युवतीहरू ब्वाइफ्रेन्ड चुन्ने कुरामा एकदमै चुजी हुन्छन्। उनीहरू यो काममा पर्याप्त सावधानी अपनाउँछन्। उनीहरू यस्तो ब्बाइफ्रेन्डको खोजीमा हुन्छन् जसले जीवनभर साथ निर्वाह गर्न सकोस्। जबकि युवकहरू गर्लफ्रेन्ड छान्ने मामिलामा एकदम लापरबाह देखिन्छन्। यद्यपि गर्लफ्रेन्ड बनाउँदा खुल्ला दिमागले
सोच्नुपर्छ।
गर्लफ्रेन्ड छान्नु कुनै चानचुने कुरा होइन। यसका लागि प्लानिङ गर्नुपर्छ। हतार अनि भावनामा बगेर गरिएको निर्णय कहिलेकाही ठूलो समस्या बनेर अगाडि आउँछ।
गर्लफ्रेन्ड छान्नुभन्दा पहिले
गर्लफ्रेन्ड छान्नुभन्दा पहिले युवतीको बडी ल्याङ्वेज बुझ्ने प्रयास गर्नुपर्छ।
कुनै युवतीको सुन्दरतालाई हेरेर प्रभावित भैहाल्नु कदापि राम्रो होइन। उनको प्रकृति, हाउभाउ एवं रहनसहन आदि पनि बुझ्नुपर्छ।
युवतीहरू अनेकौं भेटघाटपछि मात्र खुल्छन्। त्यसपछि मात्र उनको प्रकृति र व्यक्तित्वका बारेमा थाहा हुन्छ। पूर्णरूपमा सन्तुष्ट भएर मात्र उनलाई प्रपोज गर्नुपर्छ।
यदि कुनै युवतीले कुनै युवकलाई प्रपोज गर्छिन् भने युवकले ती युवतीका बारेमा राम्रोसँग सोच-विचार गरेर मात्र निर्णयमा पुग्नु उचित हुन्छ।
भनिन्छ प्रेममा धनी, गरिब हेरिँदैन, तर उक्त कुरालाई बिर्सनुपर्छ किनभने समान स्तरकी गर्लफ्रेन्डसँगको प्रेम मात्र सफल हुन्छन्।
गर्लफ्रेन्ड बनाउनुभन्दा पहिले युवतीको पारिवारिक पृष्ठभूमि कस्तो छ बुझ्नु आवश्यक हुन्छ।
जसलाई गर्लफ्रेन्ड बनाउने चाहना छ उनको फ्रेन्ड सर्कलका बारेमा पनि जानकारी लिनुपर्छ। यसले उनको स्वभाव एवं चरित्रका बारेमा धेरै कुरा थाहा हुन्छ।
त्यस्ती युवती छनौट गर्नुपर्छ जोसँग सहजताप्ुर्वक कुराकानी गर्न सकिन्छ।
गर्लर्फ्रेन्डको रुचि एवं मानसिक स्तरका बारेमा जानकारी प्राप्त गर्नुपर्छ। रुचि मेल नखाए विचारमा पनि समानता आउँदैन।
कतिपय युवतीको नयाँ-नयाँ ब्वाइफ्रेन्ड बनाउने चाहना हुन्छ। त्यस्ता युवतीबाट टाढै रहनु श्रेयकर हुन्छ।
अति उत्साही हुनु पनि राम्रो हुँदैन। विस्तारै-विस्तारै अघि बढ्नुपर्छ। युवतीलाई राम्रोसँग बुझेर मात्र अपनाउनु बेश हुन्छ।
कतिपय युवती आफ्नो केटा साथीसँग प्रेमको नाटक गरिरहेका हुन्छन्। जब नाटकको पर्दा खस्छ युवकको मन दुख्छ र उसले पछुताउनु पर्ने अवस्था सिर्जना हुन्छ। त्यसैले सबै कुरा बुझेर मात्र पाइला चाल्नु पर्छ।
चालु किसिमका युवती जसलाई आधुनिक भाषामा विन्दास गर्ल पनि भनिन्छ, बाट टाढै रहुनपर्छ।
यात्रा गर्दा वा बाहिर कही लामो टुरमा जाँदा यदि कुनै युवतीले प्रपोज गरिहालिन भने उनलाई गर्लफ्रेन्ड बनाउनु हुँदैन। किनभने कतिपय युवतीहरू स्मार्ट युवकलाई देखेपछि तत्काल प्रपोज गर्छन्।
आफ्नो कुरामा हो मा हो मिलाउने युवतीलाई गर्लफ्रेन्ड बनाउनु हुँदैन।
गर्लफ्रेन्ड बनाउन तिनै युवती उपयुक्त हुन्छिन्, जो आफ्नो प्रेमीसँग प्रेम गर्छिन् न कि उसको पैसासँग।
आफूलाई बढी होसियार, स्मार्ट, आधुनिक तथा क्रियाशील शो गर्ने युवती बाहिरबाट राम्रीे लाग्न सक्छिन् तर असल गर्लफ्रेन्ड सावित हुन सक्दिनन्।
जुन युवती एक वा दुई भेटघाटमै कामुक कुराकानी गर्छिन्, कामुक एसएमएस पठाउँछिन्, रोमान्टिक चलचित्र हेर्न मन पराउँछिन्, त्यस्ती युवतीबाट टाढै रहनु राम्रो हो।
बाहिरी सुन्दरतालाई बढी महत्व दिनुहुँदैन। गुणलाई नै महत्व दिनुपर्छ।
लिस्ट बनाऔं
युवकले आफ्ना कमजोरीहरूको सूची बनाउनुपर्छ।
ती कुराहरूको पनि लिस्ट बनाउनुपर्छ जुन कुरा युवकहरू आफ्नी गर्लफ्रेन्डमा हेर्न चाहन्छन्।
आफ्नो पक्ष पनि हेरौं
दुवै लिस्टलाई एक ठाउँमा राखेर विचार गर्नुपर्छ- आफू ती युवतीको लायक छु कि छैन् ? यदि छैन भने आफूमा परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ।
यदि कुनै युवक आफूलाई बदल्न असमर्थ छ भने उसले आफूले मन पराएकी युवतीलाई पाउने सपना देख्नुहुँदैन।
गर्लफ्रेन्ड आफ्नो स्तरकै बनाउनुपर्छ। यदि युवक धनी परिवारको छ भने त्यही स्तरकी गर्लफ्रेन्ड चुन्नुपर्छ। किनभने यदि युवती गरिब परिवारकी छिन् भने उसँग समायोजित गर्न पाउँदिनन् र पछि गएर युवकलाई अफ्ठ्यारो पर्न सक्छ।
गर्लफ्रेन्ड छान्दा प्रत्येक युवकको पहिलो रोजाई युवतीको सुन्दरता हुन्छ। सुन्दर युवतीहरू पनि चाहन्छन् कि उनको ब्वायफ्रेन्ड धेरैजसो गुणले परिपूर्ण हुन्। त्यसैले युवकले आफूभित्र भएको नकारात्मक पक्षहरूलाई हटाउनुपर्छ।
मनमा पटक-पटक विचार मन्थन गरेर मात्र कुनै निर्णयमा पुग्नु उचित हुन्छ।
कुनै कुरामा कम्प्रोमाइज गरेर गर्लफ्रेन्डको छनौट गर्नुहुँदैन।
--श्यामकुमार सिंह