाली हुन् । भारतीलेे 'कोसेली'लगायत नेपाली चलचित्रमा नायिकाको भूमिकामा अभिनय गरेकी छन् । 
केही भारतीय कलाकारले भने नेपाली चलचित्रमा गीतमार्फत मात्रै उपस्थिति जनाएका छन् । तीमध्ये एक हुन् हिन्दी चलचित्रकी नायिका मोनिका वेदी । उनले नेपाली चलचित्र 'परिचय'मा गीतमार्फत उपस्थिति जनाएकी छिन् । त्यस्तै, भारतीय अभिनेत्री पि्रटी झिंगयानी 'हाम्रो मिलन कहिले हुन्छ'को गीतमा देखिएकी थिइन् । 
यसबाहेक पनि नेपाली चलचित्रमा धेरै भारतीय अनुहार देखिएका छन् । तर, उनीहरूमध्ये निरुता सिंह र तृप्ति नाडकरबाहेक कमैले मात्रै नेपाली चलचित्रमा निरन्तरता दिएका छन् । 


कला अनुरागी
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis